• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

metakhabar by metakhabar
२० बैशाख २०८२,
0
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर), १९ वैशाखः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात छ । शान्त वातावरण, प्रशस्त घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु र वनस्पति वन्य जन्तु हेर्न मिल्ने भएकाले यहाँ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दुरीमा शुक्लाफाँटमा घासे मैदान (फाँट)छ । जुन फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । फाँटाको विशाल घाँसे मैदानमा मयुर नाचेको दृश्य , पाठेबाघ र गैँडा देख्न सकिन्छ ।

शुक्लाफाँटा घुम्ने मुख्य याम फागुनदेखि असारसम्म हो । बसन्त ऋतुमा त शुक्लाफाँटामा पूmलने रङ्गीविरङ्गी पूmलहरु र निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पुर्वीसेक्टरमा हिरापुर फाँटा छ त्यहाँ कृष्णसार संरक्षण गरिएको छ । शुक्लाफाँटाभित्रै रानी ताल छ । त्यहाँ रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन् । त्यहाँ प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्नपाइन्छ ।

वन्यजन्तु मात्रै नभईदुर्लभ वनस्पतिको लागि पनि शुक्ला फाँटा प्रसिद्ध ठाउँ हो । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन्  भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतलीर ४४९ भन्दा बढि प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिँगा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन् ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्र सिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले बाह्रसिङ्गाको झुण्ड देख्न पाउँछन् । त्यसैगरी २५ जङ्गली हात्ती, १६ एकसिङ्गे गैँडा, ४२ पाठेबाघ छन् । निकुञ्जको विश्व कै सबैभन्दा ठुलो घासे मैदानमा पनि यसको विशेषता हो । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले निकुञ्ज कार्यालयले पर्यटकको सहजताका लागि काम गरिरहेको बताउनुभयो । “पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।” उहाँले भन्नुभयो, “शुक्ला फाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य हो ।” उहाँकाअनुसार चालु आर्थिक वर्षको कात्तिकदेखि चैत मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यसमा सार्कका ९० जना पर्यटकले निकुञ्ज भ्रमण गरेका भने ११७ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसैगरी दुई हजार १८१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । असारसम्म निकुञ्ज भ्रमण गर्ने मुख्य सिजन भएकाले पर्यटकको सङ्ख्या अझै बढ्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्य जन्तु एकै ठाउँमा देखिने भएपनि यहाँ बाह्य प्रर्यटक पुग्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । “सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन् ।” उहाँले भन्नुभयो, “यहाँ आउने विदेशी पर्यटकले थोरै ठाउँमा धेरै वन्य जन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन ।” उहाँका अनुसार यहाँ नेपाली र छिमेकी मुलुक भारतसमेतबाट पर्यटक यहाँ आउने गरेका छन् । “यहाँको विशाल घाँसे मैदान, चराचुरङ्गी, शान्त वातावरण विदेशीले एक दमै मन पराउँछन् ।” गाइड पनेरुले भन्नुभयो, “फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिंगा, बाघ, गैडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन् ।” उहाँकाअनुसार शुक्लाफाँटामा रिर्सचका लागिसमेत पर्यटक आउने गरेका छन् ।

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु र वनस्पतीका लागि प्रख्यात रहेपनि यहाँ बाह्य प्रर्यटक पुग्ननसकेको यहाँका स्थानीय बताउँछन् । “शुक्लाफाँटा पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य हो यसले सुदूरपश्चिमकै आर्थिक क्रान्ती गर्न महत्वपूर्ण सहयोग पुग्छ ।” स्थानीय रमेश पन्तले भन्नुभयो–“यहाँबाट भारतका ठुला शहर धेरै नजिक छन् त्यसैले विदेशीपर्यटक भित्र्याउन सके आर्थिक क्रान्ति हुन्छ ।” उहाँले शुक्लाफाँटा मात्रै नभइ नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गेपुल, झीलमीलताललगायतका सहायक गन्तव्य रहेको बताउँदै राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले पर्यटकको सहजताका लागि तीनवर्ट तहका सरकारले लाग्नुपर्ने उहाँको भनाइ छ ।

अध्यागमन कार्यालय गड्डा चौकीकाअनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न शहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयका प्रमुख कृष्णा नन्द जोशी बताउँछन् ।

“यहाँबाट अहिले विदेशी पर्यटक भित्रिने क्रम बढ्दो छ ।” जोशीले भन्नुभयो, “यो वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ ।” उहाँकाअनुसार  सन् २०२३ मा गड्डाचौकीनाका भएर ९८३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी सन् २०२४ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन् । सन् २०२५ को हालसम्म ४५९ विदेशी पर्यटक नेपाल आएका छन् । यस वर्ष मार्चमा मात्रै २८९ जना नेपालप्रवेश गरेका छन् ।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेका छन् ।

कोरोना महामारीका कारण सुनशान बनेको पर्यटकीय क्षेत्र पुनःचहलपहल हुन थालेको छ । शुक्लाफाँटा राष्ट्रय निकुञ्जमा आर्थिक वर्ष ०७७/७८ मा दुई हजार ९३५ पर्यटकले भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका पाँच जना र विदेशी तीन जना मात्रै थिए । आर्थिक वर्ष ०७८ /७९ मा दुई हजार ७२९ जनाले निकुञ्ज भ्रमण गरेकोमा सार्क मुलुकका १०५जना र विदेशी ४०५ जना रहेका थिए । त्यसैगरी आर्थिक वर्ष ०७९÷८०मा तीन हजार ५५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका १५८ र विदेशी १२१ जनाले निकुञ्ज अवलोकन गरेका थिए । त्यसैगरी आर्थिक वर्ष २०८०/८१मा चार हजार २९४ जनापर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा सार्क मुलुकका १३७ पर्यटक रहेका छन् भने विदेशी १४३ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

Previous Post

छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन

Next Post

रूपसे झरनामा पर्यटकीय पूर्वाधार

metakhabar

metakhabar

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
रूपसे झरनामा पर्यटकीय पूर्वाधार

रूपसे झरनामा पर्यटकीय पूर्वाधार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In