• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्लाहीमा बढ्न सकेन चैते धान खेती

metakhabar by metakhabar
१७ बैशाख २०८२,
0
सर्लाहीमा बढ्न सकेन चैते धान खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्यांकअनुसार सर्लाहीमा वार्षिक ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएको छ । जुन सम्भावनाको हिसाबले निकै कम हो ।

कार्यालयले गरेको अध्ययनअनुसार जिल्लामा छ सय ९१ हेक्टरमा चैते धान खेती गर्न सकिने सम्भावना छ । पाँच वर्ष परियोजनाअन्तर्गत किसानका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन हुँदासमेत खेती बढ्न नसकेको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत रामबलमप्रसाद साहले जानकारी दिए ।

अधिकांश समथर भूभाग रहेको जिल्ला कृषि उत्पादनको हिसाबले उपयुक्त ठाउँ मानिन्छ । धान, मकै, गहुँ, कोदो, जौ यहाँ उत्पादन हुने प्रमुख अन्नबाली हुन् । क्षेत्रफलको हिसाबले हेर्ने हो भने वर्षे धान खेती ४५ हजार नौ सय ५० हेक्टरमा हुँदै आएको छ भने प्रत्येक वर्ष एक लाख ६७ हजार दुई सय ५८ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ ।

यद्यपि किसानहरू चैते धान खेतीमा भने आकर्षित हुन नसकेको परियोजना प्रमुख साहले बताए । चैते धान खेती बढाउने उद्देश्यसहित परियोजनाले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका केही वडालाई धान जोन क्षेत्र घोषणा गरेको थियो ।

बि.सं. २०७३ मा परियोजना सुरु हुनुअघि किसानलाई तालिम कृषि उपकरण, सिँचाइ उपकरणलगायतको सामग्री अनुदानमा उपलब्ध गराइएको थियो । कमान्ड क्षेत्रमा समेत खेती विस्तार हुन नसक्दा यहाँ चैते धान खेती नगन्य मात्रामा भइरहेको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर्वा, गोडैता र कबिलासी नगरपालिकामा गरी जम्मा ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती भइरहेको छ । सबैभन्दा धेरै ईश्वरपुरमा २० र लालबन्दी र बरहथवा क्षेत्रमा १०/१० हेक्टर क्षेत्रमा चैते धान खेती हुँदै आएको छ । बाँकी पालिकाहरूमा ५, ३, २, हेक्टरमा खेती हुने गरेको तथ्यांक छ ।

मुख्य चुनौती सिँचाइ
चैते धान खेतीका लागि मुख्य समस्या सिँचाइ हुने गरेको छ । सिँचाइ अभावकै कारण यहाँ चैते धान खेती बढ्न नसकेको स्थानीय किसानहरूले बताएका छन् ।

किसानले चैते धानको लागि याममा १३ पटकसम्म पानी पटाउनुपर्ने भएकाले समस्या भएको बताएका छन् । सिँचाइ पर्याप्त नहुँदा खेती गर्न समस्या भएको कबिलासी नगरपालिकास्थित सिर्सियाका किसान राम आधार रायको भनाइ छ । “यो खडेरी पर्ने समय हो, खेतमा प्रत्येक तीनदेखि पाँच दिनमा पानी हाल्नु पर्छ, सिँचाइ सुविधा नहुँदा समस्या भएको हो”, उनले भने ।

जिल्लाका अधिकांश किसानहरूले सुरुमा पम्पसेट र विद्युतीय मोटरको प्रयोग गरी सिँचाइ गरे पनि अहिले समस्या भइरहेको छ । उत्पादनका हिसाबले हेर्दा वर्खे धानको तुलनामा चैते धान धेरै फल्छ । वर्खे धान प्रतिहेक्टर ३.६४ मेट्रिकटन फल्छ भने चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४.६६ मेट्रिकटन रहेको छ । यसबाट पनि किसानले लाभ लिन सक्ने देखिए पनि सिँचाइको अभावले लाभ लिन नसकिएको उनीहरूको भनाइ छ ।

Previous Post

आफु बिरोधी बिजयी क्यानेडियन प्रधानमन्त्रीलाई ट्रम्पले गरे फोन

Next Post

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक : भारतीय प्रधानमन्त्री मोदी

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक : भारतीय प्रधानमन्त्री मोदी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In