• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

metakhabar by metakhabar
१४ बैशाख २०८२,
0
जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला, १४ वैशाख : यहाँको कनकासुन्दरी गाउँपालिका–१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडाको रु एक लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो । यी गाउँहरू मह उत्पादनमा यहाँका स्थानीय तहका गाउँभन्दा अगाडि रहेको छ ।” वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिने छ । वडाभर अहिले पाँच सय चार मौरीघार रहेको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका जिल्ला सचिव नारायण चौलागाईँले गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङमा मौरीपालक किसानको भूमिकाबारे तालिमका सहभागीलाई सिकाएको जानकारी दिनुभयो । आत्मनिर्भर बन्न व्यावसायिक सीपमूलक तालिमको अतिआवश्यक रहेको कनकासुन्दरी गाउँपालिका–१ मौरीपालक किसान चन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

जिल्लामा ‘सेराना’ जातको मौरी पालिन्छ । यहाँका आठवटै स्थानीय तहका किसानले पछिल्लो समय मौरीपालनमा आकर्षित हुन थालेका छन् । कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा आठ हजार बढी मौरीघार छन् । जिल्लामा मह उत्पादनको तथ्याङ्क राख्न सकिएको छैन । अब आउने आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहबाट उत्पादन हुने महको सही तथ्याङ्क सङ्कलन गरिने कर्णाली मौरीपालन सहकारी संस्थाले जनाएको छ । यहाँको चन्दननाथ नगरपालिका–२ खोलीकोटका रामकृष्ण बुढ्थापा २०५२ सालदेखि अहिलेसम्म मौरीपालनमा सक्रिय छन् । दुई घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले अहिले एक सय ५० मौरी घार छन् ।

पछिल्ला वर्षहरूमा रोग, कीरा र जङ्गली जनावरबाट मौरी बचाउन नसकेको बताउनुभयो । जिल्लामा हिउँदमा प्रायः चिसोले मौरी मर्ने गरेका छन् । पछिल्लो वर्षमा परागसेचन गर्ने (मौरीले मह बनाउने याम) जेठदेखि साउनमा मर्न थालेपछि मौरीका घार घट्दै गएका छन् । कम लगानीमा बढी आम्दानी लिन सकिने भए पनि समयानुकूल घार नहुनु, उपकरण प्राप्त नहुनु, सीप प्रविधिको कमी, विषादीको प्रयोग, चरन क्षेत्रको अभाव, वनजङ्गल नासिँदै जानु, जलवायु परिवर्तनजस्ता कारणले मोरीपालक किसानले चुनौती भोग्नुपरेको मौरीपालन किसान बुढ्थापाको भनाइ छ ।

Previous Post

बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान

Next Post

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
आर्थिक

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

२३ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
जीवन शैली

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२३ बैशाख २०८३,
पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर

२३ बैशाख २०८३,
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन
आवाज

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

२३ बैशाख २०८३,
म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
आवाज

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

२३ बैशाख २०८३,
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
आर्थिक

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

२३ बैशाख २०८३,
Load More
Next Post
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In