• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

    आरनको भरमा लुहार दम्पतीको जीविका

    आरनको भरमा लुहार दम्पतीको जीविका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री

metakhabar by metakhabar
१२ बैशाख २०८२,
0
अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री ओलीले गोरखा भूकम्पपछि पुनःनिर्माणमा एकजुट भई विपत्ति सामना गरिएजस्तै राष्ट्रियहितका विषयमा पनि राष्ट्रिय एकता जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा यहाँस्थित धरहरा परिसरमा आज आयोजित गोरखा भूकम्पको १०औँ स्मृतिसभामा उहाँले सुशासन र विकासका प्रश्नहरुमा पनि हाम्रो राष्ट्रिय एकताको अनिवार्य आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “गोरखा भूकम्पपछि संविधान निर्माणमा साथैसाथै अगाडि बढ्नुु पर्दछ भन्ने राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रदर्शन भयो, राष्ट्रिय हितका विषयमा पनि हाम्रो एकता त्यसरी नै देखिनुु पर्दछ ।”

लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक भएको बताउँदै उहाँले प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताका माध्यमबाट अगाडि बढाउनुुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रमा आलोचना स्वागतयोग्य हुन्छ, तर नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन, राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् ।”

गोरखा भूकम्पपछिको परकम्पले सबैमा एउटा त्रासदिपूर्ण मनस्थिति सिर्जना गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मान्छे राम्ररी सुुत्न नसक्ने, खान नसक्ने, घरभित्र बस्दा सधैँ त्रसित हुने वातावरण महिनौँसम्म बनेको अवस्था उल्लेख गर्नुभयो ।

त्यसबेला भएका राष्ट्रिय एकता र अन्तरराष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गरिएका बताउँदै उहाँले त्यसप्रकारको साथ र सहयोग आगामी दिनमा पनि निरन्तरता हुनुुपर्नेमा जोड दिनुभयो ।

“विसं २०७२ को भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भने पनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेट, क्षमताले पुुनःनिर्माण भ्याउनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “हरेक व्यक्तिले पनि आफ्ना घरहरुलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनुु जरुरी छ ।”

हामीले यस्तो स्थितिमा पनि पुनःनिर्माणको असाधारण क्षमता देखाउन सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उद्दार तथा राहत वितरणमा सुरक्षा निकाय, सङ्घसंस्था र जनताले गरेका प्रयासहरु असाधारण र प्रशंसनीय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पुनःनिर्माण र राहतदेखि वा उद्दारमा सहयोगी मित्रहरुले जसरी सहयोगका हात अगाडि बढाउनुुभयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अर्थात् भुुल्न नसकिने खालका छन् ।”

त्यस अवसरमा प्रधानमन्त्रीले भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ होस्, त्यसपछिका भूकम्पजन्य कुराहरुलाई पनि हामीले त्यसैगरी ध्यान दिएका छौँ र ध्यान दिनुुपर्छ ।”

त्यसअवसरमा गृहमन्त्री रमेश लेखकले सम्भाव्य विपद्सँग सामना गर्न सरकारले गम्भीरताका साथ आवश्यक काम र तयारी अघि बढाएको बताउनुभयो । उहाँले विपद्का क्षेत्रमा गर्नपर्ने काम र सम्भावित जोखिम न्यूनीकरणको तयारीका लागि प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले प्रकृतिसँग खेलबाड गर्नु नहुने भन्दै कमसेकम विपद् निम्ताउने गरेर यसलाई नचलाउन आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले भौतिक संरचना निर्माण गर्दा त्यही गुणस्तर र मजबुदीका अनुसार निर्माण गर्न जरुरी बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत आवास हुन् वा योजनाहरु सडक वा पुल हुन् अथवा सरकारी भवनहरु उच्च गुणस्तरको हुनुपर्छ, भूकम्प प्रतिरोधात्मक हुनुपर्छ ।” जुनसुकैबेला भूकम्प आउनसक्ने सम्भावनालाई स्मरण गराउँदै उहाँले विपद्मा प्रतिकार्यका लागि सहकार्य गर्न सबैसँग आग्रहसमेत गर्नुभयो ।

“भूकम्पमा पूर्वाअनुमानले काम गर्दैन । जुनसुकैबेला विपद् हुनसक्छ, भूकम्प आउन सक्छ भनेर भनेर हामीले तयारी गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “जुनसुकै समयमा यस्ता विपद् आउन सक्छनु, त्यसका लागि हामी के गर्छौं हामी चनाखो भएर बस्न जरुरी छ ।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले २०७२ वैशाख १२ गते ७ दशमलव ८ म्याग्निच्युडको गोर्खा केन्द्रबिन्दु भई गएको भूकम्पमा आठ हजार ७७० को निधन भएको जानकारी दिनुभयो । उक्त भूकम्पमा २२ हजार तीन सय जना घाइते भएका थिए ।

भूकम्पका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लासहित मुलुकका १४ जिल्ला अतिप्रभावित र १८ जिल्ला प्रभावित भएका थिए । भूकम्पपछि सरकारको आग्रहबमोजिम ३४ राष्ट्रका खोज तथा उद्धार टोली सहयोगका लागि नेपाल आएका थिए ।

भूकम्पपछिको पुनःनिर्माणका लागि अन्तरराष्ट्रिय लगानी सम्मेलनमा चार दशमलव एक अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायताको प्रतिबद्धता जाहेर भएको थियो । पुनःनिर्माण अभियानअन्र्तगत सात लाख ४३ हजार २४९ वटा निजी आवासको पुनःनिर्माण गरिनुका साथै ३१ हजार ७७० घरको प्रवलीकरण गरिएको थियो ।

त्यसैगरी निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणतर्फ मात्र रु दुई खर्ब ३३ अर्ब ३५ करोड ६० लाख खर्च गरिएको प्राधिकरणले जनाएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा करिब आठ लाख घरको प्रवलीकरण गरिएको थियो । कार्यक्रममा निधन भएकाप्रति मौनधारणका साथै उनीहरुको आत्माको चिरशान्तिको काम गर्दै मैनबत्ती प्रज्ज्वलन गरिएको थियो ।

त्यसअवसरमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायत मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकृत तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।

Previous Post

उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती

Next Post

भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज
आवाज

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

२८ फाल्गुन २०८२,
विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै
आवाज

विश्व जलविन्दु सचेतना सप्ताह तथा जलविन्दु दिवस २०२६ मनाइँदै

२८ फाल्गुन २०८२,
शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
आवाज

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

२८ फाल्गुन २०८२,
आरनको भरमा लुहार दम्पतीको जीविका
आवाज

आरनको भरमा लुहार दम्पतीको जीविका

२८ फाल्गुन २०८२,
Load More
Next Post
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In