• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती

metakhabar by metakhabar
१२ बैशाख २०८२,
0
उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, १२ वैशाखः पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् ।

महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले यहाँ खरबुजा फलाउनुभएको हो । उहाँहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाउनुभएको छ । यहाँ उत्पादित खरबुजा अब केही दिनमा बजारमा ल्याउने तयारी छ ।

विगत लामो समयदेखि खरबुजाखेतीमा अनुभव सँगालेका कार्की र व्यावसायिक कृषिमा लगाव भएका आचार्यको यो मेहनत पछिल्लो समय अरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ । पोखरा क्षेत्रमा खरबुजाखेतीको निकै सम्भावना रहेको र दुईजना कृषकले त्यसलाई व्यावहारिक रूपमा प्रमाणित गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको भनाइ छ ।

विगतमा १०/१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको खरबुजाखेती यस वर्ष करिब २०० रोपनी क्षेत्रमा विस्तार गरिएको बताउँदै बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको जानकारी दिँदै उहाँले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको बताउनुभयो ।

महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । “स्थानीय रूपमा उत्पादित खरबुजाको स्वाद पनि निकै मीठो छ । थोरै क्षेत्रफलमा पनि राम्रो उत्पादन लिन सकिने यो खेती आर्थिक समुन्नतिका लागि महत्वपूर्ण आधार बन्न सक्छ”, उहाँले भन्नुभयो ।

महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ गर्न लागेको र त्यसको बजारीकरणका लागि ‘स्टिकर’ तयार पारिसकेको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

नेपाली युवा रोजगारीको खोजीमा दिनानुदिन विदेसिरहेका बेला स्थानीय किसान आचार्य र कार्कीले भने आफ्नै देशमा केही गर्ने सोचका साथ काम गरिरहनुभएको छ । यस अवस्थामा उहाँहरूको प्रयास युवाहरूका लागि अनुकरणीय बनेको छ ।

विगतमा करिब १४ वर्ष युरोपमा बिताउनुभएका कार्की छ वर्षयता आफ्नै ठाउँमा व्यावसायिक कृषिमा जुट्नुभएको छ । स्पेनलगायत देशमा कृषि क्षेत्रमा हासिल गरेको अनुभवलाई उहाँले हाल स्वदेशी माटोमा प्रयोग गरिहनुभएको छ ।

कार्कीले कृषि क्षेत्रमा नै करिब ९०० मिटर उचाइमा रहेको स्थानमा खरबुजा फलाउनुभएको छ । यो नयाँ प्रयोग भएको उहाँले बताउनुभयो । व्यावसायिक कृषिमा नयाँ प्रयोग गर्दै उहाँले देखाएको सफलता सबैका लागि अनुकरणीय बनेको छ । कार्की अघिल्लो वर्ष राम्रो खरबुजा उत्पादक किसानका रूपमा पोखरा महानगरपालिकाबाट पुरस्कृतसमेत हुनुभएको थियो ।

यस्तै, स्नातकसम्मको अध्ययन गर्नुभएका भरतपोखरीका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकको अनुभव सँगाल्दै हाल व्यावसायिक कृषिमा रमाइरहनुभएको छ । तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका–३३ स्थित सुरौदीखोला तिखेढुङ्गामा पशुपालनसँगै व्यावसायिक तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ ।

तरकारी खेतीसँगै पशुपालनमा उहाँले देखाउनुभएको क्रियाशीलता पनि अन्यका लागि राम्रो उदाहरण बनेको छ । “युवाहरू आफ्नै देशमा केही गर्नुपर्छ भन्नेभन्दा विदेसिने लहरमा छन् । धेरैले उत्पादनको बजार नै छैन भनेर कुरा गर्छन् तर मेहनत गरेमा उत्पादन उत्पादित कृषिजन्य वस्तुको बजार समस्या छैन । रोजगारीका लागि विदेसिनुपर्ने अवस्था छैन”, आचार्यले भन्नुभयो ।

Previous Post

चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

Next Post

सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री

metakhabar

metakhabar

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In