• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव

by
२५ चैत्र २०८१,
0
‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की : आलु गाउँका रूपमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा आजदेखि राष्ट्रिय आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ नारासहित आगामी वैशाख ३ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्त श्रेष्ठले महोत्सवसँगै यहाँ उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार, व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

यहाँको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेको भन्दै धेरैको रोजाइमा पर्ने गरेको छ । यसैको प्रचारका लागि महोत्सवस्थलमा ५० हजार केजी आलुको पहाड निर्माण गरिएको छ । स्थानीय कृषकबाट सङ्कलित आलुबाट पहाड निर्माण गरिएको आलु सङ्कलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आलुको पहाडबाटै आलु निकालेर बिक्री गरिन्छ । बिक्री गर्दा घटेको आलु थपेर अन्तिम दिनसम्म आलुको पहाड कायम राखिने उहाँले बताउनुभयो ।

तिमिल्सिनाका अनुसार महोत्सवमा प्रतिकेजी रु ४२ मा आलु बिक्री हुने गरेको छ । हेम्जाको कुल १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ५५० हेक्टरमा आलुखेती गर्ने गरिएको छ । यहाँका दुई हजार परिवार कृषिमा आधारित रहेकामा एक हजार ५० कृषकले व्यावसायिक आलुखेती गर्दै आएका छन् ।

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले यहाँ कृषिलगायत अन्य क्षेत्रको विकासका लागि महानगरले साथ दिने बताउनुभयो । उहाँले उत्पादित कृषिउपजको बिक्री तथा वितरणका लागि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएकाले त्यसबाट लाभ लिन आग्रह गर्नुभयो ।

कृषि विकास मन्त्रालय गण्डकीका सचिव वासुदेव रेग्मीले खेतीयोग्य जमिन घट्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । पोखरामा मागको ९५ प्रतिशत बढी आलु अन्यत्रबाट ल्याउनु परेको जानकारी दिँदै उत्पादन वृद्धि गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

महोत्सवमा कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, कलाकारहरूका प्रस्तुति, कृषक सम्मान, विभिन्न कृषिउपज, बीउबिजन तथा अन्य कृषियन्त्र पनि प्रदर्शनीमा राखिएका छन् ।

Previous Post

ठाकुरबाबामा खो–खो लिग प्रतियोगिता सुरु

Next Post

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक

सम्बन्धित खबर

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

२६ असार २०८३,
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
Load More
Next Post
काभ्रेमा ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In