• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक: प्रधानमन्त्री

by
२३ चैत्र २०८१,
0
प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २३ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवं सार्थक रहेको बताउनुभएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो भ्रमणबाट दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्धले थप उचाइ हासिल गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले थाइ समकक्षी पे थोङ् थान् शिनावातसँगको भेटमा दुई देशबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संशाधन विकासलगायत आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने विषयमा फलदायी कुराकानी भएको जानकारी दिनुभयो ।

उहाँले बौद्ध धर्म एवं दर्शनले जोडेको सांस्कृतिक सम्बन्ध एवं छ दशकभन्दा लामो द्विपक्षीय घनिष्ठ कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने र यसको जगमा उभिएर दुई देशबीचको आर्थिक सम्बन्धलाई पनि समयानुकूल फराकिलो र गहिरो बनाउँदै दुई देशबीच सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा नेपाललाई थाइल्याण्ड सरकारको सक्दो सहयोग रहने प्रतिबद्धता प्राप्त भएको जानकारी दिनुभयो । उहाँले कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधिलगायत क्षेत्रमा सहयोग गर्न थाइल्याण्ड सरकार तयार रहेको जानकारी दिनुभयो ।

“द्विपक्षीय सम्बन्ध सुदृढीकरण साथसाथै जलवायु परिवर्तन, दिगो विकास, विश्व शान्तिलगायतका साझा चासोका विषयमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पनि आपसी सहयोग र सहकार्य थप बलियो र प्रभावकारी बनाउँदै जाने कुरामा दुवै पक्षबीच सहमति भएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्याण्ड सरकारबीच आपसी सहयोग आदानप्रदान गर्ने सन्दर्भमा पर्यटन क्षेत्रमा सहयोग र सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता एवं निजी क्षेत्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले थाइल्याण्डका प्रधानमन्त्री शिनावातलाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी दिँदै उहाँबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बिम्स्टिेक सम्मेलनलाई सम्बोधन गर्दै बङ्गालको खाडी र विश्वभर सघन परिवर्तन आएको र आर्थिक असमानता, बढ्दो वातावरणीय जोखिम, राजनीतिक अनिश्चितता जस्ता साझा वैश्विक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएको बताउनुभयो । “शिखर सम्मेलनको नारा ‘समृद्ध, उत्थानशील र खुला बिम्स्टेक’ ले दिगो विकासका लक्ष्यहरु प्रतिविम्बित गर्नुकासाथै नेपालको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई समेत प्रतिध्वनित गरेको कुरा मैले चर्चा गरेँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले वातावरणीय एवं अन्य क्षेत्रीय, अन्तरराष्ट्रिय चुनौतीबारे छलफल गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागिताका लागि बिम्स्टेक राष्ट्रका समकक्षीलाई पुनः आमन्त्रण गरेको जानकारी दिनुभयो । उहाँले सम्बोधनका क्रममा जलवायु परिवर्तनले समस्त मानव समुदायको अस्तित्वलाई नै खतरामा पारेको र एसियाको चिस्यान केन्द्र तथा विश्वको ताप शोषकका रुपमा रहेको नेपालको हिमशृङ्लामा जलवायु परिवर्तनको असर अझ अत्यधिक रहेको उल्लेख गरेको बताउनुभयो ।

भ्रमणका क्रममा म्यानमार र थाइल्याण्डमा महाभूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा नेपाल सरकार, नेपाली जनता र आफ्नोतर्फबाट समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बिम्स्टेक क्षेत्रको विकास, समृद्धि र दिगोपनाको लागि ‘बिम्स्टिेक भिजन २०३०’ कार्यान्वयन गर्ने, क्षेत्रीयरुपमा उपलब्ध आर्थिक वृद्धिका अवसरहरुलाई उपयोग गर्नेलगायत विषय समेटिएको बैंकक घोषणापत्र जारी भएको बताउनुभयो ।

उहाँले सो शिखर सम्मेलनअघि बिम्स्टिेकको मन्त्रीस्तरीय बैठकले मानव स्रोत विकास, सार्वजनिक स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालाई पारित गरी यथाशीघ्र कार्यान्वयनमा लैजान जोड दिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइ व्यवसायीसँग नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त कानूनी, सामाजिक र आर्थिक वातावरण रहेको र वैदेशिक लगानीलाई सरल, सहज, सुरक्षित एवं प्रतिफलमुखी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गरेको भनाइ राख्नुभयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट तयार गरिएको प्रेस नोट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले वाचन गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले बिम्स्टिेक शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्काका प्रधानमन्त्री डा. हरिणी अमरसुर्या, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र म्यानमारका प्रधानमन्त्री मिन आङ ल्हाङ्गसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र ती मुलुकहरूबीच कायम रहँदै आएको मैत्रिपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने एवं द्विपक्षीय सम्बन्धका साथै बिम्स्टेक लगायत क्षेत्रीय तथा अन्य बहुपक्षीय सहयोग र सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री शिनावात्को मैत्रिपूर्ण निमन्त्रणामा यही चैत १९ गते थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टिेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

Previous Post

बबरमहलमा संयुक्त कला प्रदर्शनी

Next Post

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

सम्बन्धित खबर

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान
अन्तर्राष्ट्रिय

नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपहारस्वरुप प्रदान

१ फाल्गुन २०८२,
मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
Load More
Next Post
बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In