• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

    मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

    मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

    वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

    वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काभ्रेमा ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन

by
२३ चैत्र २०८१,
0
काभ्रेमा ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, २३ चैत : बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कृषि उत्पादनमा स्वनिर्भर वडा निर्माण अभियानअन्तरगत समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन कार्यक्रम’ कार्यान्वयन भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत चालु आर्थिक वर्षमा ११ कार्यक्रम रहेकोमा हालसम्म सातवटा सम्झौता भई काम थालनी भएको छ । बाँकी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत जिल्लाको महभारत गाउँपालिका–५ र खानीखोला–२ मा कफीखेती कार्यक्रम लागू भइसकेको छ, भने बेथानचोक गाउँपालिका–२ मा तरकारीखेती यस हप्ता सम्झौता गरिएको छ । वडास्तरमा सञ्चालित यस कार्यक्रममा कृषि कार्यालयको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले सम्झौता गर्नुभएको छ, भने स्थानीय तहको तर्फबाट जन्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

प्रदेश सरकारले कार्यालयमार्फत पहिलो पटकका लागि बेथानचोक–२ का लागि रु ६६ लाख ९९ हजार एक सय ९६ बराबरको कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको हो । गाउँपालिकाले २० प्रतिशत अर्थात् रु १३ लाख ३३ हजार तीन सय ४० तथा बाँकी २० प्रतिशत अर्थात् रु १३ लाख ६९ हजार आठ सय ३९ समूहले योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

गाउँपालिकाले ब्यहोर्ने रकम बापतको रु १३ लाख ३३ हजार तीन सय ४० प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा जम्मा भइसकेको जनाइएको छ । कार्यविधिअनुसार बेथानचोकमा महाभारत किसान समूहसँग अधिकतम् पाँच वर्षसम्म कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ ।

यसका लागि समूहले पाँच वर्षसम्मको कार्यक्रम र कार्ययोजना तयार गरिसकेको गाउँपालिका अध्यक्ष भगवान घिमिरेले बताउनुभयो । हाललाई तरकारी उत्पादन प्रविधिमा आधारित क्रियाकलाप बाँस र फलामका प्लाष्टिक हाउस निर्माण, उन्नत बीउबिजन, मलखाद, स्थलगत तालिमलगायतका कार्य समावेश रहेको छ,भने आउँदा वर्षमा भण्डारणलगायतका बजारीकरणका थप क्रियाकलापमा जोड दिइने छ ।

कार्यालयका अनुसार अन्य दुई स्थानीमध्ये तह पनौती नगरपालिका–५ तथा भुम्लु गाउँपालिकाको १ नं वडामा उक्त कार्यक्रम लागू गरिएको छ । कार्यक्रम अनुसार पाँच वटा वडामा छ सय रोपनी जमिनमा तरकारी, कफी तथा किबी उत्पादनको काम गरिएको छ । कृषि विकास कार्यालय, स्थानीय तह तथा लाभग्राही समुदाय एवं सहकारीबीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी सुरु गरिएको हो ।

पनौती र बेथानचोकमा तरकारी, महाभारत र खानीखोलामा कफी तथा भुम्लुमा किबी उत्पादनका लागि छनोट भएका हुन् । कार्यक्रम सञ्चालननार्थ स्थानीय सहकारी संस्था एवं समुदायको समूहसँग सम्झौता गरिने छ । “समुदाय तथा सहकारी छनोट गरी सम्झौताकार्य भइरहेका छन्, मौसमी तथा बेमौसमी तरकारी छनोट गरी लगत्तै उत्पादन कार्यतर्फ लाग्नेछौँ”, दवाडीले भन्नुभयो । उहाँका अनुसार कार्यक्रम लागू गर्न स्थानीय तहका जनप्रतिनिधि तथा समुदायबीच छलफल सम्पन्न गरिएका छन् । कार्याक्रमअन्तरगत एउटा वडाका लागि रु ६७ लाखको हाराहारीमा उत्पादनकार्यमा लगानी भएका छन् ।

बागमती प्रदेश सरकारले चालु आवमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै ‘एक वडा–एक कृषि कार्यक्रम’ अन्तरगत पाँच वर्षका लागि पशुपक्षी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको हो । साझेदारीमा सञ्चालन गरिने उक्त कार्यक्रम अन्तरगत कार्यालयले ६० प्रतिशत, स्थानीय तहले २० प्रतिशत तथा समुदाय वा सहकारीले २० प्रतिशत लागनी हुनेछ ।

Previous Post

चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

Next Post

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

सम्बन्धित खबर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?
फिचर-ब्यानर

भुम्लुका मतदाताको प्रश्नः ‘५० वर्षदेखिको लालपुर्जासम्बन्धी समस्या समाधान कहिले हुन्छ’ ?

१ फाल्गुन २०८२,
मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस
फिचर-ब्यानर

मापदण्डविपरीत सेवा दिएको आरोपमा दुई डेन्टल क्लिनिक बन्द गर्न सिफारिस

१ फाल्गुन २०८२,
वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था
फिचर-ब्यानर

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

१ फाल्गुन २०८२,
जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु
फिचर-ब्यानर

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

१ फाल्गुन २०८२,
पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
फिचर-ब्यानर

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

१ फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१ फाल्गुन २०८२,
Load More
Next Post
कालिका मन्दिरमा चार लाख दर्शनार्थी

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In