• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित

by
२२ चैत्र २०८१,
0
बाँकेमा किसान स्ट्रबेरीखेतीतर्फ आकर्षित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कोहलपुर (बाँके): बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो ।

कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा रु सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ ।
‎
‎ स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाउनुभएको छ । रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवामा किरा लागे वा फल नाश हुन लागेमा घरमै उपलब्ध झारपातको प्रयोग गर्ने गरेको छु, जसले गर्दा स्ट्रबेरी स्वादिलो, गुणस्तरीय र स्वस्थ पनि हुन्छ ।”

‎ सामान्यतया नेपाली समयअनुसार असोजमा स्ट्रबेरीको बिरुवा रोप्ने गरिन्छ भने ७५ देखि ८० दिनमा यो बिक्रीका लागि तयार भइसकेको हुन्छ । सर्पराजले यसपटक दुई महिना ढिलोगरी मङ्सिर १ गते आसपास बिरुवा रोप्नुभएको थियो । बिरुवा रोप्नमा ढिलाइ भए पनि बिरुवाले दिनुपर्ने मात्रामा फल दिएको छ ।

गत माघको अन्तिम सातादेखि उहाँको स्ट्रबेरी बिक्री हुन सुरु भइसकेको थियो । उहाँका अनुसार नयाँ र धेरै प्रचारप्रसार नभएकाले बाहिरबाट त्यति धेरै माग भने आएको छैन । सर्पराजको स्ट्रबेरीको स्वाद कोहलपुर, नेपालगञ्जसँगै सुर्खेतसम्म फैलिएको छ । घरबाटै पनि दैनिक २० देखि २५ किलोको हाराहारीमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
‎
‎ प्रतिबिरुवाले आधा किलोदेखि एक किलोसम्म फल दिन्छ । उहाँले यो फल खुद्रामा प्रतिकिलो रु सात सय र थोकमा रु छ सय प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ । माघदेखि हालसम्म करिब नौ क्विन्टल बिक्री गरिसकेको उहाँको भनाइ छ । यो अवधिमा करिब रु पाँच लाख जति आम्दानी भएको छ । उहाँको फार्ममा अहिले जापानिज क्यामरोज जातका करिब सात हजार ८०० बिरुवाले फल दिइरहेका छन् ।

“तराई क्षेत्रमा गर्मी दिन प्रतिदिन बढ्दै छ, गर्मी याममा बिरुवा जोगाउन मुस्किल पर्छ”, सर्पराज भन्नुभयो, “अब फल फलाउनुभन्दा पनि बिरुवा कसरी जोगाउने र अर्को वर्षका लागि बिरुवा कसरी तयार गर्ने भन्ने योजनामा छु ।” उहाँका लागि स्ट्रबेरीखेती विल्कुल नयाँ भए पनि मेहनत गरे सफल भइन्छ भन्ने विश्वासले उहाँले बस्नेत कृषि तथा पशुपन्छी फार्म दर्तागरी खेती सुरु गर्नुभयो ।

सुरुमा उहाँलाई धेरै जनाले यो खेती सफल नहुने भन्दै मनोबल घटाउने कोसिस पनि नगरेका होइनन् । अहिले मेहनतको फल फलाएर देखाउन सफल भएको उहाँ बताउनुहुन्छ । माटो परीक्षण गरी आफ्नो माटोमा सुहाउँदो बिरुवा लगाए कुनै पनि खेती वा व्यवसाय सफल हुने उहाँको बुझाइ छ । ‎स्ट्रबेरीलाई नेपालीमा भुइँ काफल पनि भन्ने गरिन्छ । प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाइको सुविधा पु¥याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने गरेको छ ।

Previous Post

जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल

Next Post

भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

सम्बन्धित खबर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
समाचार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

३ असार २०८३,
वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान
समाचार

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

३ असार २०८३,
श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह
समाचार

श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

३ असार २०८३,
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
फिचर-ब्यानर

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

३ असार २०८३,
Load More
Next Post
भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In