अमेरिकी भिसा प्रक्रिया विश्वमै सबैभन्दा सुरक्षित छ । तथापि कतिपय व्यक्ति नक्कली कागजात प्रयोग गरेर, भिसा निवेदनमा झुटा विवरण भरेर अथवा भिसाको अवधि सकिएपछि पनि अमेरिकामै रहेर उक्त प्रणालीविरुद्ध छल गर्ने अविवेकपूर्ण प्रयास गर्छन् ।
यो भिसासम्बन्धी ठगी र एउटा गम्भीर अपराध हो ।
भिसासम्बन्धी ठगी गर्नेलाई दण्डित गरिनेछ र उसलाई अमेरिका प्रवेश गर्ने अनुमति फेरि कहिल्यै पनि नदिइने हुनसक्छ ।













