• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रुपाको सिस्ठेनी मेलाः प्रकृति र संस्कृतिको साक्षी

by
२० चैत्र २०८१,
0
रुपाको सिस्ठेनी मेलाः प्रकृति र संस्कृतिको साक्षी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, २० चैतः सुन्दा अनौठो लाग्न सक्छ, कास्कीको रुपातालको किनार (साविक रुपाकोट गाउँ पञ्चायत वडा नं ९) सिस्ठेनीमा लाग्ने मेला छ सय वर्षभन्दा पुरानो इतिहास, प्रकृति र संस्कृतिको साक्षी हो ।

प्रत्येक वर्षको चैते रामनवमीका अवसरमा पाँच दिनसम्म लाग्ने मेलालाई यस क्षेत्रको अति प्राचीन मेलाका रुपमा लिने गरिन्छ । अहिलेको जस्तो बढ्दो बजारीकरण र सरसामान किनमेलको सहजता नभएका अवस्थामा कास्की र आसपासका जिल्लाबाट सामान किनमेल गर्ने मेलाका रुपमा यसले चासो र चर्चा कमाएको स्थानीय समाजसेवी कुलप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सिस्ठेनी मेलाको इतिहास छ सय वर्षदेखि रहेको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा यहाँस्थित रुपा युवा क्लबको सक्रियतामा यसलाई थप व्यवस्थित गर्दै लगिएको बताउनुुभयो । “विगतमा यो मेला सामान किनबेचका लागि मात्र नभई बिहेवारीका लागि पनि अभिभावक आएर केटाकेटी र परिवारका सम्बन्धमा बुझ्ने माध्यम पनि बनेको थियो”, उहाँले भन्नुुभयो, “मेलामा कास्की आसपासका ठाउँबाट भद्रभलादमी समेत घोडा लिएर अवलोकन गर्न आउने र मेला अवधिभर यहाँ बसेर विभिन्न भेटघाट पनि गर्ने गर्दथे ।”

मेलाका सल्लाहकार उपसमितिका संयोजक समेत रहनुभएका अधिकारीका अनुुसार पछिल्लो समयमा स्थानीय रुपा युवा क्लबको सक्रियतामा सिस्ठेनी मेलालाई निरन्तरता दिन थालिएको छ । यस वर्ष पनि यही चैत २२ गतेदेखि वैशाख २ गतेसम्म ७ औँ रुपा सिस्ठेनी मेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि ४५÷४६ सालतिर मेलामा बर्सेनिझैँ झगडा हुन थालेपछि केही वर्ष रोकिएको मेलालाई क्लबको सक्रियतामा पुनः इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ व्यवस्थित गर्दै लगेको उहाँले जानकारी दिनुुभयो । मेलामा स्थानीय उत्पादनको खरिद बिक्रीसँगै इतिहासको निरन्तरता स्वरुप अहिले पनि दैनिक रुपमा आवश्यक पर्ने कृषिजन्य उत्पादन, फलफूल, जडीबुटी, वनपैदावार एवं घरेलु सामग्रीको बिक्री वितरण हुने गरेको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्का बताउनुुहुुन्छ ।

मेलामा परम्परागत रुपमा उपयोग हुँदै आएका कुटो, कोदालो, हलो, बञ्चरो, हँसिया, चुलेसी, करौती, भकारी, माटाको भाँडा, चोयाबाट बनेको नाङ्ग्लो, जाँतो, गुन्द्री, डोको–डाला, नाम्लो, दाम्लो, कम्मल राडीपाखी, लत्ताकपडा, ठेकी, मदानीलगायत घरेलु मसला आदि किनबेच गर्ने गरिएको छ ।

त्यस्तै हाम्रा गाउँघरमा दैनिक प्रयोग हुने कोदो, जौ, फापर, मकै, गुर्दी, जर्नेली, कागुनोजस्ता खाद्य तथा नगदेबालीहरूको साथमा बैद्यको आयुर्वेदिक औषधिको समेत तत्कालीन अवस्थामा बजारीकरणको सहजता नहुँदा किनबेच गर्ने थलोका रुपमा मेला स्थापित बनेको उहाँको भनाइ छ ।

उहाँका अनुसार तत्कालीन समयमा घरायासी सामानको बेचबिखनका लागि काठमाडाँै, ललितपुर, भक्तपुरका साथै छिमेकी लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, चितवन आदि स्थानबाट सामान बेच्नका लागि मानिसहरू आउने गर्दथे ।

विसं २०३४÷२०३५ तिर यहाँ लाग्ने मेलाका लागि स्याउलाले छाएका व्यापारिक कक्ष एक मोहोर रुपैयाँमा बिक्री गरेको कुलप्रसाद अधिकारीको अनुभव छ । तत्कालीन समयमा यहाँ हुने छेलो, रस्साकस्सी प्रतियोगितासँगै रोधी, ठाडोभाका, कौडा नृत्य, लाखेनाच आदिमा सहभागिताका लागि पनि टाढाटाढाबाट मानिसहरू आउने गरेको बूढापाका बताउँछन् ।

छ शताब्दी पुरानो इतिहासको जगेर्नासँगै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन एवं संस्कृतिलाई जीवन्त राख्नका लागि सिस्ठेनी मेलालाई निरन्तरता दिने कुरामा आफूहरू लागेको क्लबका निवर्तमान अध्यक्ष एवं मेलाका निर्देशक धीरजकुमार श्रेष्ठ बताउनुहुन्छ ।

“महोत्सवको माध्यमबाट आफ्नो स्थानीय पहिचान बनाउँदै मेलाका माध्यमबाट यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान एवं स्थानीय तथा ग्रामीण उत्पादन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, विभिन्न जातजातिको कला, धर्म र संस्कृतिको जगेर्ना गर्नुु नै हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो ।

यस वर्षको मेलामा करिब १२० भन्दा बढी व्यापारिक कक्षहरू रहने प्रायोजक उपसमिति संयोजक वसन्त जोशीले जानकारी दिनुुभयो । उहाँका अनुसार मेलाको मुख्य प्रायोजकमा साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टर पोखरा रहेको छ भने सहप्रायोजकमा रुपा–६ जन्मस्थान भई हाल अमेरिकामा रहनुुभएका प्रकाश तिवारी रहनुुभएको छ ।

मेलाका अवसरमा राष्ट्रिय लोकदोहोरी कार्यक्रम, रत्यौली र भलिवल प्रतियोगिता, कृषि, जैविक विविधता, रुपातालको माछा प्रदर्शनी, हाँस्य ब्यङ्ग्य, फुड फेष्टिबल, विभिन्न जातजातिको मौलिक सांस्कृतिक कार्यक्रम आदि रहने क्लबका सचिव अनिल पगेनीले जानकारी दिनुुभयो । मेलामा एक लाखभन्दा बढी दर्शक सहभागी बन्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।

मेलासँगै यहाँस्थित रुपाताल, तालबराह, कोट भैरव, चिसापानी मन्दिरको प्रचारप्रसार एवं महोत्सवबाट बचेको रकमबाट राम मन्दिर निर्माण गर्ने लक्ष्य पनि राखिएको छ । नजिकैका चिसापानी, शिरमा रहेको कोट भैरव मन्दिर, तालको किनारामा रहेका सिमल काँडेदेखि कमलका फूल आदि यहाँका मौलिकता हुन् ।

यहाँस्थित तालबराहसँगै शिरमा रहेको कोट भैरवलाई यहाँका स्थानीयले अत्यन्त श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्ने गर्दछन् । श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुग्ने युगौँदेखिको विश्वासका कारण तालबराह र कोट भैरव मन्दिर यस क्षेत्रकै महत्वपूर्ण तीर्थस्थल बनेका छन् । कोटभैरवसहित यहाँका धार्मिक एवं प्राकृतिक मौलिकता र महत्वलाई लाई चर्चा गर्दै प्राचीनकालदेखि यहाँका स्थानीयले गाउने,

‘कतै मन्दिर चिसापानी, कतै भैरव कोट ।
तालैमुनि सिमल काँडे, कमल फूलको बोट ।।’ जस्ता गीतले यहाँको महत्वलाई अझै चुल्याएकोे छ ।
–––

Previous Post

नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

Next Post

मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
मनै खाने मुस्ताङको कागबेनी र सेल्फी डाँडा (तस्बिरहरू)

मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In