• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुस्तक चोरी गरेर छाप्दै बेच्ने एकजना पक्राउ

by
२७ पुस २०७९,
0
आठ तोला सुनका गरगहना चोरी गरेको आरोपमा गर्ने दुई पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं प्रहरी परिसर टेकुले अरु प्रकाशनका पुस्तकहरु चोरी गरेर छाप्दै बिक्रीवितरण गरेको आरोपमा एकजना व्यवसायीलाई पक्राउ गरेको छ ।

शनिबार साँझ अपराध महाशाखा टेकु परिसरले काठमाडौंको कालिकास्थानमा ल्ल्याङवेज ईन्ष्टिच्यूट चलाउँदै आएका एक व्यवसायीलाई पक्राउ गरेको हो । कालिकास्थानमा काठमाडौं जापानिज ल्याङवेज ईन्ष्टिच्युसन कालिकास्थानका सञ्चालक निर्मणीलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले लामो समयदेखि जापानी भाषाका पुस्तकहरु गैरकानूनी रुपमा छपाई गरेर बिक्री वितरण गर्दै आएको बताइएको छ । जापानी भाषाको मिन्ना नो निहोङगो नामको भाषा पुस्तकका आधिकारिक बिक्रेताले काठमाडौं प्रहरीमा दायर गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको जनाएको छ ।

शनिबार पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको र काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठलाई एकवर्षदेखि खोजि गरिरहेको तर फरार रहँदै आएकोमा शनिबार पक्राउ परेको जनाएको छ ।

स्रोतका अनुसार उनी कहिले जापान त कहिले नेपाल आउजाउ गर्दै भागिरहेका थिए । प्रतिलिपी अधिकार उल्लंघन कानुन अनुसार श्रेष्ठले कसुर गरेको पुष्टि भएमा बिगो जरिवानासहित उनलाई केही महिना जेल सजाय हुन सक्छ । श्रेष्ठले जापानी भाषाको मिन्ना नो निहोङगो नामको सबैभन्दा बढी विक्री हुने पुस्तक अनुमति नै नलिई छापेर बिक्री गर्दै आएको खुलेको छ ।

उनी लगायत नेपालमा धेरैले अनुमति नलिई यस्ता पुस्तकहरु प्रकाशन गर्ने गरेका छन् । यसैक्रममा जापानी भाषाको पुस्तक मिन्ना नो निहोङगोको नेपालमा एकमात्र आधिकारिक प्रकाशक एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्यूसनले प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा श्रेष्ठसहित केही अन्य प्रकाशकविरुद्ध एकवर्षअघि नै जिल्ला प्रहरी कार्यालय टेकुमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठसहित अरु केही कन्सल्टेन्सी र प्रकाशक संस्थाहरुले यस्ता धेरै पुस्तकहरु गैरकानुनी रुपमा प्रकाशन गर्दै आएको भेटिएको जनाएको छ । यसरी बजारमा बढी बिक्री हुने पुस्तकहरुलाई विना अनुमति लुकिछिपी छापेर बिक्री वितरण गर्नेहरु धेरै रहेको प्रहरीले जनाएको छ । साथै अपराध अनुसन्धान महाशाखाले यस्ता कार्य नगर्न नगराउन सचेत गराएको छ ।

एमआर पब्लिकेशनका सञ्चालक मेघराज शाहीले आफ्नो कम्पनीले जापानको थ्री ए कर्पोरेशनबाट नेपालका लागि प्रतिलिपि अधिकार किनेर ल्याएको बताएका छन् । आफूहरुले नेपाल र भारतका लागि आधिकारिक प्रतिलिपि अधिकार महंगोमा खरिद गरेर ल्याएको तर नेपालमा उक्त पुस्तक महंगोमा बिक्री हुने गरेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको शाहीले बताए ।

एमआर पब्लिकेशनले २०७६ फागुनमा ५० हजार पुस्तक प्रकाशनमा ल्याएको थियो । शाहीले उक्त पुस्तक बजारमा कन्सल्टेन्सी, पब्लिकेशन, पुस्तक पसल र छापाखानाहरुले प्रतिलिपि अधिकार विपरित गैरकानूनी रुपमा आफूखुशी प्रकाशन गरी बिक्रीवितरण गरिरहेको बताए ।

उनले अझै धेरै मान्छेहरु यस्तो कार्यमा सम्लग्न रहेको आफूहरुसँग प्रमाणसहित सूचना आएको र त्यो सबै प्रमाणहरु प्रहरीलाई बुझाइएको जानकारी दिए । साथै उनले प्रहरीले त्यसमाथि गहिरो अनुसन्धान गरिरहेको पनि जानकारी दिए । शाहीले बजारमा रहेका नक्कली जापानिज भाषाको ९मिन्ना नो निहोङगो० पुस्तक नियन्त्रणमा लिन प्रशासनलाई अनुरोध गर्दे विद्यार्थीहरुलाई पनि नक्कली किताबहरु खरिद नगर्न आग्रह गरेका छन् ।

शाहीले भने, ‘राज्यलाई छलेर, कर छलि गरेर केही व्यक्तिहरुले उक्त किताब प्रकाशन गरेर विक्री गरेको पाइएको छ । अझैं पनि केही व्यक्तिहरुले त्यो पुस्तक विक्रि गर्ने र विद्यार्थीलाई प्रदान गर्ने गरेको पाइन्छ । बजारमा छापा हान्ने र त्यस्ता व्यक्तिलाई कानूनअनुसार कडा कारबाही गर्ने प्रक्रियालाई निरन्तर जारी राख्ने छौं । यसमा नेपाल प्रहरीले साथ दिइरहेको छ । विद्यार्थी र जापानीज कन्सल्टेन्सीहरुले पनि साथ दिन अनुरोध गर्दछु ।’

Previous Post

घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी

Next Post

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह

सम्बन्धित खबर

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
Load More
Next Post
दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In