• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केबल इन्टरनेट प्रयोगकर्ता एक करोड पुग्यो

by
२७ पुस २०७९,
0
केबल इन्टरनेट प्रयोगकर्ता एक करोड पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। केबलमार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार असोजसम्म अप्टिकल फाइबर ९केबल०मार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ९९ लाख ८७ हजार रहेको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले आक्रामक रूपमा बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग निरन्तर बढिरहेको हो ।

वाइफाई तथा कम्प्युटरमा समेत फिक्स्ड इन्टरनेटका रूपमा जडान गर्न सकिने र परिवारका सदस्य सबैले चलाउन मिल्ने भएकोले केबल इन्टरनेटमा आकर्षण बढिरहेको देखिन्छ । प्रतिस्पर्धा तीव्र हुँदा केबल इन्टरनेटको मूल्य पनि घटेको र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजना करिब सम्पन्न गरिसकेकोले यसमा पहुँच बढ्दै गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सातै प्रदेशमा अप्टिकल केबल बिछ्याउने परियोजना हालै मात्र सम्पन्न भएको जनाएको थियो । उक्त परियोजनाको कार्यान्वयनको जिम्मेवारी पाएका निजी सेवा प्रदायकले दुई वर्षपछि घरायसी प्रयोगकर्तालाई काठमाडौँकैै प्रचलित मूल्यमा इन्टरनेट उपलब्ध गराउन सक्ने व्यवस्था प्राधिकरणले गरेको थियो । जसले गर्दा परियोजना सम्पन्न भएपछि घरायसी प्रयोगकर्ता पनि केबल इन्टरनेटमा जोडिन पुगेका हुन् ।

प्राधिकरणको तथ्याङ्कअनुसार केबल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच प्रयोगकर्ता आठ लाख ८६ हजार छन् । निजी क्षेत्रका सेवा प्रदायकले उपलब्ध गराएको केबल इन्टरनेटका प्रयोगकर्ता भने ९१ लाख नाघेका छन् । एक वर्षकै अन्तरमा केबल इन्टरनेट प्रयोगकर्ता १९ लाखले बढेको देखिन्छ । २०७८ कात्तिकसम्म यस किसिमका इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ८० लाख ७८ हजार थियो ।

असोजसम्म देशभर इन्टरनेटको पहुँच भने जनसङ्ख्याको १३१ प्रतिशतमा पुगेको देखिन्छ । एउटै प्रयोगकर्ताले फरक–फरक सेवा प्रदायकको इन्टरनेट प्रयोग गर्दा पनि छुट्टै गणना हुने हुँदा जनसङ्ख्याभन्दा बढी इन्टरनेट पहुँच पुगेको देखिएको हो । यद्यपि नेपालमा सक्रिय इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या जनसङ्ख्याको ७० प्रतिशतसम्म पुगेको अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले देखाउँछ ।

कुल इन्टरनेट प्रयोगकर्तामध्ये केबलसमेत समावेश हुने फिक्स्ड इन्टरनेटको पहुँच जनसङ्ख्याको ३५ प्रतिशतसम्म पुगेको तथ्याङ्कले देखाउँछ । फिक्स्ड इन्टरनेटअन्तर्गत टेलिकमले उपलब्ध गराइरहेको एडीएसएल प्रयोगकर्ता पनि जोडिएका छन्, जसको सङ्ख्या तीन लाख ७० हजार छ ।

सबैभन्दा धेरैले मोबाइल इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । जसमध्ये थ्रीजी प्रयोगकर्ता करिब ९२ लाख छन् । त्यस्तै फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ८६ लाख २८ हजार पुगेको छ । दूरसञ्चार सेवा प्रदायकअनुसार गणना गर्दा नेपाल टेलिकमका थ्रीजी र फोरजी गरेर दुई करोड ५० हजार प्रयोगकर्ता छन् । त्यस्तै एनसेलका ८८ लाख ८५ हजार र स्मार्ट टेलिकमका १२ लाख ७५ हजार प्रयोगकर्ता छन् । सेवा विस्तार गर्न नसकेको स्मार्ट टेलिकमको प्रयोगकर्ता १२ लाख देखिए पनि सक्रिय प्रयोगकर्ताको सङ्ख्या भने एकदमै कम छ ।

गोरखापत्रबाट साभार

Previous Post

पृथ्वीजयन्तीको अवसरमा राप्रपाको चियापान

Next Post

रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In