स्वतन्त्रता संग्रामको त्यो बेलाको कुरा हो जब जलियानवाला बागमा जनरल डायरले हजारौँ निर्दाेष भारतीयमाथि गोली चलाएका थिए र धर्ती रगतले लतपतिएको थियो । त्यो बेला भगतसिंहको उमेर केवल १२ वर्षको जालियानवाला बागमा गए । त्यहाँको धर्ती अझैसम्म रातो थियो ।
उनी त्यहीँ बसे र एउटा शीशीमा रगत लागेको माटो भर्न थाले । माटो भरेर शीशी गोजीमा राखे र घण्टौँ त्यहीँ बसेर सोच्न थाले । जब उनको ध्यान भङ्ग भो तब साँझ परेको थियो । स्कुलमा पहिला नै छुट्टी भइसकेको थियो ।
जब उनी ढिलो घर पुगे तब दिदीले सोधिन्, यति ढिलो किन आएको ?
जलियानवाला बाग गएको थिएँ । त्यसपछि उनले गोजीबाट शीशी निकाले ।
दिदीले सोधिन्, यसमा के छ ?
शहीदको रगत ।
यसले के हुन्छ ?
भगतसिंहले शीशी बलियो गरी समाउँदै दृढताले भने, मलाई प्रेरणा मिल्नेछ ।
त्यही प्रेरणाको परिणाम थियो, समय आउँदा उनी हाँसीहाँसी मातृभूमिको लागि शहिद भए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













