• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

by
१४ चैत्र २०८१,
0
भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ  : मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ र ४ मा अवस्थित दुई वटा सवारी व्यवस्थापन गर्ने बसपार्क सञ्चालनको ठेक्का लिएर बीचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुर उपर गर्नुपर्ने रकम पूरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ–४ जोमसोमका स्थानीय सुरेश शेरचनविरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले मुस्ताङका सबै निकायमा सरकारी सेवा सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारबाही प्रक्रियाअघि बढाएको छ ।

गाउँपालिकालाई असुल उपर नभएसम्म बसपार्क ठेक्का लिएका उहाँलाई गाउँपालिका, वडा कार्यालयलगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदानलगायत सबै किसिमका सरकारी सेवा लिन नपाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिका प्रथम पक्षले लगाएको बसपार्क ठेक्का रद्द भइसकेकाले नयाँ ठेक्का लगाउने गरी गृहकार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । “पुरानो बसपार्क ठेक्का भङ्ग भएको र नयाँ ठेक्का लगाउने तयारी हुँदैछ”, उहाँले भन्नुभयो, “बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८० लाई संशोधन गरी नयाँ कार्यविधि–२०८१ जारी भइसकेको छ ।”

गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि गर्ने र मुस्ताङ सदरमुकाम जोमसोमलाई व्यवस्थित रूपमा सवारी पार्किङ गर्नेगरी मुकामको सौन्दर्र्यता जोगाउन गाउँपालिका प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । घरपझोङ गाउँपालिकाअन्तर्गत रहेका दई वटा बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाले गतवर्ष दरभाउ पत्रको सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित सूचनाअनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक रु २० लाख २५ हजार भाडा गाउँपालिकालाई बुझाउने सर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८० अनुसार विसं २०८० चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाइएको थियो ।

गाउँपालिका प्रथम पक्षसँग बसपार्क ठेक्का लिएका दोस्रो पक्ष स्थानीय शेरचनले ठेक्का सम्झौताका सर्त र प्रावधानअनुसार सुरुआती तीन महिनाको अग्रिम भाडा धरौटी रु पाँच लाख पाँच हजार दुई सय २५ र सम्झौता अवधि दुई वर्षको भाडाको पाँच प्रतिशत हुन आउने रकम रु दुई लाख दुई हजार पाँच सय गरी कूल रु सात लाख आठ हजार सात सय ५० गाउँपालिकालाई बुुझाएका थिए ।

गाउँपालिका प्रथम पक्ष र बसपार्कका व्यवसायी दोस्रो पक्षबीच घरपझोङका दुई बसपार्कको सञ्चालन तथा व्यवस्थापन गर्ने र बसपार्क सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिएको थियो । यसै प्रयोजनार्थ गाउँपालिकाले दुई पार्कको थप स्तरोन्नति, विद्युत्, इन्टरनेट खानेपानी, टिकट बुकिङ क्वान्टर, बसपार्क गेट निर्माणसहित बसपार्क क्षेत्रमा सिसी टिभी क्यामेरा जडान गरेको थियो ।

गाउँपालिकाले बसपार्क चलाउन स्थानीय प्रशासन, सुरक्षाकर्मीलगायत सबै सरोकारवालासँग चरणबद्ध छलफल गरेको थियो । गाउँपालिकाले बसपार्क व्यवस्थापनका लागि तीन जना पालिका प्रहरीसमेत करारमा नियुक्ति गरेको थियो ।

स्थानीय शेरचनले बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिका, प्रशासन र सुरक्षा निकाय लगायतले असहयोग गरेको भन्दै दुई वर्षको बसपार्क ठेक्का एकपक्षीय रुपमा ठेक्का भङ्ग गरेको पत्र गाउँपालिकामा पठाएका थिए ।

गतवर्षको १५ चैतमा कार्यान्वयन गर्ने बसपार्क ठेक्का लिएका शेरचनले बसपार्क सञ्चालन गर्नेतर्फ ध्यान नदिएको र बसपार्कको भाडा क्रमशः बुझाउँदै जानुपर्नेमा नबुझाएको भन्दै बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि– २०८० अनुसार गाउँ कार्यपालिकाको बैठकले शेरचनसँग २०८१ असोज २१ गते ठेक्का सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।

Previous Post

परीक्षणका लागि मनाङ पुग्यो बस

Next Post

चन्दा सङ्कलन गरी पन्ज्युनयाँमा २१ फिट अग्लो राममूर्ति निर्माण

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
चन्दा सङ्कलन गरी पन्ज्युनयाँमा २१ फिट अग्लो राममूर्ति निर्माण

चन्दा सङ्कलन गरी पन्ज्युनयाँमा २१ फिट अग्लो राममूर्ति निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In