• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री

by
१२ चैत्र २०८१,
0
अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाटन (ललितपुर), १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को आज यहाँ आयोजित १०औँ महाधिवेशनमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजवुत संरचना निर्माणमा इन्जिनियरहरुको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्विक अवस्थाको मुल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले त्यसमा ध्यान दिने छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न लागिपरेको उल्लेख गर्दै मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकरात्मक हुनुपर्ने बताउनुभयो । विसं २०४६ पछि देशमा विकासको गति तीव्ररुपमा अगाडि बढेको र आफू प्रधानमन्त्री हुँदा भूकम्पले देश थिल्थिलिएको अवस्थामा ‘विल्ड वेटर’को नारा दिएर पुनःनिर्माणमा जुटेको बताउनुभयो ।

“पूर्वाधारको विकास विना विकास सम्भव छैन, पूर्वाधारको विकासले बजारको सृजना गर्छ, उद्यमशीलता प्रवर्द्धन गर्छ, बलियो पूर्वाधार निर्माण गर्न इन्जिनियरहरुको योगदानका लागि धन्यवाद छ, त्यसको प्रशंसा गर्न चाहन्छु,” प्रधानमन्त्री ओलीले भन्नुभयो । “विमानस्थल बनिरहेका छन्, पुल र ट्रान्समिसन लाइनहरु बनिरहेका छन्, केही पनि भएन देश खत्तम भयो भन्ने हल्ला निराधार छ,” उहाँले भन्नुभयो ।

नयाँ शिक्षा प्रणालीले नेपालको शिक्षालाई रोजगारविहीन बनाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “बेरोजगार उत्पादन गर्ने शिक्षाका कारण युवा बाहिर जान थाले, आफैले बनाएर चिया पनि खान नसक्ने, नेपालभित्र पाएको अवसरमा पनि काम नै गर्न नसकेको पाइयो,” उहाँले भन्नुभयो ।

नेपाली विद्यार्थी विदेश गएर अध्ययन गरेको कुराप्रति चिन्ता लिनुभन्दा पनि नेपालमा उन्नत र उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षा दिने प्रणालीलाई खुलापनका साथ अवसरको सृजना गर्ने वातावरण दिनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । उहाँले उद्यम गर्नेलाई धरौटी लिएर हैन, योजनालाई विश्वास गरेर ऋण दिएर काम गर्ने अवसर सृजना गर्न सक्नुपर्ने उल्लेख गर्दै १५ वर्षसम्म ऋण तिर्ने वातावरण बनाउनुपर्छ भन्नुभयो ।

“व्यवसाय गरेर ऋण तीर्नसक्ने वातावरण नभएपछि व्यक्ति निराश हुन्छ, यो हुनुहुँदैन,” उहाँले भन्नुभयो ।

प्रगतिशील इन्जिनियर्स एसोसियसनका अध्यक्ष ई डा सुरज लामिछानेले २०४७ सालमा ‘इन्जिनियरिङ स्टडी ग्रुप’ का नाममा स्थापना भएको संस्था अहिले एमाले पार्टीको जनवर्गीय सङ्गठनको रूपमा क्रियाशील रहेको बताउनुभयो । उहाँले प्राविधिक रूपमा पार्टीलाई सहयोग गर्ने र प्राविधिकमैत्री नीति निर्माणका लागि सहयोग गर्ने एसोसियसनको नीति रहेको बताउनुभयो ।

Previous Post

एक अर्ब ९८ करोड राजस्व सङ्कलन

Next Post

तीन महिनापछि भोजपुरमा उडान सुरु

सम्बन्धित खबर

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ अशोज २०८३,
Load More
Next Post
तीन महिनापछि भोजपुरमा उडान सुरु

तीन महिनापछि भोजपुरमा उडान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In