• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

by
१० चैत्र २०८१,
0
दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ, १० चैत : नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए । शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ ।

आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ । जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

नेत्रज्योति सङ्घले यही चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसपटकको शिविरमा जिल्लाका करिब दुई हजार आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ । जिल्लामा एक हजार पाँच सय ४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गर्नुभएको थियो । विसं २०६० वैशाख १० गतेदेखि जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार पाँच सय एक जनाको उपचार गरिसकेको छ । सेवा सुरु गरेयता जिल्लाका तीन हजार ३८ ज्येष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पतालले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
–––

Previous Post

देशभरका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

Next Post

एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
मनाङमा ४६ विद्यार्थीले एसइई दिने

एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In