घरेलु उपचार विधि
१. जुन खानाद्वारा पेटमा ग्यास उत्पन्न भएको तथा असजिलो महसुस गराउँदछ त्यस्ता खानाहरुको सेवन नगर्नुहोस् ।
२. १ चम्चा त्रिफला चुर्ण (हर्राे, बर्राे र अमला) एवम् आधा चम्चा तोरीको धुलो खाना खाइसकेपछि खानाले वायु, विकार नष्ट हुन्छ ।
३. खाना खाइसकेपछि ३÷४ थोपा दालचिनिको तेल रसगुल्ला (एकप्रकारको मिठाई)मा मिलाई सेवन गर्नाले वायु रोग निको हुन्छ ।
४. नाइँटोको वरिपरि सरस्यूँको तेल अथवा हिङ्ग पाउडर लगाउनाले पनि शरीरमा ग्यास बन्न कम हुनछ ।
५. मुलाको रस, सेतो नुन र एक चिम्टी हिङ्ग खाना खाइसकेपछि सेवन गर्नाले वायुरोग ठीक हुन्छ ।
६. एक चम्चा हरड आधा कप गाईको मुत्रसँग मिलाई एक हप्तासम्म सेवन गर्नाले पेटमा हुने वायु रोग निको हुन्छ । यसलाई खाना पश्चात् सेवन गर्नु अत्युत्तम मानिन्छ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट