श्वेद प्रदर (सेतो पानी बग्ने) अधिकांश महिलाहरुमा हुने गर्दछ । तर प्रायः महिलाहरुले जानकारीको अभाव तथा लाजको कारणले यो रोग लुकाउने वा वास्ता नगर्ने गर्दछन् । सही उपचारद्वारा यो रोग सजिलै निको हुने गर्छ । सामान्यतया योनीबाट बग्ने सेतो पानी तुलनात्मक रुपमा धेरै बहन थालेमा यसलाई श्वेत प्रदर भनिन्छ । बेलैमा उपचार गरेको खण्डमा यो रोग निको हुने गर्दछ अन्यथा यसले जटिल समस्या उत्पन्न गराउँछ । यसैले योग, ध्यान, भोजनबाट यस रोगको उपचार हुनसक्छ ।
खानपानको तरिकाः
शरीरलाई आवश्यक भिटामिन मिनरल्सहरु आपूर्ति गर्नको निम्ति फलफूल, सलाद र तरकारीहरु प्रशस्त खानुपर्दछ ।
– फलफूलमा स्याउ, नास्पाती, अंगुर, आरु, जुनार, सुन्तला, भुइँकटहर आदि खान सकिन्छ ।
– यो समस्यामा लाभ गर्ने तरकारी रामतोरिया (भिण्डी) हो । भिण्डीलाई यसको बियाँसँगै उमालेर खानु हितकर मानिन्छ ।
– १० वटा मूलाको पात (सुकेको)लाई ३ गिलास पानीमा उमालेर नुन मिसार दैनिक २ पल्ट पिउनु लाभदायक हुन्छ ।
– त्यस्तै दैनिक १० ग्राम मेथीको सेवन गर्नु पनि यो समस्यामा उत्तम मानिन्छ ।
– पानी र फलफूलको जूस पिउँदै गर्नुपर्दछ ।
– चिया, कफी, तारेका भुटेका र बजारिया खानाले हानी गर्ने हुँदा यस्ता खाना खान बन्द गर्नुपर्दछ ।
– सेतो चामल मैदा चिनी नुन आदिको सेवन बन्द गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट













