• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इलाम सीमा क्षेत्रका बासिन्दालाई पढ्न भारतीय विद्यालयकै भर

by
१८ फाल्गुन २०८१,
0
इलाम सीमा क्षेत्रका बासिन्दालाई पढ्न भारतीय विद्यालयकै भर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मङ्गललबारे।घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् ।

इलामको सन्दकपुर गाउँपालिका–५ की पेमा तामाङ नौ वर्षकी भइन् । उनी भारतीय विद्यालयमा पढ्छिन् । घर नजिक विद्यालय नभएका कारण भारतमै बसेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । तामाङ भारतमै छात्रावासमा बसेर पढ्दै आएकी छन् ।नेपालतर्फ भएका विद्यालय पनि बन्द भएपछि सो क्षेत्रका अधिकांश बासिन्दाले बालबालिकालाई भारतीय विद्यालयमा पढाउनुपर्ने बाध्यता रहेको स्थानीय दावा लामाले बताए। कतिपय अभिभावकले बालबालिकालाई छात्रावास त कतिपयले भारतमै कोठा भाडामा लिएर पढाउने गरेका छन् । नेपालतर्फ विद्याल विद्यार्थी अभावले बन्द भएका कारण समस्या भएको छ ।

मानेभन्ज्याङका विभिन्न विद्यालयमा सो क्षेत्रका धेरै विद्यार्थी पढ्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न पनि भारतीय विद्यालयकै भर पर्नुपरेको छ । प्राथमिक तहमा स–साना बालबालिका भारतमा पढाउनुपर्दा अभिभावक पिरोलिएका छन् । यता विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालय बन्द भएका छन् ।

सो क्षेत्रमा नेपालमा निजी विद्यालय छैनन् । भारतसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा गाउँगाउँमा भएका सामुदायिक विद्यालय बन्द भएका कारण उतै पढ्नुपर्ने बाध्यता छ । कम जनसङ्ख्या भएको सो क्षेत्रमा बालबालिकाको समेत कमी छ । उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिका सीमा क्षेत्रका बालबालिकालाई पढ्न समस्या भएको छ ।

जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट नै पढाउन भारतीय क्षेत्रमा अभिभावकसँगै गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए। लेकाली क्षेत्र भएका कारण बस्ती पातलो छ । जनघनत्व पनि कम छ ।

नौ वर्षअघि सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको स्थानीय डोमा शेर्पाले बताइन् । कक्षा ५ सम्मसम्म अध्यापन हुने सो विद्यालय विद्यार्थी अभावका कारण २०७२ सालमा बन्द भएको हो । जौबारीबाट मात्र हाल १४ विद्यार्थी भारत अध्ययनका लागि जाने गरेका छन् । भित्तेमा रहेको विद्यालयसमेत तीन वर्षअघि अन्यत्र सारिएको छ । सो विद्यालय बन्द भएपछि झन समस्या भएको स्थानीयको भनाइ छ ।

सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, माईजोगमाई–२ मेग्मामा सञ्चालित सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कै मजुवामा रहेको प्राथमिक विद्यालय बन्द छन् । नेपालतर्फ नजिक विद्यालय नभएको स्थानीय बताउँछन् । माईजोगमाई–२ स्थित ज्योति विद्यालय पुग्न चार घण्टा लाग्छ । अन्य गाउँपालिकाको केन्द्र नयाँ बजारमा जानुपर्ने बाध्यता छ । नयाँबजारको विद्यालय पुग्न पनि तीनदेखि चार घण्टा लाग्छ ।

लामो समय धाएर बालबालिकालाई विद्यालय पुर्याउँदा अभिभावकले काम गर्न भ्याउँदैनन् । घरका एक जना बालबालिकालाई विद्यालय पुर्याउन र घरसम्म ल्याउन खटिनुपर्ने उनीहरूको भनाइ छ । जौबारी, गुराँसे, मेग्मालगायतबाट करिब ३५ विद्यार्थी नेपालको विद्यालय जानबाट वञ्चित भएका माईजोगमाई गाउँपालिका–२ का वडाध्यक्ष डम्बर सुवेदीले बताए। सूर्योदय नगरपालिकाको लामिधुरा क्षेत्रका बालबालिकाले समेत नेपालमा पढ्न पाउँदैनन् । उनीहरू पनि नजिकको भारतीय विद्यालय नै जानुपर्ने बाध्यता छ ।

“एउटै विद्यार्थीलाई पढाउन पनि धेरै खर्च हुन्छ । छात्रावास राख्नुपर्छ । नभए कोठा भाडामा लिएर बस्नुपर्छ”, स्थानीय फुर्वा शेर्पाले भने ।

सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै विद्यालय जाने गरेका छन् । कतिपयले बसमा विद्यार्थी पठाउने गरेका छन् । मानेभन्ज्याङ तुमलिङबाट ११ किलोमिटरको दूरीमा छ । केही अभिभावकले सो दूरीमा अन्य सवारीसाधन प्रयोग गरेर पनि विद्यालय पठाउने गरेका छन् ।

Previous Post

प्रथम राष्ट्रिय बाँस सम्मेलन : फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’ निर्णय

Next Post

हिमचितुवा र मानवबीचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

५ कार्तिक २०८३,
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
Load More
Next Post
हिमचितुवा र मानवबीचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा

हिमचितुवा र मानवबीचको द्वन्द्वले उपल्लो मुस्ताङको पशुपालन व्यवसाय सङ्कटमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In