• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

by
१७ फाल्गुन २०८१,
0
बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भैरहवा (रूपन्देही) : गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरू गरिएको छ । साइकल सिटीको आयोजनामा सुरू भएको यो यात्रा दोस्रो संस्करण हो ।

एक सय १५ जना साइकल चालकसहित भैरहवाको बुद्धचोकबाट सुरू भएको यो यात्रा पहिलो दिन शुक्रबार रोहिणी नदी हुँदै नवलपरासीको रामग्राम, पण्डितपुर, रूपन्देहीको भवानीपुर, जितगढी किल्ला हुदै पुनः भैरहवा आइपुग्ने छ । दोस्रो दिन शनिबार भैरहवाबाट नै यात्रा सुरू गरी टिकुलीगढ, शुद्धोधन हुँदै कपिलवस्तुको जितपुरबाट जगदीशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, तौलिहवा हुदै लुम्बिनी पुगि समापन हुनेछ ।

साइकलयात्रामा विश्व साइकलयात्री पुष्कर शाहसँगै भारत र बेल्जियमका साइकल चालकसँगै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साइकलयात्री सहभागी रहेको भैरहवास्थित साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारूमगरले जानकारी दिनुभयो । यात्रामा भारत देहरादूनका बृद्ध साइक्लिष्ट दम्पतीसमेत सहभागी भएको उहाँले बताउनुभयो । सहभागीमध्ये देहरादूनका ७५ वर्षीय कमलजित धिमान र ७२ वर्षीय विष्हु धिमान दम्पती हुनुहुन्छ । यसबाहेक यात्रामा आठ वर्षीय क्रिष्टोफर श्रेष्ठ, १२ वर्षीय अस्विनी खरेल पनि सहभागी हुनुहुन्छ ।

बहत्तर वर्षीय साइकलयात्राी विष्हु धिमानले आफू दोस्रोपटक भैरहवाबाट सुरू हुने यो यात्रामा सहभागी भएको बताउनुभयो । “गत वर्ष आउँदा नेपालमा हाम्रो गजबको स्वागत भयो, नेपाललाई भगवान्ले नै सुन्दर बनाउनुभएको छ र मलाई लाग्छ कि पर्यटनका लागि साइकल यहाँ उचित साधन हुनसक्छ”, उहाँले भन्नुभयो, “नेपाल साइकल चालकहरूका लागि सर्वोत्कृष्ट गन्तव्य हो किनकि यहाँ प्रकृतिको विविधता छ ।”

गत वर्ष राम्रो अनुभव भएको कारण यस वर्ष देहरादूनका अन्य साइकलयात्रीसँगै सहभागी भएको उहाँको भनाइ छ । यात्राले बौद्ध सर्किटसँग जोडिएका क्षेत्रमात्र नभए प्रचारमा आउन नसकेका रोहिणी खोला, पाकडी वृक्ष, जितगढी किल्लालगायत अन्य बौद्धकालीन सम्पदाको प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।

यात्रामा सहभागी विश्व साइकलयात्री पुष्कर शाहले यो साइललयात्राले बौद्धकालीन समयमा रहेका बुद्धका जन्म, मावली ससुरालीलगायत बुद्ध हिँडनु भएको पाइलापछ्याउँदै साइकलयात्री पनि हिँडने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले देश तथा विदेशमा साइकलयात्रामार्फत पनि बुद्धको बाटोमा हिँड्न सकिन्छ भन्ने सन्देश संसारभरि फैलाउन सहयोग गर्नेछ ।”

भैरहवाको बुद्धचोकबाट सुरू भएको बुद्ध ज्ञान साइकल यात्रालाई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णकुमार शर्मा, सिद्धार्थ उद्योग वबणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ‘फ्ल्याग अफ’ गरि सुरू गर्नुभएको थियो ।

Previous Post

आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया

Next Post

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In