• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

    रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक शनिबार

    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनसँग के त्यस्तो खनिज छ, जसका लागि ट्रम्प मरिहत्ते गरिरहे?

by
१४ फाल्गुन २०८१,
0
युक्रेनसँग के त्यस्तो खनिज छ, जसका लागि ट्रम्प मरिहत्ते गरिरहे?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आफ्नो भूमिमा रहेको खनिज दिनका लागि राजी भए पछि अमेरिकाले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई वासिङ्गटन बोलाएका छन्। खनिज सम्झौतामा हस्ताक्षर गर्नका लागि आगामी साता जेलेन्स्की अमेरिका जानेछन्।

यसअघि ट्रम्पको प्रस्तावलाई खारेज गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका थिए ‘आफ्नो देश नबेच्ने’ बताएका थिए।

युक्रेनसँग केही दुर्लभ खनिज पदार्थको विशाल भण्डार छ। जसमाथि अमेरिकाले कैयौं वर्षदेखि नजर लगाइरहेको थियो। ३ वर्षदेखि रुससँग लडिरहेको युक्रेनलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएसँगै डोनाल्ड ट्रम्पले त्यहाँको खनिजमा अमेरिकी स्वामित्व मागेका थिए।

तर युक्रेनले मानेन र अमेरिकाले रुससँग वार्ता अघि बढाएको थियो। यो बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अमेरिकालाई आफ्नो देशको खनिज उत्खननका लागि अमेरिकालाई प्रस्ताव गरेका थिए। उनले रुसले कब्जा गरेका युक्रेनी भू-भाग र रुसको केही जमिनमा पनि उत्खनन् गर्न अमेरिकालाई भनेका हुन्।

अमेरिकाले तिनै भू-भागको खनिजमा आफ्नो प्रभुत्व खोजेको थियो जुन क्षेत्र अहिले रुसको कब्जामा छ। केहि दिनअघि साउदीम भएको अमेरिकी तथा रुसी अधिकारीहरुको एउटा वार्तामा युक्रेनी भूमिबाट आफ्ना सैनिक हटाउन रुस राजी भएको थियो। तर युक्रेनलाई त्यो वार्तामा सामेल नगराएको भन्दै सिङ्गो युरोप भने अमेरिकासँग रुष्ट छ।

ट्रम्पले अमेरिकालाई युक्रेनी भूमिमा रहेको ‘रेयर अर्थ मिनिरल्स’को स्वामित्न दिन जेलेन्स्कीलाई भनेका थिए। रुससँग युद्ध लड्नका लागि यसअघि बाइडेन प्रशासनले युक्रेनलाई अर्बौं डलर सहायता दिएको बदलामा उनले युक्रेनसँग खनिज मागेका थिए। तर युक्रेनले सुरुमा मानेको थिएन।

ट्रम्पका अनुसार अमेरिकाले अहिलेसम्म युक्रेनलाई कम्तीमा ५०० अर्ब अमेरिकी डलर बराबरको सहायता दिइसकेको छ। ट्रम्पले जेलेन्स्कीलाई तानाशाह पनि भनेका थिए र युद्धका लागि युक्रेनलाई जिम्मेदार ठहर्‍याएका थिए।

युक्रेनसँगको पछिल्लो सम्झौता रुसका विरुद्ध युद्धमा युक्रेनलाई अमेरिकी समर्थनको निरन्तरताका रुपमा लिइएको छ। तर ट्रम्प प्रशासनले यो सम्झौतालाई रुस-युक्रेन युद्धविरामका लागि पहिलो कदमका रुपमा अर्थ्याएको छ।

मंगलबार नै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी भूमिको खनिजमा अमेरिकी स्वामित्वका लागि रुस बाधक नबन्ने बताएका छन्। यी खनिजमध्ये धेरै त रुसले आफ्नो कब्जामा लिइसकेको छ। अमेरिकाको नजर पनि त्यही खनिजहरूमाथि छ। जो यो पृथ्वीकै दुर्लभ मानिन्छन्।

यी खनिजमा त्यस्ता तत्वहरू छन् जो इलेक्ट्रिक कार तथा इलेक्ट्रिक सामानहरूदेखि अत्याधुनिक हातहतियारसम्ममा प्रयोग गर्न सकिन्छ। त्यस्तै यी खनिज पदार्थहरू अरु सैन्य सामग्री र युद्धपोतहरुका लागि पनि प्रयोग हुन्छन्।

रेयर अर्थ मिनरल्सका विश्व बजार अहिले चीनको नियन्त्रणमा छ। चीनको त्यही दबदबालाई चुनौती दिनका लागि ट्रम्प युक्रेनका ती खनिज हत्याउन मरिहत्ते गरिरहेका छन्।

दशकदेखि रेय अर्थ मिनरल्सको उत्खनन्, उत्पादन र यसको प्रशोधनमा चीन विश्वको सबैभन्दा ठूलो देश बनेको छ। विश्वभरि हुने यसको उत्पादनमा लगभग ८० प्रतिशतभन्दा धेरै चीनको हिस्सा छ। प्रशोधन क्षमतामा चीनको हिस्सा ९० प्रतिशतभन्दा धेरै छ। अमेरिका पनि अहिले यो मिनरल्सका लागि चीनमाथि नै निर्भर छ।

रेयर अर्थ मिनरल्सका ३० प्रकारमध्ये २१ भन्डार युक्रेनी भूमिमा छन्। धेरै भन्डारहरू क्रिस्टलाइन शील्डको दक्षिणी भेगमा छन्। जहाँ धेरैजसो भूभागमा रुसको नियन्त्रण छ। युक्रेनी भूमिमा लगभग १.९० करोड टन ग्रेफाइट खनिज छ। यसको प्रयोग इलेक्ट्रिक साधनहरूमा हुन्छ।

यी इलेक्ट्रिक बाहनका लागि प्रयोग हुने ब्याट्रीका लागि नभइनहुने लिथियमका ठूला भन्डारहरू युक्रेनी भूमिमै छन्। पूरै युरोपभरि जति पनि लिथियमको खानी छन् त्यसको एक तिहाइ हिस्सा युक्रेनी भूमिमै छ।

रुससँग युद्ध सुरु हुनुअघि युक्रेनले विश्वको सात प्रतिशत टाइटेनियम उत्पादन गर्थ्यो। जसको प्रयोग विमानहरूदेखि पावर स्टेशनहरूको निर्माणमा पनि हुने गर्छ।

युद्धपछि लगभग ३५० अर्ब डलरभन्दा धेरैको खनिजमा रुसको कब्जा छ।

रयर अर्थ मिनरल्स भनेको के हो?

रसायन विज्ञानका करिब १७ विभिन्न तत्वहरूको सामूहिक नाम ‘रेयर अर्थ’ हो। जसको प्रयोग आधुनिक प्रविधिहरू र उद्योगहरूमा हुन्छ।

लगभग सबैजसो स्मार्टफोनहरू, कम्प्यूटर, मेडिकल उपकरणहरूलगायत कैयौं प्रविधिका लागि यी रसायनहरू अत्यावश्यक हुन्छन्।

रेयर अर्थ मिनरल्समा स्केनडियम, वाईट्रियम, लेन्थनम, सेरियम, प्रेसिडोनियम, नियोडाइमियम, प्रोमेथियम, सैमेरियम, यूरोपियम, गैडोलिनियम, टर्बियम, डायसप्रोसियम, होलमियम, एरबियम, थुलियम तथा ल्युटेटियमलगायतका रसायनिक तत्वहरू हुन्छन्।

यी खनिजलाई ‘रेयर’ दुर्लभ यसकारण भनिएको हो कि शुद्ध रुपमा यी रसायन पाउन निकै मुश्किल छ। विश्वका केही जमिनमुनि मात्रै यी रसायन पाइन्छन्। बिबिसीकाे सहयाेगमा

Previous Post

स्थापना दिवससको अवसरमा सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाईं

Next Post

मानिसको लागि बर्ड फ्लू कति खतरनाक छ ? यी लक्षणहरू पहिला देखिन्छन्

सम्बन्धित खबर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

१२ असार २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक शनिबार

१२ असार २०८३,
एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
Load More
Next Post
मानिसको लागि बर्ड फ्लू कति खतरनाक छ ? यी लक्षणहरू पहिला देखिन्छन्

मानिसको लागि बर्ड फ्लू कति खतरनाक छ ? यी लक्षणहरू पहिला देखिन्छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In