• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरबासले जोगाउँदै मगर संस्कृति

by
६ फाल्गुन २०८१,
0
घरबासले जोगाउँदै मगर संस्कृति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ।हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् ।

“पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उनले अनुभव सुनाउँदै भनिन्, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्दिनन्। त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पहिचान झल्काउँछिन् ।

“सेल रोटी पेटभरि

खाउँ है !

रैथाने चामलले बनाएको ।

केही हानि गर्दैन ।”

सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्छिन् । नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुगेका थिए । पुग्नुको प्रसङ्ग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो ।

उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भनिन्, “घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो ।”

सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो ।

लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्नसक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिएका थिए । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा तीन सय १० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन् ।

“लमजुङ घरबासले धानेको जिल्ला हो । यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्”, मन्त्री गुरुङले भने, “घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पुर्याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ ।”

मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यासायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरो बताए। सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उनले जानकारी दिए।

आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायिक रहेको हेमबहादुरले अनुभव सुनाए । मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृङ्खलाका दृश्यहरू हुन् । पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन् ।

Previous Post

नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय

Next Post

वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण

सम्बन्धित खबर

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास
आर्थिक

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

३ बैशाख २०८३,
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

३ बैशाख २०८३,
भारतमा महिला आरक्षण विधेयक बहसमा
अन्तर्राष्ट्रिय

भारतमा महिला आरक्षण विधेयक बहसमा

३ बैशाख २०८३,
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
अन्तर्राष्ट्रिय

पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

३ बैशाख २०८३,
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
आर्थिक

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

३ बैशाख २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

३ बैशाख २०८३,
Load More
Next Post
वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण

वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In