• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

    खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

    वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दाउन्ने डाँडामा आजदेखि मदारबाबा मेला

by
५ फाल्गुन २०८१,
0
दाउन्ने डाँडामा आजदेखि मदारबाबा मेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु  : हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला सुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा सुरु भएको मेला यही फागुन १४ गतेसम्म सञ्चालन हुने छ।​

मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन आएका छन्। गत शुक्रबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीड लागेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। ​

पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूहरूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ताअघिदेखि ठूलो मेला लाग्ने गर्छ। महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। मेला व्यवस्थित गर्न मेला क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाइएको  अध्यक्ष गिरीले जानकारी दिए।

‘मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो। विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बी सबैको आगमन हुने गरेको छ”, उहाँले भन्नुभयो, ‘यो स्थानको प्रवेशद्वार नवलपरासी बर्दघाट सुस्तापश्चिमको सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तपूर्व) को विनयी त्रिवेणी गाउँपालिका मदारी डाँडामा रहेको छ। मदारीडाँडा पैदल यात्रामार्फत पुग्न सकिन्छ।’

मेलामा महलबारी मस्जिदका मठाधिस अमिरुल्लाह अन्सारी परम्परादेखि मदारी डाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए। ‘गत वर्ष पनि १० लाख भक्तजनले मेला अवलोकन गरेका थिए, यस वर्ष पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको छ’, अध्यक्ष शाहले भने।

मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा पनि तपस्या गरेको इतिहास पाइन्छ। यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सूचना जारी गर्दै मेला लाग्ने क्षेत्र वरपर मदिरा बिक्रीमा रोक लगाएको छ। विगतका वर्षहरूमा मदिरा सेवनकै कारण विभिन्न घटना भएकाले यस वर्ष मेला अवधिभर मदिरा बिक्री नगर्न÷नगराउन सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए।

उनले भने, ‘मेलाको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको विपद् उद्धार टोली, मध्यवर्तीलगायत सुरक्षा संयन्त्र तैनाथ रहने छन्।’

Previous Post

फरार अभियुक्तलाई पक्राउ गर्न माग

Next Post

केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै कालोमोसो

सम्बन्धित खबर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता
समाचार

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

१३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ बैशाख २०८३,
खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
आर्थिक

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

१३ बैशाख २०८३,
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
समाचार

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

१३ बैशाख २०८३,
Load More
Next Post
केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै कालोमोसो

केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै कालोमोसो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In