• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिजन राईलाई मर्न बाध्य बनाएको आरोपमा एक महिला प्रहरीको नियन्त्रणमा,गम्भिर आरोप

by
५ फाल्गुन २०८१,
0
सिजन राईलाई मर्न बाध्य बनाएको आरोपमा एक महिला प्रहरीको नियन्त्रणमा,गम्भिर आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा न.६ छितापोखरी सेम्माका ३१ वर्षीय सिजन राईलाई मर्न बाध्य पारेको आरोपमा जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले एक महिलालाई भक्तपुरस्थित टिकाथलीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा टिकाथलीस्थित घर भएकी अनुमानित ३४\३५ वर्षीय नानु राई रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनलाई गत शुक्रबार नियन्त्रणमा लिइएको हो । अहिले आरोपित नानुराईमाथि पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रहरीको नियन्त्रणमा परेकी राई सोही वडाकी एक विवाहित महिला हुन् । उनी युके आउने जाने र काठमाडौँमा नै बस्दै आएकी थिइन् । पीडितका परिवारले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले अभियुक्तलाई खोजतलास गर्न प्रहरी टोलीलाई काठमाडौं पठाएको सुचना पाएपछि उनी जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएको प्रहरीले जनाइएको छ ।

मृतक राईको परिवारका एक सदस्यले गत माघ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ (दिक्तेल)मा मृतक राई सिजनले लेखेको सुसाईड नोटका आधारमा आत्महत्या गर्न बाध्य बनाएको भन्दै निष्पक्ष छानबिनका लागि जाहेरी दिएका थिए ।

मृतक राईले आत्माहत्या गर्नु अघि लेखेको नोटमा प्रहरी नियन्त्रणमा रहेकी नानु राईले वैदेशिक रोजगारीमा युके पठाइदिने भन्दै २५ लाख रुपैँया लिएको र अब सात लाख फिर्ता गर्न बाँकी, नेपाली पासपोर्ट र भारतीय पासपोर्ट प्रयोग गरिरहेको, र आफूलाई घरको सिसा पुच्छे काममा दिनरात लगाउने गरेको,रातमा राम्ररी सुत्न समेत नदिएको ,काममा गर्न मात्र टर्चर दिने र भक्तपुरबाट घरसम्म जान नदिने गरेको सुसाईड नोटमा उल्लेख गरिएको स्रोतले जनाएको छ ।

सोही कारणले आफू मर्न बाध्य भएको नोटमा उल्लेख गरिएको जनाइएको छ । मृतक राईले बैँकमार्फत २५ लाख आरोपित राईलाई पैसा पठाएको र ६ महिनादेखि पैसा फिर्ता माग्दा पनि पुरै पैसा फिर्ता नगरेको र युके पनि नपठाएको पीडित परिवारका एक सदस्यले बताए । प्रहरीमा उजुरी पर्ना साथ जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान अगाडी बढाएको थियो । सो विषयमा अनुसन्धानका विभिन्न निकायले अनुसन्धान गरेर फैसला गर्ने छन । अनुसन्धानलाई सहयोग गर्न सबैले सहयोग गर्नुपर्छ । नागरिक समाज,प्रहरी प्रशासन , अदालत र राजनीतिज्ञहरुले शक्ति, सत्ता र पावरका आधारमा पीडितलाई अन्यायमा पारेर पीडकलाई न्याय दिनुहुँदैन् । सन्तुलित न्यायको सिद्धान्त अनुसार कानुनी उपचारमा सबैले ध्यान दिनु महत्वपूर्ण हुन्छ । प्रहरीले सुसाइड नोट र बरामद भएको मोबाइल समेत परिक्षणका लागि विधीविज्ञान प्रयोगशाला काठमाडौं पठाइसकेको छ ।

प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित नानु राइले सामाजिक संचाल फेसबुकमा यस्तो लेखेकी थिइन्:

मृतक राई मर्नुभन्दा अगाडी निकै लामो समयदेखि काठमाडौँतिर नै बस्दै आएका थिए । मृतक राई विवाहका लागि आफ्नो घर खोटाङ गएका थिए । तर मृतक राईले विवाहको मिति नजिकि रहेको बेला सबैकुरा उज्यालो देखेनन् ।

माघ ११ गते मध्याह्न १२ बजेबाट गाउँतिर जान्छु भनि हिँडेपछि सम्पर्कविहीन बनेका राई माघ १२ गते बिहान ९ बजेको समयतिरघर देखी अनुमानित ५०० मिटर उतर पर्ने चैते उजुल सामुदायिक बनमा अंगेरीको रुखमा मखलरको पासो लगाइ झुण्डिएको मृत्यु भएको अवस्थामा छिमेकिले फेला पारेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालय छितापोखरीलाई स्थानीयले जानकारी गराएपछि प्र।स।नि।टेक बहादुर बि.क.को कमाण्डमा टोलि खटि गई घटनास्थल सुरक्षित राखेको थियो । त्यसपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागी इलाका प्रहरी कार्यालय खोटाङबजार बाट प्र.नि.मोहन कुमार बोहराको कमाण्डमा टोलिले घटनाको स्थलगत निरिक्षण गरेको थियो ।

निरिक्षण सकेर शव परिक्षणका लागि इन्द्रेणि आधारभुत अस्पताल खोटाङबजार पठाइएको थियो । मृतक राईका बुबा देवराज राईले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खोटाङ बजारमा उजुरी दिएका थिए भने सुसाइड नोटका आधारमा आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान गर्नका लागि पनि बुबा देउराज राईले जिल्ला प्रहरी कार्यालय खोटाङ (दिक्तेल)मा जाहेरी दिएका थिए । अहिले सो विषयमा जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान गरिरहेको छ ।

सुसाइड नाेट छाेडेर विवाहको सिजनमा नै किन रोजे सिजन राईले मृत्यू ?

खोटाङमा हात्माहत्याका घटनाहरु बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या न्युनीकरणका लागि जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा सचेतनामुलक कार्यक्रमहरु सँचालन गरिरहेको छ । मरेर समस्या समाधान नहुने र परिवार,समाज र देशलाई नै ठूलो क्षेत्ति पुग्ने भएकाले नागरिकहरुले स्वयम सचेत हुन जरुरी छ । कसैले कोहीमाथि विभिन्न किसिमका धाक धम्की,बलात्कार , दुरुत्साहन, कुटपिट गरेमा र आफूलाई असुरक्षित महसुस भए नजिकैको प्रहरी चौकी, नागरिक समाज, स्थानीय जनप्रतिनिध र सबैभन्दा पहिले आफ्नो घरपरिवारलाई जानकारी गराउनु आवश्यक हुन्छ ।

रिसमा एक किसिमको केमिकल उत्पादन हुन्छ सो कारण त्यो विषमा पैदा हुने र छिनभरमा अनेक घटना घट्न सक्ने भएकाले रिस उठेमा पानी पिउने, सामाजिक संचालमा रमाईला कुराकानी हेर्ने,समाचार पढ्ने, साथिभाई,छरछिमेकीसँग राम्ररी कुराकानी गर्ने बानीको विकास गर्नु उत्तम हुन्छ ।

समाजमा पनि कसैको मृत्यु भएमा कतिपय मानिसहरुले उल्टै मृतकका परिवारलाई प्रेरणा दिनुको सट्टा उल्टै अरुलाई दुरुत्साहन गर्ने गतिविधि बढिरहेको छ । त्यस्तो कार्यले समाजमा नकरात्मक असर पु¥याउँछ । त्यसैले कसैको दुःखमा ताली बजाउनुभन्दा पीडितको आलो घाउमा मलम लगाउने चरित्रको विकास गर्न आवश्यक छ ।

यस्ता घटनाका समाचारहरु समाजमा आगामी दिनमा त्यस्ता किसिमका घटनाहरु हुन नदिन र समाजको चेतनाको स्तरमाथि उकास्नका लागि लेखिएका हुन्छन् । पीडितको निष्पक्ष छानबिनका लागि सबैलाई सचेत गराएको हुन्छ । तर समाजमा घटेका सत्य घटनाका बारेमा समाचार नै लेखेको भरमा पत्रकारमाथि राजनीतिक दबाब, धाक धम्की दिदैँ र परिवारमाथि दुरुत्साहन गर्ने किसिमका अभिव्यक्तिहरु समेत सामाजिक संजाल फेसबुक लगायत अन्य माध्यमबाट छरपस्ट पारिएका छन् ।

संजालको दुरुपयोग गरेर समाजमा द्वन्द्व निम्त्याउने, अशान्ति फैलाउने गरेका गतिविधीलाई न्युनीकरण गर्न सरकारले चाँडो सामाजिक संजाल नियमनलाई प्रभावकारिताका साथ संसदबाट पारित गरी वास्तविक रुपमा प्रयोगमा ल्याउन आवश्य देखिन्छ ।

Previous Post

सौर्य ऊर्जा विकासका लागि कार्यविधि संशोधन

Next Post

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In