काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
आज सुन तोलामा ४ सयले बढेर तोलाको एक लाख ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस अघि विहिबार सुन तोलाको एक लाख ६९ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।












