• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गहुँमा उत्पादन अनुसारको अनुदान

by
१ फाल्गुन २०८१,
0
गहुँमा उत्पादन अनुसारको अनुदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भजनी (कैलाली)। कैलालीको जानकी गाउँपालिका–४ का शेरबहादुर थारुले गत वर्ष १० कट्टा जग्गामा २० क्वीन्टल गहुँ उत्पादन गरे । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि खेतीमा निकै मिहिनेत गरेका उनले यसवर्ष त्यही जग्गामा २५ क्वीन्टल उत्पादन गर्ने लक्ष्य लिएका छन् । गतवर्ष शेरबहादुरले उत्पादनका आधारमा छ हजार ४०० अनुदान पाएको थियो ।

“कुनै झन्झट छैन, गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिनुहुन्छ, खेतमै पुगेर गहुँको तौल गरेर उत्पादनका आधारमा खातामा पैसा आउँछ”, उनी भन्छन्, “यसले किसानलाई मेहनेती बनाएको छ, उत्पादनमा पनि प्रतिस्पर्धा बढाएको छ ।”

सोही वडाका सन्तलाल कठरिया पनि गाउँपालिकाको कृषि अनुदानबाट निकै प्रभावित भएका छन् । गाउँपालिकाले उपलब्ध गराएको अनुदान रकमले खेतीका लागि आवश्यक मलखाद खरिद गर्न पुगेको उनी बताउँछन् । किसानलाई उत्पादनमा आधारित अनुदानले प्रोत्साहित गरेको उनको बुझाइ छ ।

“अनुदान पाउन कति कठिन छ त्यो सबैलाई थाहा भएको कुरा हो, सामान्य व्यक्ति सायद सरकारले वितरण गर्ने अनुदानको पहुँचमा पुग्न सकेको छैन”, उनले भने, “यहाँ न कसैको शक्ति लाग्,। न पहुँचमा नै हुनुपर्छ, उत्पादन भयो भने अनुदान रकम खातामा आउँछ ।”

किसान मोतीलाल चौधरीले गत वर्ष दुई बिघा पाँच कट्टामा गहुँखेती गरे । उक्त जग्गामा मोतीलालले ९० क्वीन्टल गहुँ उत्पादन गरे । उत्पादनका आधारमा उनले गाउँपालिकाबाट ४१ हजार अनुदान प्राप्त गरेको बताए । “गत वर्षभन्दा यस वर्ष बढी मेहनत गरेर तीन बिघामा गहुँखेती गरेको छु, अनुदान पनि बढ्ने छ”, उनले भने, “पाएको अनुदानले बीउ र मलखादका लागि पुग्छ ।”

यस्तै किसान सविता कठरियाले चार बिघा क्षेत्रफलमा गहुँखेती गरेका छन् । उनी उत्पादनका आधारमा अनुदान पाउनेभन्दा पनि गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिँदा बढी खुसी छन् । उनले अनुदानका साथमा प्राविधिक सहयोग पनि पाइरहेका छन् ।

“हामी गाउँपालिकाको कामबाट निकै उत्साहित छौँ, बालीमा रोग लाग्दा समयमा उपचार पाएका छौँ, उत्पादन राम्रो हुँदा नगद अनुदान पाएका छौँ”, उनले भने, “गहुँ जस्तै अन्य बालीमा पनि अनुदान दिन सक्यो भने कृषि प्रति अझै आकर्षण बढ्दै जाने देखिन्छ ।”

गत वर्ष गाउँपालिकाले ६५ किसानलाई झण्डै नौ लाख अनुदान दिएको थियो । अनुदानका लागि ७२ जनाले आवेदन दिएका थिए । यस वर्ष त्यो सङ्ख्या बढेर २०५ पुगेको कृषि शाखा प्रमुख लालविर चौधरी बताउँछन् । उनका अनुसार किसानले खेती गरेको जग्गाको क्षेत्रफल नापजाँच गरेर बाली काटेपछि उत्पादनका आधारमा अनुदान रकम वितरण गर्ने गरिँदै आएको छ ।

“गाउँपालिकाबाट प्राविधिकलाई किसानको खेतमै खटाएर त्यसको लागत ल्याउने काम गर्छौं, त्यसैका आधारमा किसानलाई अनुदान रकम दिने गरेका छौँ”, उनी भन्छन्, “किसान यसबाट उत्साहित भएको हामीले पाएका छौँ, फेरि वास्तविक किसानले अनुदान पाएका छन् ।” यसवर्ष गाउँपालिकाले अनुदानका लागि १४ लाख बजेट विनियोजन गरेको छ ।

उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गर्न गाउँपालिकाले कार्यविधि नै ल्याएको छ । कार्यविधिअनुसार अहिले गहुँ बालीमा दिइँदै आएको अनुदान अन्य बालीमा पनि विस्तार गर्दै लैजाने गाउँपालिकाको तयारी छ । “बीउ तथा मलखाद वितरण गरेर त्यसबाट कसले कति उत्पादन गर्न सक्यो त्यसको लेखाजोखा नहुने भएपछि नयाँ तरिका अपनाएका हौं”, गाउँपालिका अध्यक्ष गणेश चौधरीले भने, “यसले किसानलाई उत्पादनसँग जोडेको छ भने किसान आफै उत्पादनका लागि प्रतिस्पर्धी बन्नुभएको छ ।” उनका अनुसार किसानले खेतीमा राम्रो मेहनत गर्दै आएका छन् ।

गाउँपालिकाले कृषि जस्तै शिक्षामा पनि नतिजाको आधारमा विद्यालयलाई अनुदान दिन थालेको छ । कक्षा ५, ८ र १० का विद्यार्थीको वार्षिक परिक्षाको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेसँगै विद्यालयबीचमा पनि प्रतिस्पर्धा हुन थालेको छ । यो कार्यक्रमले शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

Previous Post

वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय

Next Post

काठमाडौँ विश्वको तेस्रो सबैभन्दा प्रदूषित सहर बन्यो, वायु गुणस्तर खतरनाक स्तरमा

सम्बन्धित खबर

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
Load More
Next Post
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

काठमाडौँ विश्वको तेस्रो सबैभन्दा प्रदूषित सहर बन्यो, वायु गुणस्तर खतरनाक स्तरमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In