• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

by
२६ माघ २०८१,
0
कृत्रिम जलाशय निर्माण गरी सिँचाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । केही वर्ष अघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै सिँचाइ सुविधाका लागि कृत्रिम जलाशय निर्माण गरेपछि हरियाली खेतबारी हरियाली हुन थालेको हो ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म ४३ वटा जलाशय निर्माण भइसकेका छन् ।

घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीनमा ठूलो कृत्रिम जलाशय निर्माण गरिएको छ । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको पाँच लाख गरी जम्मा एक करोडमा उक्त जलाशय निर्माण गरिएको हो ।

एक बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय निर्माण गर्नु पूर्व सानो खोल्साका रुपमा रहेको सो सिमसार क्षेत्र हाल विशाल जलाशय बनेको छ ।
जलाशयबाट सिँचाइको व्यवस्था गरेपछि सो क्षेत्रमा पानीको समस्या हटेको स्थानीयको भनाइ छ । पानीको सुविधा भएपछि तीन वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरेको स्थानीय रिता चौधरीले बताइन् ।

श्रीमानको मृत्यु पछि आम्दानीको स्रोत नभएकी उनलाई हिजोआज जीविका चलाउन समस्या छैन । मासिक १० देखि १५ हजार तरकारी बिक्रीबाट आम्दानी लिने गरेको उनले बताइन् ।

‘जमिन र समयको सदुपयोग भएको छ, आम्दानी पनि भएको छ’, उनले भनिन्, ‘जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी गरिरहेकी छु ।’

कर्जाहीन आसपासका ९५ बिघाभन्दा धेरै जमिनमा जलाशयको पानीमार्फत सिँचाइ पुगेको छ । घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमा क्षेत्र सुर्के डाँगीमा (चेपे ताल)मा तीन वर्षअघि सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको थियो । उक्त जलाशय निर्माणपश्चात् खेती गर्न सहज भएको स्थानीय जुगानी चौधरीको भनाइ छ ।

‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन । जलाशय बनेपछि व्यावसायिक तरकारी खेती सुरु गरेँ’, उनले भनिन्, ‘तरकारी बिक्री गरेर मासिक १५ देखि २० हजार आम्दानी गरिरहेकी छु ।’

जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले भने, ‘जलाशय ठूलो छ, पानी पनि प्रशस्त छ । सिँचाइ गरेर स्थानीयले आम्दानी गरेका छन् ।’ दुई बाली खेती हुने जमिनमा अहिले तीन बाली खेती हुन थालेको छ । पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको वासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए ।

नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण प्रभावकारी बनेको घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरी बताउछन् । उनले नगरमा पानीका स्रोत बचाउन पानी सङ्कलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको बताए । ‘पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्न कृत्रिम जलाशय निर्माण गरेका हौँ’, उनले भने, ‘जलाशयले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षा छ ।’

Previous Post

संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्तावका लागि समिति गठन

Next Post

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

सम्बन्धित खबर

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
आवाज

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

३ चैत्र २०८२,
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो
आवाज

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

३ चैत्र २०८२,
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
Load More
Next Post
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In