• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिउँ हराएको हिउँद

by
२४ माघ २०८१,
0
हिउँ हराएको हिउँद

SONY DSC

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माथि माथि हिमाली भेगमा, हिउँ पर्‍यो फुरुरु, हिउँ पर्‍यो फुरुरु,

प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु,

हा..हा..हा..मन रुन्छ धुरुरु..

बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ। हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन्।

हिमाली भेगैमा हिउँ पर्‍यो  फुरुरु।।।राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ। यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन्। हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे।

यस वर्ष पुस सकियो। माघ पनि सकिनै लाग्यो तर हिउँ पर्ने छाँटकाँट देखिएन। यी गीतका टुक्कामा बनेका टिकटक भिडियो आउन छाडे। हिउँ पर्दो हो त अचेल धेरै मान्छे हिउँसँग खेल्थे, अनि हिउँसँगै खेल्दै रमाएका भिडियोहरूबाट अरुले पनि आनन्द लिन्थे !

यसपटक हिउँदमा हिउँ हराएको छ। यी गीतका भावहरु पनि हाम्रा भावी पुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ। गत वर्षहरु झैँ यस वर्ष पनि हिउँ खेल्न जाने समय कुरिरहेका काठमाडौँको लाजिम्पाटका शैलेश पाण्डेलाई पनि यस्तै चिन्ता छ। ‘मलाई हिउँ खुब मन पर्छ। हिउँ पर्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो, खेल्न पाइन्छ भनेर’, उनी भन्छन्, ‘कहिले चन्द्रगिरि डाँडा, कहिले फुलचोकी, कहिले शिवपुरीको डाँडामा जान्थ्यौँ। ती दिनको खुब याद आउँछ तर यो वर्ष त हिउँ कहिले पर्ला भनेर कुरिरहनु परेको छ।’

यो वर्ष हिउँ पर्नेबित्तिकै हिउँ खेल्न जाने योजनामा हुनुहुन्छ, भक्तपुर लोकन्थलीका अमित तिमल्सेना पनि। ‘हामी कलेज पढ्दा त पुस लाग्नासाथ हिउँ पथ्र्यो। साथीभाइ मिलेर हिउँ खेल्न जान्थ्यौँ। बर्सेनि हिउँ खेल्न गइन्थ्यो। यो वर्ष त पर्दै परेन।’

धादिङ घर भई कोटेश्वर बस्दै आएकी कल्पना तामाङलाई पनि हिउँले आकर्षित गर्छ। ‘हिउँ चाहिँ कसलाई मन नपर्ला र रु हिउँ पर्दा पर्दै त्यससँग खेल्दाको आनन्द बेग्लै तर के गर्नु यस वर्ष त हिउँ देख्नै पाइएन। ’, उन दुःअ मनाउ गरिन।

माथि उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन्। उहाँहरू जस्तै धेरै यस वर्ष हिउँ कहिले पर्ला रु भनेर पर्खिरहेका छन् भने उपत्यकाका डाँडाहरु हिउँले डाकेको हेर्न र तिनै हिउँसँग खेलेर आनन्द लिन चाहने धेरै चिन्तित पनि छन्।

चन्द्रागिरिको डाँडामा भालेश्वर मन्दिर छ। मन्दिरका मूल पुजारी हुन्, विदुर न्यौपाने। गत वर्षतिर हिउँसँगै रमाएर बनाइएका उनन टिकटकहरु खुब ‘भाइरल’ हुन्थे तर यस वर्ष हालसम्म त्यो अवसर आएको छैन। ‘यसवर्ष हिउँ परे पो देखिनु। खै  हालसम्म हिउँ पर्ने छनक नै छैन’, उनल भने।

चन्द्रागिरि हिल्स लिमिटेडका बजार प्रवर्द्धक तथा बिक्री प्रमुख प्रभाकर खड्काले हिउँ खेल्न मात्रै दैनिक २० हजारको हराहारीमा पर्यटक चन्द्रागिरि आउने गरेको स्मरण गरे।  ‘चन्द्रागिरिमा हिउँ खेल्न आउनेहरुको सङ्ख्या बाक्लो हुन्थ्यो। गत वर्ष केबलकार चढ्नेको भीड त्यस्तै थियो, आठ हजारको हाराहारीमा त हिँडेरै चन्द्रागिरि पुग्नुभयो,’ उनले थपे, ‘हिउँ खेल्नकै लागि चन्द्रागिरि आउने पर्यटनको सङ्ख्या धेरै हुन्थ्यो तर यस वर्ष त हिउँ नै परेको छैन। पर्यो‍ भने त पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्थ्यो नि।’

उपत्यका नजिकको हिउँ पर्ने सुन्दर क्षेत्र चन्द्रगिरि यो पटक सेताम्मे बन्न पाएकै छैन। हिउँ परेपछि चन्द्रागिरि जाने भन्दै उपत्यकावासीको प्रतीक्षाको समय कति लामो जाने हो अझै अनिश्चित छ। चन्द्रगिरि नगरपालिका प्रमुख घनश्याम गिरी हाल र ५० वर्षअघि हिउँ पर्ने अवस्थामा देखिएको अन्तरले चिन्तत बनाएको बताछन्। ‘पहिलापहिला त असोजदेखि नै जाडो लाग्थ्यो। हिउँले डाँडा नै सेताम्मे हुन्थे। जतासुकै हिउँ हुन्थ्यो। आजभोलि यही कुरा नयाँ पुस्तालाई भन्यो भने पत्याउँदैनन्। हिउँ नै देख्न नपाइने भइयो। चिसो पनि पहिलाभन्दा हराउँदै गएको छ’, उनले भने।

पहिलापहिला पुस लाग्नेबित्तिकै पर्ने हिउँ अहिले फागुन लागिसक्दा पनि नपर्दा केही वर्षपछि हिउँ नै नपर्ने हो कि भन्ने चिन्ता छ नगरप्रमुख गिरीलाई। ‘पहिला त बाहिर राखेको पानी नै जम्थ्यो नि ! हामी स्कुल जाँदा खोल्साखोल्सीको पानी जमेर प्लेटजस्तो बन्थ्यो। त्यतिबेला जमेको पानी खेल्दा खुब रमाइलो लाग्थ्यो’, उहाँ स्मरण गर्नुहुन्छ, ‘रूखका पातहरु हिउँले भरिएर केही देखिँदैनथ्यो। अहिले त यी सब कुरा सपना झैँ लाग्छन्।’

चन्द्रागिरिमा मात्रै होइन, हिउँले टलक्क टल्कने हिमालहरु पनि नटल्कँदा आश्चर्यचकित बनाउँछ गिरिलाई। उनी भन्छन्, ‘अन्नपूर्ण हिमाल बाक्लो हिउँले ढाकेर सेतै देखिन्थ्यो, टलक्क टल्किन्थ्यो। अहिले त कालो देखिन थाल्यो। काठमाडौँमा पुस महिनादेखि हुस्सु लाग्दा वरपरको मानिस पनि देख्न मुस्किल हुन्थ्यो। अचेल पहिलेजस्तो तुसारो पनि लाग्दैन। हुस्सु पनि त्यति देखिँदैन। पहिला धेरै चिसो हुन्थ्यो। अहिले त चिसोको पनि खासै अनुभव हुन छाड्यो।’

दोलखा जिल्लास्थित कालीञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीलाई पनि आजभोलिको हिउँदमा कालीञ्चोक हिउँविहीन बन्दा अनौठो लागेको छ। ‘पहिला पहिला यस्तो बाक्लो हिउँ पथ्र्यो कि, यहाँ चार महिनासम्म नै हिउँ रहन्थ्यो। कालीञ्चोक सेताम्मे हुन्थ्यो,’ उनी भन्छन्, ‘पछिल्लो समय हिउँ नै हराउँदै गयो। पछिपछि त यहाँका मानिसले हिउँ नै देख्न नपाउलान् कि भन्ने चिन्ता पो छ।’

यस वर्ष हिउँ नपर्दा आन्तरिक पर्यटकहरु पनि घटेको उनले बताएश्लेर ‘पछिल्लो समय हिउँ खेल्नका लागि काठमाडौँदेखि नै मानिसहरु आउँदा लाखको हाराहारीमा पर्यटन हुन्थे। यसपटक त हिउँ नपर्दा आन्तरिक पर्यटन नै कम आए’, अध्यक्ष सिवाकोटीले भने।  जलवायु परिवर्तनका कारण हिउँ नपर्ने समस्या मात्रै होइन पछिल्लो समय कालीञ्चोकमा सुन्तलाखेती नै हुन छोडेको उनको भनाइ छ।

गोदावारी नगरपालिका–३ का वडाध्यक्ष सानुराज घिमिरेले आजभोलि फुलचोकी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ज्यादै न्यून रहेको बताए। ‘फुलचोकी पहिला हिउँले सेताम्मे हुन्थ्यो। त्यो हेर्न पनि धेरै मानिस आउँथे। आजभोलि त यहाँ हिउँ नै पर्दैन। हिउँ परे पो पर्यटक आउँथे होलान्। हिउँ नै परेन भने पर्यटन विकासमा समेत असर पर्दो रहेछ।’ घिमिरेले जलवायु परितर्वनका कारण हिउँ पर्न छाडेको र यसले कृषिमा असर गर्ने, पानीको मुहान सुक्ने र  पर्यटकीय विकासमा ह्रास आउनेजस्ता समस्या उत्पन्न हुँदै गएका भन्दै जलवायुले स्थानीयस्तरमा पारेका यस्ता समस्याबारे सरकारले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न आग्रह गरे।

अन्तरराष्ट्रिय सहयोगको अपेक्षा

सरकारले आगामी जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणासहित यतिबेला तयारीमा जुटेको छ। पर्वतीय मुलुकहरुले सामना गरिरहेको जलवायु परिवर्तनका सङ्कट समाधानका लागि संवादमा पनि अन्तरराष्ट्रिय समुदायलाई घच्घचाउने बताउछन् वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकाल।

‘जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्बन उत्सर्जन गराउन नेपालको नगन्य भूमिका छ तर अन्तरराष्ट्रिय समुदायले गरेको औद्योगिक विकाससँगै कार्बन उत्सर्जन बढेको र यसले गराएको जलवायु परिवर्तनको असर हामीले भोगेका छौँ। नखाएको विष लाग्यो,’ उनी भन्छन्, ‘अहिले नै हिमालमा हिउँ छैन। हाम्रा हिमाली क्षेत्रमा हिउँ पर्न छाड्यो। यस्ता जलवायु सङ्कटका उदाहरण दिएर अन्तरराष्ट्रिय सहयोगका लागि आग्रह गर्छौं। पर्वतीय क्षेत्रमा जलवायुले पारेको प्रभाव न्यूनीकरणका लागि सहकार्य बढाउने छौँ।’

 ढकालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अन्तरसरकारी समूह आइपिसिसी) को छैटौँ प्रतिवेदनले जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम पहाडी क्षेत्र, त्यसमा पनि हिमाली क्षेत्र र अझै नेपालका पर्वतीय क्षेत्रहरुमा रहेको देखाएकाले जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो। जलवायुले हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि अन्तरराष्ट्रिय जलवायु वित्त सहयोग आवश्यक पर्ने भन्दै जलवायु वित्त बढाउन नेपालले पैरवी गरिरहेको उहाँको भनाइ छ।

न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटक हिमाली क्षेत्रका केही भागमा मात्रै हिमपात भएको र हिउँद सुक्खा हुँदा अन्य क्षेत्रमा हिउँ पर्न सकेको छैन। वर्षा हुन नसक्दा हिउँदमा हिउँ नपरेको विभागले जनाएको छ।

यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण भएको बताउनुहुन्छ, विभागका महानिर्देशक कमलराम जोशी। विभागले गत मङ्सिर १५ गतेदेखि आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ।

विभागको प्रक्षेपणले अधिकतमसँगै न्यूनतम् तापक्रम पनि औसतभन्दा धेरै हुने समेत देखाएको छ। प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा रहँदा र प्रिमनसुनको सुरुआती अवधिसम्म लानिना रहँदा यस वर्षको हिउँदमा कम पानी पर्ने बताउनुहुन्छ, विभागकी प्रवक्ता विभूति पोखरेल। हिउँदको जनवरी–फेब्रुअरीमा अझ सुक्खा बढ्ने विभागले प्रक्षेपण गरेको छ। विभागका अनुसार हिउँदयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी सुक्खाको सम्भावना रहेको छ।

यसैगरी विभागलेगत गत मङ्सिरमा सार्वजनिक गरेको हावापानी आकलनअनुसार सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीको अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो। गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेशको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदरभन्दा कम पानी पर्ने विभागको आकलन छ । आगामी १६ फागुनसम्मको अवधिलाई हिउँद मान्दा यस पटकको हिउँद सुक्खा हुँदा हिउँदे खडेरी पर्ने सम्भवना देखिएको छ।

तापमान बढ्दा हिउँ घट्ने खतरा 

जलवायु परिवर्तनका कारण विश्वको तापमान बढ्दा हिमालका हिउँ पग्लने र विस्तारै हिउँ पर्न छाड्ने खतरा बढ्नसक्ने बताउनुहुन्छ जलवायुविद् मञ्जित ढकाल। ‘तापमान बढ्दा हिमालको हिउँ पग्लने खतरा बढ्छ। अन्तरराष्ट्रिय मञ्चहरुमा समेत हामीले पर्वत जोगाउने विषयमा केन्द्रित रही हिमालका मुद्दा उठाएका छौँ,’ उनले भने, ‘जलवायुजन्य जोखिमबाट हिमाल र हिउँ जोगाउन यी मुद्दाहरुलाई निरन्तर रुपमा उठाउनुपर्छ।’

विभिन्न अध्ययनहरूले विश्वव्यापी रुपमा नै जलवायुजन्य सङ्कटको चाप बढिरहेको देखाएका छन्। विश्व मौसम विज्ञान सङ्गठन ९डब्लुएमओ० द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ। सन् २०२४ को गत जनवरीदेखि सेप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्ति अघिभन्दा १।५४ ९ं०।१३० सेल्सियसले बढी भएको देखाएको छ।

सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १।४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १।३ डिग्री सेल्सियस मानव सिर्जित रुपमा तापमान वृद्धि भएको समेत अध्ययनले देखाएको छ। समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको भन्दै डब्लुएमओले प्रेस विज्ञप्ति नै जारी गरेको छ। सङ्गठनले २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता गरेको छ।

एलनिनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ। सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४।७७ मिमी बढेको छ। यसैगरी, २०२३ मा ग्लेसियरले १।२ मिटर पानी बराबरको बरफ कम भएको र यो १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना रहेको प्रतिवेदनमा उल्लेख छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ। इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ।

अबको आवश्यकता : जलवायु अनुकूलन

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती समुन्द्री सतहको तापक्रममा आएको परिवर्तन तथा त्यसका कारण कम वर्षा र कम हिमपात भएको भन्दै अब जलवायु अनुकूलनलाई प्राथमिकता दिनुपर्ने बताछन्। ‘हिउँद सकिन लाग्दा पनि यस वर्ष यस अवधिमा नौ दशमलव दुई प्रतिशत मात्रै वर्षा भएको छ जबकि ६० प्रतिशत हारहारीमा वर्षा हुनुपथ्र्यो’, उनले भने, ‘जलवायु परिवर्तनका कारण समुन्द्री सतहमा तापक्रम वृद्धि भई कम वर्षा र कम हिमपात भएको हो। अब समस्याको समाधानका उपाय खोज्न र अनुकूलनलाई प्राथमिकता दिन आवश्यक छ।’

हिमपात कम हुँदा पानीको स्रोत कम हुने भन्दै सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिने, वन्यजन्तुलाई पानी उपलब्ध गराउनका लागि ठाउँठाउँमा पोखरी निर्माण गर्नेजस्ता कार्यलाई प्राथमिकता दिनुपर्नेमा उप्रेतीको जोड छ।

Previous Post

कस्तो रहला आजको मौसम ?

Next Post

अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

सम्बन्धित खबर

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
Load More
Next Post
अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In