• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

१२ गाउँका युवाको कपाल झर्दा अचम्म, बिहेका कार्यक्रम रद्द गरिए !

by
२२ माघ २०८१,
0
१२ गाउँका युवाको कपाल झर्दा अचम्म, बिहेका कार्यक्रम रद्द गरिए !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– एकाएक कपाल झर्नु अचम्मको घटना होइन, व्यक्ति विशेषका लागि। तर, गाउँभरीका युवाको मात्र होइन, १२ वटा गाउँका युवाको कपाल झर्नु भनेकोचाहिँ अचम्मित घटना हो।

भारतको महाराष्ट्र राज्यको बुलढाणा जिल्लाका १२ वटा गाउँका मानिसहरू आम रूपमा कपाल झरेको घटनाबाट छक्क परेका छन्।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार ज्यानुअरी २०२५ यता मात्रै २०० भन्दा बढी मानिसहरूले अनपेक्षित रूपमा एकदमै छिट्टै आफ्नो कपाल झरेको भन्दै त्यसबारे जानकारी गराएका छन्। कपाल झर्नेमा चार वर्षका बालकहरू पनि रहेका छन्।

केहीको त कपाल सबै झरेको छ। यो क्रमले गर्दा उनीहरू धेरै चिन्तित छन् र अत्तालिएका केहीले भारतको स्वास्थ्य अधिकारीहरूलाई यसका कारणहरू अनुसन्धान गर्न अनुरोध गरेका छन्।

शेगावँ तालुकास्थित पहुरजिरा गाउँका आनन्द (परिवर्तित नाम)को पनि कपाल झरेको छ। उनको कपाल सन् २०२४ को डिसेम्बर ३१ तारिखमा झर्न सुरु गरेको थियो। त्यति बेला उनी हजामकहाँ गए र पूरै कपाल खौरिए। त्यसपछि उनको कपाल बढ्यो तर फेरि कपाल झर्ने क्रम निरन्तर चल्यो।

यस्तो रहस्यमय अवस्था हुनुअघि उनको टाउको एकदमै चिलाउँथ्यो र त्यसपछि असाध्यै छिटो उनको कपाल झथ्र्यो। केही मानिसले आफ्नो कपाल पुनः बढाउन सकेका छन् तर के कारण यस्तो भएको भन्ने कुरा अझै अज्ञात नै छ।

अहिले भारतमा वैकल्पिक चिकित्सासम्बन्धी मन्त्रालय ’आयुष’ले लक्षण देखिएका बिरामीलाई होमियोप्याथिक औषधिहरू उपलब्ध गराइरहेको छ।

यो प्रक्रियाको सम्भावित कारण पत्ता लगाउन सरकार, विज्ञ र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले अनुसन्धान सुरु गरेको छ।

भोपाल, चेन्नाई, पुने र दिल्लीका टोलीमा रहेका आईसीएमआरका वैज्ञानिकहरूले प्रभावित गाउँहरूको भ्रमण गरेर कपाल झरेका मानिसहरूको कपाल, नङ, रगत, पिसाब र स्थानीय पानीको स्रोत सङ्कलन गरेका छन्। यी नमुनाहरूको अकोलास्थित सरकारी मेडिकल कलेजले विश्लेषण गरेको थियो।

उक्त कलेजकी डीन डाक्टर मिनाक्षी गज्बिएले भनिन्, ‘बायोप्सी र रगतको परीक्षण हेर्दा यो फङ्गल सङ्क्रमणले भएको होइन भन्ने सङ्केत गर्छ।

त्यसमाथि, यसलाई कुनै विशेष रोग भनेर वर्गीकरण गर्न मिल्दैन। तर यसको यकिन कारण के हो भनेर पत्ता लगाउन अनुसन्धान जारी छ। नुहाउन कस्ता सामाग्री प्रयोग गरिएको छ भन्नेदेखि पानीको स्रोतसम्मको अध्ययन गरिँदै छ।’

मेडिकल कलेजका टोलीले गाउँको पनि भ्रमण गरेको छ।

बुलढाणा जिल्लाका स्वास्थ्य अधिकारी डाक्टर अमोल गीतेले बीबीसी न्यूज मराठीसँग भने, ‘यसलाई फङ्गल सङ्क्रमण भन्न सकिँदैन किनभने फङ्गल सङ्क्रमणमा सामान्यतया तीव्र गतिमा कपाल झर्छ।’

यो अवस्थाका कारण केही प्रभावित गाउँहरूमा मानिसहरूमाथि भेदभावसमेत भएको छ।

केही युवायुवतीहरू यसबारे अगाडि आएर बोल्न डराएको बीबीसीले जनाएको छ।

विवाहका लागि बोलाइएका भेटघाटका कार्यक्रम रद्द गरिएको छ। कपाल झरेकाहरूलाई सामाजिक क्रियाकलापहरूबाट बहिष्कार गरिएको छ। केही विद्यार्थीहरूले विद्यालय र कलेजमा आफूहरूलाई जिस्काइएको भन्दै गुनासो गरेका छन्।

स्थानीयवासी ५५ वर्षे पार्वती (परिवर्तित नाम)ले भनिन्, ‘मेरो छोराको कपाल सबै झ¥यो। मेरो छोरा गाउँका कसैको अगाडि देखा पर्दैन।’

त्यसै गरी ६० वर्षीया कावेरी ढलोकरले आफ्नो कपाल कुनै बेला कम्मरसम्म लामो रहेको बताइन्। तर अहिले भने उनको टाउकोमा कपाल झरेको ठाउँमा तालु देखिन्छ।

‘सुरुमा, थोरै कपाल झ¥यो’, उनले भनिन्,‘त्यसपछि मैले काँइयोले कोरेँ र धेरै कपाल झ¥यो। जब नुहाएँ, अझ धेरै झ¥यो। यति धेरै कपाल झर्दा एकदमै नराम्रो लाग्छ।’

अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्सेस (एआईआईएमएस), दिल्लीका छाला रोग विशेषज्ञ डाक्टर सोमेश गुप्ताले कपाल झरेको क्षेत्रको भ्रमण गरेका छन्। कपाल झरेको कुरालाई लिएर चिन्तित बनेका त्यहाँका मानिसहरूलाई उनले आश्वस्त पार्ने कोसिस गरे अनि त्यो अवस्था सङ्क्रामक नै हो भनेर सोधे।

उनले भने, ‘सुरुमा कपाल झरेकाहरूको कपाल फेरि बढ्न सुरु भयो। मलाई यो समस्या लामो समयसम्म रहन्छजस्तो लाग्दैन। फेरि बढिरहेको कपाल पनि राम्रो छ।’

उनले थपे, ‘यो भाइरस सङ्क्रमण भएको जस्तो पनि देखिँदैन। यो धेरै सङ्क्रामक भएजस्तो पनि देखिँदैन।’

आइसीएमआर न्याश्नल एआईडीएस रिसर्च इन्स्टिट्यूटकी विज्ञ डाक्टर शीला गोडबोदेले भनिन्, ‘कपाल झर्ने समस्या भएकाहरूले श्याम्पू र तेल प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। उनीहरूले काइँयो पनि आफ्नै प्रयोग गर्नुपर्छ। मानिसहरू आत्तिनुपर्दैन।’

कोभिडको विश्वव्यापी महामारीजस्तै अवस्थाका बेला उच्च तनावमा रहेका मानिसहरूले अस्थायी रूपमा कपाल झरेको अनुभव गरेको पाइएको थियो। तर अहिले एक्कासि बुलढाणामा देखिएको जस्तो स्थानीय प्रकोपकै रूपमा कपाल झरेको स्थिति भने यसअघि देखिएको थिएन।

यस्तो अवस्थामा खास गरी दूषित वातावरण कारणको सूचीमा पहिलो स्थानमा हुन्छ। अधिकारीहरूले पानीका स्रोतहरूको परीक्षण र अन्य वातावरणीय कारणहरूको जाँचसहित विभिन्न उपायहरू अपनाएका छन्।

प्रभावित गाउँहरूका जमिनमुनिको पानीको पनि नमुना लिएर विश्लेषण गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय पानी स्रोतहरूको पानी पिउनयोग्य र सुरक्षित रहेको सुनिश्चित गर्न क्लोरीन हाल्न सल्लाह दिएको छ।

(यो सामग्री बीबीसी नेपाली न्यूज र बीबीसी मराठीको सहयोगमा तयार पारिएको हो।)

Previous Post

विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’

Next Post

निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान मन्त्री प्रदीप पौडेल

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान मन्त्री प्रदीप पौडेल

निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान मन्त्री प्रदीप पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In