काठमाडौँ– जर्मनी सरकारको आर्थिक सहयोग रहेको सहोदवा स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा स्वास्थ्य सेवा लिन आउनेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यो सेन्टरम हिलाहरूलाई मातृ र नवजात शिशु स्वास्थ्य सेवा प्रदान गर्न ८ जुलाई २०२० मा स्थापना गरिएको थियो। सहोदवा बासबरिया गाउँपालिकाको सबैभन्दा सघन जनसङ्ख्या भएको वडा हो जसमा प्रति वर्ष १०० भन्दा बढी जीवित जन्मिने अनुमान गरिएको छ।

वरपरका समुदायका महिलाहरु पनि मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा लिन आउने भएकाले उपचार गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । यस सेन्टरमा सबै सेवाहरू निःशुल्क छन्। बर्थिङ सेन्टरलाई वन हार्ट वल्र्डवाइडद्वारा मासिक सिमुलेशनमा आधारित तालिम प्रदान गरेर यहाँ कार्यरत नर्सिङ स्टाफहरूको ज्ञान, सीप र हेरचाह अभ्यास बढाउन पनि काम गरिरहेको छ।
यो तालिमले सीमित पहुँच भएका ग्रामीण क्षेत्रमा मातृ र नवजात शिशु स्वास्थ्य सेवा सुधार गर्न र प्रसुतिको समयमा शिशु र आमाहरूको लागि जोखिम कम गर्न धेरै उपयोगी रहेको छ ।
सहोदवामा रहेको बर्थिङ सेन्टरलाई जर्मनी बाहेक स्वास्थ्य मन्त्रालय र मिसेरिओले पनि आर्थिक सहयोग गरेको छ।













