• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः सभापति देउवा (पूर्णपाठ)

by
१८ माघ २०८१,
0
संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः सभापति देउवा (पूर्णपाठ)

बैठकमा धारणा राख्दै सभापति देउवा काठमाडौँ, १८ माघः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दलीय आधारमा सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताएका छन्।

शुक्रवारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको र दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकतानुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्ने बताए।

उनले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने बताए। उनले लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहे पनि आर्थिक अवस्था सुदृढ हुन नसकेको बताए। देशको आर्थिक अवस्था उकास्न जरुरी रहेको बताए।

देउवाले भने‚ ‘दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकतानुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्छ। संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनु हुँदैन। राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्छ। हामी लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौँ तर आर्थिक अवस्था सुदृढ हुन सकेको छैन।’

सभापति देउवाले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन भएको उल्लेख गर्दै कानून निर्माणको थलो संसद् भएको बताए।

संसद्मा यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,

वि.सं. २०७९ को आम निर्वाचन पश्चातको संघीय संसदको पाँचौ अधिवेशन आह्वान भई प्रतिनिधि सभाको यो बैठक प्रारम्भ भएको छ । प्रजातन्त्र प्राप्तिको झण्डै ७५ वर्षको अवधिमा हामीले धेरै राजनीतिक आरोह-अवरोहको अनुभव गरेका छौ ।

शहीदहरुको बलीदान र कैयौँ सपुतहरुको त्यागले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । म सबैभन्दा पहिले लोकतन्त्रका लागि जीवन आहुती दिने सबै ज्ञात अज्ञात प्रातः स्मरणीय शहीदहरूको बलिदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण चाहन्छु ।

लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गर्ने सबै अग्रज नेताहरू प्रति सम्मान व्यक्त गर्न चाहन्छु र लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने सबैलाई सम्मानपूर्वक प्रशंसा गर्न चाहन्छु । संसदको यो अधिवेशनमा माननीय सदस्यज्यूहरूलाई स्वागत गर्दछु । संसदको यो अधिवेशन देश र जनताका पक्षमा काम गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

सभामुख महोदय,

संसदको हिउँदे अधिवेशन कानून निर्माण गर्ने अधिवेशनका रुपमा लिईन्छ । पहिले देखिका धेरै विधेयक संसदमा विचाराधिन छन्। सरकारले नयाँ विधेयक पनि सदनमा प्रस्तुत गर्दैछ । लोकतन्त्रमा विधिको शासन हुनुपर्दछ । हाम्रा प्रत्येक काम कारबाही कानूनबाट निर्देशित हुनु पर्दछ । संविधानको कार्यान्वयनको लागि होस् वा अन्य काम गर्नका लागि आवश्यक कानून सदनले नै बनाउने हो । तसर्थ संसदमा विचाराधिन सबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु ।

सभामुख महोदय,

वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको छ। विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन गरिएको हो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सात बुँदे सहमति भएर सरकार गठन भएको हो । हामी दुबै दलका साथै अन्य राजनीतिक दलहरूको पनि सरकारमा सहभागिता र समर्थन रहेको छ । नेपाली कांग्रेस र (एमाले) बीचको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरूको पनि निरन्तर सहयोग रहने छ भन्ने मैले विश्वास गरेको छु ।

सभामुख महोदय,

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण र यसै व्यवस्थाका माध्यमले मुलुकमा दिगो शान्ति स्थापना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति गर्ने, देशको अर्थतन्त्रलाई चलायमान बनाउदै आर्थिक प्रगति गर्ने, विकास निर्माणलाई तिब्र गति दिने र देशको आर्थिक अवस्थालाई सुदृढ गर्दै सम्बृद्धि प्राप्त गर्ने यो सरकारको मुख्य ध्येय हो । सरकार यस मार्गमा सकारात्मक रुपले काम गरिरहेको छ र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु । कुनै पनि सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय प्रयाप्त होइन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् यसले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु ।

सम्माननीय सभामुख महोदय,

मुलुकको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता र सुदृण अर्थतन्त्र आवश्यक हुन्छ । हामी लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौं तर आर्थिक अवस्था सुदृढ हुन सकेको छैन । परिणामस्वरुप विकास वा संवृद्धिको यात्रा चाहना अनुसार अगाडी बढ्न सकेको छैन । हाम्रो देशको आर्थिक अवस्था उकास्न जरुरी छ ।

हालै सरकारले व्यवसायिक वातावरण प्रवर्द्धन गर्न देश भित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ। यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास गरेको छु । सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले कानून बनाएको छ । यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भुमिहिन सुकुम्बासी एवम् अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्नेछ ।

यी कानुनहरुले आर्थिक क्षेत्रमा क्रियाशील नीजि क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु। ती अध्यादेशहरू सम्मानित सदनबाट स्वीकृत हुने छन्। पछि पेश हुने प्रतिस्थापन विधेयकमा आवश्यक भए थप परिमार्जन गरी पारित गर्न म आग्रह गर्दछु । साथै यी कानून कार्यान्वयन गर्न यथासक्य चाँडो आवश्यक नियम बनाउन सरकारलाई आग्रह गर्दछु ।

सभामुख महोदय,

संसदमा कानून निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको छ। संसदमा संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक विचाराधिन छन् । मैले अघि नै भनी सके लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन हो । कानून निर्माणको थलो संसद नै हो । तसर्थ हामीले आवश्यक कानून बनाउन ढिलाई गर्नु हुदैन । म यस विषयमा माननीय संसदहरूको गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्न ‘चाहन्छु । । संविधानको कार्यान्वयनसँग सम्बन्धित र नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विधेयकहरु पनि सरकारले चाँडै संसदमा पेश गरोस भन्ने आग्रह गर्दछु ।

सभामुख महोदय,

वर्तमान संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको छ । दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखा परेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकता अनुसार संविधान संशोधन वा परिमार्जन गर्नु पर्दछ। संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ। संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनु हुदैन । राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नु पर्दछ। यस बारेमा हामीले छलफल प्रारम्भ गरी सकेका छौं । हामीले अन्य राजनीतिक दलहरूसँग पनि सम्बाद, सहमति र सहकार्यका साथ अगाडी बढ्नु पर्दछ ।

सभामुख महोदय,

लोकतान्त्रिक पद्धति संसारको उत्कृष्ट शासन व्यवस्था हो । लोकतन्त्रको कुनै अर्को विकल्प हुन सक्दैन, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो। यसै राजनीतिक प्रणालीले नै राष्ट्रलाई समुन्नत बनाउन सक्दछ । तसर्थ लोकतन्त्रको विकल्प खोज्ने होइन बरू यसलाई थप सुदृढ बनाउदै नारिककको जीवनसँग जोड्नु पर्दछ। हामीले अवलम्वन गरेको शासकीय प्रणालीमा लोकतन्त्रका सबै गुण विद्यमान छन। संसारको कमै देशमा भएको समानुपातिक प्रतिनिधित्व, समावेसी प्रणाली हामीले अपनाएका छौं । नागरिकका सबै मौलिक हक सुरक्षित गरिएका छन । हामि राजनितिक रुपले अधिकार समपन्न भएका छौं । अब आर्थिक रुपले पनि सवल हुनु पर्दछ ।

लोकतन्त्र अनुशासनको पद्धति पनि हो । लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्नु हुदैन । लोकतन्त्रको विशाल स्वतन्त्रताको छहारीमुनी सभ्य, शिक्षित र सुसंस्कृत समाज निर्माण गर्नु पर्दछ ।

समाभुख महोदय,

अन्तमा फेरी एक पटक यो अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।
धन्यवाद,
जय नेपाल !

Previous Post

प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

Next Post

काँग्रेसमा विरासत बोकेका तीन नेता शशांक, प्रकाशमान र विमलेन्द्रको ‘लञ्च मिटिङ’ !

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
काँग्रेसमा विरासत बोकेका तीन नेता शशांक, प्रकाशमान र विमलेन्द्रको ‘लञ्च मिटिङ’ !

काँग्रेसमा विरासत बोकेका तीन नेता शशांक, प्रकाशमान र विमलेन्द्रको ‘लञ्च मिटिङ’ !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In