• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

by
१८ माघ २०८१,
0
प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँ ठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु ।

कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।

गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ ।

सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिक रुपमा ऐतिहासिक थलो पनि हो । नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा पनि सिक्लेसलाई लिइन्छ ।

तत्कालीन समयमा सशस्त्र आन्दोलनरत नेपाल कम्युनष्टि पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस पुगेका थिए ।

त्यस लगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको यो स्थानमा केही समयअघि शान्ति स्मारकको अनावरण गरिएको थियो ।

पर्यटन राजधानी पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरीमा रहेको यो ठाउँ समुन्द्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा छ ।

केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेपछि सिक्लेसमा घरबास र होटेलहरूको सङ्ख्या बढ्न थालेको छ ।

प्रकृति र संस्कृतिको धनी सिक्लेसमा स्थानीयको न्यानो आतिथ्यताले पर्यटकलाई लोभ्याउने गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको यो गाउँ मादी गाउँपालिकाको वडा नं १ मा पर्दछ ।

सिक्लेस प्रवेश गर्दा तातो चिया र मकै भटमासले स्वागत गर्ने यहाँको चलन छ । बेलुका होटेल तथा घरबास सञ्चालकले मीठो परिकारको स्वाद चखाउँछन् ।

त्यसैगरी, टीका र फूलले बिदाइ गर्ने परम्परा छ । सिक्लेसमा एक पटक आउने पर्यटक दोहोर्‍याएर आउने गरेको साजन इन्द्रेणी गेष्ट हाउसका सञ्चालक लिलिमाया गुरुङको अनुभव छ ।

गुरुङ गाउँका रुपमा आफ्नै विशिष्ट मौलिकता बोकेको सिक्लेस प्रकृति र संस्कृतिका जीवन्त पक्ष हेर्ने बुझ्ने थलो पनि भएको उनको भनाइ छ ।

पछिल्लो दश वर्षदेखि सिक्लेसमा होटल सञ्चालन गरिरहेकी उनले सुरुमा घरबासस ‘होमस्टे’ सुरु गरेकी थिइन् । हाल सिक्लेसमा २८ वटा होटल तथा ३६ वटा घरबासले पर्यटकलाई सेवा दिइरहेका छन् ।

सिक्लेसमा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले सञ्चालन गरिरहेको इको म्युजियम र यहाँ बनाइका कोइबोहरू अनुसन्धानकर्ताका लागि गन्तव्य बन्दै गएको मादी गाउँपालिका–१ का वडा अध्यक्ष देवी जङ्ग गुरुङले बताए ।

इको म्युजियममा विशेषतः सांस्कृतिक सम्पदा र परम्पराका साथै गुरुङ समुदायको जीवनशैली (अन्य जातीय अल्पसङ्ख्यकहरूसहित) आदिलाई जीवन्त रुपमा चित्रण गर्ने गरी सामग्री राखिएका छन् ।

विशेषतः गुरुङ समुदायको रहनसहनलाई सङ्ग्रहालयमा देखाउने प्रयास गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

गुरुङ सभ्यताको विशिष्ट स्थलका रुपमा विकसित सङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि उपयोगी बन्दै गएको छ ।

सङ्ग्रहालयमा गुरुङ संस्कृतिका साथै पर्यावरणीय अध्ययन तथा सिक्लेस क्षेत्रमा पाइने विभिन्न जडीबुटी राखिएको छ ।

सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने जडीबुटीहरू कुट्को, कुरिलो, सतुवा, विष, नीलो विष, जटामसी, सिल्टिमुर, पाँचऔँले, यार्सागुम्बाबारे जानकारी एवम् अवलोकन गर्न सकिन्छ ।

साथै गुरुङ संस्कृतिका वेशभूषा, संस्कृतिका साथै रहनसहनका हरेक पक्षलाई जीवन्त चित्रण गर्ने किसिमका सामग्री प्रदर्शनमा राखिएको छ ।

सङ्ग्रहालयमा गुरुङ समुदायको मौलिक पोसाक राखिएको छ । साथै पर्यटकहरू उक्त पोसाकमा सजिएर तस्बिर खिच्ने गरेका छन् । सङ्ग्रहालय प्रवेश गर्ने बित्तिकै गुरुङ धर्मगुरु पत्यु, ल्हेउरी र बन्पोलमको प्रतिमा देख्न सकिन्छ ।

वि.सं २०७१ देखि सञ्चालनमा आएको सङ्ग्रहालय यहाँ पर्यटकको ‘बलेट लिस्ट’मा छुटाउने नहुने गन्तव्य भएको सङ्ग्रहालय व्यवस्थापन उपसमितिका सचिव कृष्टी गुरुङको भनाइ छ ।

चालु आर्थिक वर्षको छ महिनामा एक हजार ७०० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । सङ्ग्रहालयमा प्रवेश शुल्कबापत नेपाली सर्वसाधारणका लागि ५०, विद्यार्थीका लागि ३० र विदेशी पर्यटकका लागि एक सय ५० निर्धारण गरिएको छ ।

पर्यटकको सुरक्षाका लागि विभिन्न ६४ स्थानमा सिसिटिभी जडान गरिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सिक्लेसलाई सांस्कृतिक ग्रामका रुपमा विकास गर्ने गरी व्यवस्थित सिँढी, बाटो, सडक बत्तीको व्यवस्था पनि भइसकेको छ ।

स्थानीय स्तरमा सञ्चालित सिक्लेस हाइड्रोपावरबाट २०० किलोवाट विद्युत् नियमित आपूर्ति भइरहेको छ । सिक्लेसमा सङ्ग्रहालयसँगै शान्ति स्मारक, सिक्लेस पार्क पनि निर्माण गरिएको छ । यहाँबाट देखिने विभिन्न हिमालको दृश्यावलोकन पर्यटक आकर्षित गर्ने माध्यम हुन् ।

Previous Post

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दूग्ध उद्योग

Next Post

संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः सभापति देउवा (पूर्णपाठ)

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः सभापति देउवा (पूर्णपाठ)

संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः सभापति देउवा (पूर्णपाठ)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In