• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दूग्ध उद्योग

by
१८ माघ २०८१,
0
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दूग्ध उद्योग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो ।

सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।

नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउछन् । उनले भने, ‘चितवन मिल्क नभएको भए तपाईँले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।’

केही वर्ष अघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ ।

त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रयोग हुने गरेको छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुनेमध्ये ३३ प्रतिशत दुग्ध विकास संस्थानसहित व्यावसायिक उद्योगहरूमा प्रशोधन गरेर बजारमा पठाइन्छ भने बाँकी स्थानीय डेरी पसलले प्रशोधन नगरी बजारमा पठाउने गरेका छन् ।

वैशाखदेखि असोजसम्म दूधको उत्पादन कम हुने गर्दछ । यो समयमा अरू बेलाको तुलनामा ४० प्रतिशतसम्म दूध कम हुने आँकडा छ । बढी उत्पादन भएको बेला दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ ।

नेपालमा चितवन मिल्कसहित पोखराको सुजल, भक्तपुरको शिवपुरी, विराटनगरको सूर्योदय र सगरमाथासँगै बागमती प्रदेशको हेटौँडा डेरीले दूधको धुलो बनाउने गरेका छन् । क्षमताको हिसाबले चितवन मिल्कले सबैभन्दा बढी प्रशोधन गर्ने गरेको नेपाल डेरी उद्योग सङ्घले जनाएको छ ।

मङ्सिर र पुस महिनामा दैनिक दुई लाख ५० हजार लिटर दूध प्रशोधन हुने गरेकामा माघ लागेपछि सबै उद्योगले गरी दैनिक दुई लाख लिटर दूध प्रशोधन हुँदै आएको छ ।

चितवन मिल्कले भने दैनिक ८० हजार लिटर दूध प्रशोधन गर्दै आएको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ भने २४ घण्टा सञ्चालन गर्दा दुई लाख लिटर दूध प्रशोधन हुन्छ ।

उपकरणमा केही खराबी देखिएकाले अहिले एक सिफ्टमा ८० हजार लिटर मात्रै प्रशोधन गरिँदै आएको उनले जानकारी दिए । प्रबन्धक पराजुलीले भने, ‘हामीले यो बेला प्रशोधन नगर्ने हो भने किसानले मिल्क होलिडे बेहोर्नु पर्छ ।’

हाल सो उद्योगमा देशैभरबाट दूध आउने गरेको छ । १२ वटा सहकारी संस्था र करिब ५० वटा निजी डेरीले यहाँ दूध पठाउने गरेका छन् । वि.सं २०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गरिरहेको प्रबन्धक पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्रतिलिटर पाउडर दूधको एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । वि.सं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भए पनि पुनः सञ्चालनमा आएको थियो ।

Previous Post

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

Next Post

प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

१७ असार २०८३,
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
फिचर-ब्यानर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

१७ असार २०८३,
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आवाज

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

१७ असार २०८३,
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
Load More
Next Post
प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In