• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु

by
१५ माघ २०८१,
0
दार्चुलामा उकु महलको उत्खननसँगै अनुसन्धान सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला। मालिकार्जुन गाउँपालिका–७ उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान सुरु गरिएको छ । पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष हिरासिंह धामीको अध्यक्षतामा कार्यक्रम गर्दै पुरातत्व विभागको टोलीले उत्खनन कार्य थालनी गरेको छ । लामो समयदेखि संरक्षण र पुनर्निर्माणको पर्खाइमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ ।

उकु महलको सम्भावनाबारे उत्खनन गर्न पुरातत्व विभागका पुरातत्व अधिकृत हरि भुसाल, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र पुरातत्व विभागकै अधिकृत राकेश परिवारले कामको थालनी गरेका छन् । उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृति पर्यटनको ठूलो सम्भावना बोकेको पुरात्व अधिकृत उप्रेती बताउँछन् । महलको भग्नावशेषमा अहिले पनि शिलालेखमा लेखिएका चट्टान स्पष्ट देख्न सकिन्छ । चट्टानमा शिलालेख लेखिएको र ढुङ्गा कोरेर आकर्षक मूर्ति बनाएका भेटिएका छन् ।

गत वर्ष पनि केही काम भएको थियो । यस वर्ष थप एक महिना काम गर्नेगरी पुरातत्व विभागको टोली आएको भुसालले जानकारी दिए । आगामी फागुन ११ गतेसम्म उत्खनन र अनुसन्धान गर्नेगरी विभागको टोली पुगेको छ । उकु भग्नावशेष वरिपरि, मन्दिर क्षेत्र, घर खेत सबैतिरका चट्टानसमेत सङ्कलन गर्ने काम भइरहेको छ । अहिले पनि भग्नावशेष क्षेत्रका भेटिएका सबै शिलालेख सुरक्षित स्थानमा सार्ने काम भइरहेको भुसालले बताए ।

उनले भने, “सबै प्रकारका अभिलेख सुरक्षित राख्ने काम भइरहेको छ, सुरक्षित तवरले अभिलेख राखेर अनुसन्धान गर्छौं ।” प्रारम्भिक रुपमा हेर्दा थुप्रै शिलालेखहरु भेटिँदै छन् । उकु महलको संरक्षण र अनुसन्धानका लागि पटक पटक ताकेता भएसँगै पुरातत्व विभागले काम थालनी गरेको हो ।

अहिले भइरहेको उत्खनन र अनुसन्धानबारे जिल्ला प्रशासन कार्यालय तथा सरोकारवालाई जानकारी गराउने तयारी भएको भुसालको भनाइ छ । यो अवधिमा उकु भग्नावशेष क्षेत्रमा फोटो खिच्न, भिडियोग्राफी र टिकटक बनाउन पुरातत्व विभागको अनुमति बिना नलिन भनिएको छ ।

“यो ऐतिहासिक अनुसन्धान कार्य गर्दैछौँ”, भुसाल भन्छन्, “यो खोजबाट यहाँको वास्तविकता पत्ता लगाएर संरचना कस्तो बनाउने भन्ने विषयमा निर्णयमा पुगिन्छ, गत वर्ष उत्खननका क्रममा एउटा मन्दिर भेटिएको थियो, प्रारम्भमा हेर्दा यहाँ निकै धेरै शिलालेख भेटिने अवस्था छ, यसको पूरै उत्खनन भएपछि यहाँको सांस्कृति, धार्मिक पर्यटकीय महत्व झनै बढ्छ ।”

स्थानीय सरकारले चासो देखाएसँगै पुरातत्व विभागले काम थालनी गरेको गाउँपालिका अध्यक्ष धामीले बताए । उकुमा भएको भग्नावशेषको अभिलेखीकरण र व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने गरी टोली आएको छ । गत वर्ष सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले समेत उकु महलका बारेमा चासो दिँदै ज्ञापन बुझाएको थियो ।

सबै क्षेत्रको सहयोगमा अहिले उकु महलको उत्खनन र अनुसन्धानसम्म पुगेको अध्यक्ष धामीको भनाइ छ । “हामीले यसको प्रचार–प्रसारमा ल्याउन तथा संरचना निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरेका थियौं”, उनले भने, “यहाँको इतिहासलाई फेरि एक पटक बिताउने प्रयास गरिएको छ ।”

परापूर्वकालको पुरानो दरबारको भग्नावशेषका रुपमा रहेको ठाउँको अध्ययन तथा अन्वेषण र संरक्षणको काम सुरु भएपछि स्थानीय पनि खुसी भएका छन् । स्थानीय धनबहादुर पालले ओझेलमा परेको उकु महलको काम अघि बढेकामा खुसी व्यक्त गरे । उनले भने, “थोेरै भए पनि संरक्षणका लागि सरकारले ध्यान दिएको छ, यो निरन्तर हुनुपर्छ, महलको उत्खनन र संरक्षण नहुँदा थुप्रै मूर्ति तथा शिलालेख चोरी हुुनाका साथै टुटफुट भएका छन् ।”

उकु महलको भग्नावशेषस्थलमा विभिन्न शिलालेख लेखिएका चट्टान छरिएर रहेका अवस्थामा जीर्ण बन्दै गएका थिए । परापूर्वकालमा कत्युरी राजाको राजधानीका रुपमा यसलाई निर्माण सुरु गरिएको किंवदन्ती छ । कतुडी राजवंशको अन्त्यपश्चात् १२औँ शताब्दीमा पाल राजा भारतको अस्कोट क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको हुनसक्ने इतिहासका जानकारको भनाइ छ ।

हालसम्म पनि उकु, लाली क्षेत्र र उकुसँग सीमा जोडिएको भारतको अस्कोटमा पनि पालको बसोबास रहँदै आएको छ । इतिहासबारे जानकार प्रकाशचन्द्र मिश्र उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेख जम्मा गरेको बताउँछन् । उक्त क्षेत्रमा ऐतिहासिक किल्ला, ढुङ्गामा कुँदिएका विभिन्न भगवान्का मूर्ति देख्न सकिन्छ । अस्कोटको इतिहासअनुसार परापूर्वकालमा अभयपाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएको इतिहास छ ।

मिश्रले भने, “यो ऐतिहासिक महत्वको स्थल हो, यहाँ भेटिने कोटघर, देवस्थल, दरबारका किल्ला र विभिन्न आकृतिका ढुङ्गाले इतिहास र संस्कृति दर्शाइरहेको देखिन्छ ।” दार्चुला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजले पुष्टि गरेको बताइन्छ ।

Previous Post

प्रधानमन्त्री ओलीको दाबी- ‘८४ मंसिरमा मात्रै सत्ता गठबन्धन परिवर्तन, सरकार ८४ सालसम्म टिक्ने’

Next Post

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

नेप्से परिसूचक २४ अङ्कले बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In