• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विदेश छाडेर गाउँमै कृषि पेसमा जोडिँदै युवा

by
६ माघ २०८१,
0
विदेश छाडेर गाउँमै कृषि पेसमा जोडिँदै युवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, ६ माघः यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।

यहाँका युवाहरूले पछिल्लो समय व्यावसायिक रूपमा कृषि पेसाबाट मनग्य आम्दानी गर्दै आएका छन् । विदेशको भोगाइपछि आफ्नो ठाउँमा उद्यमशील बन्ने सोचका साथ व्यवसायमा जोडिएको युवा बताउँछन् ।

विदेशबाट फर्केर टेम्केमैयुङ–५ को शिवकुमार विष्टले व्यावसायिक रूपमा बाख्रापालनसँगै विभिन्न कृषि उद्यम गर्दै आउनुभएको छ । बाख्रापालनसँगै व्यावसायिक रूपमा स्याउखेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । “विभिन्न देशमा गरेर १० वर्ष आफ्नो उर्वर समय बाहिर बिताएँ, अब स्वदेशमा केही गर्ने योजना छ । विदेशमा गर्ने मेहनत यहाँ गर्ने हो भने प्रशस्त आम्दानी हुन्छ”, उहाँले भन्नुभयो ।

स्थानीयर सरकार र सरोकार भएका निकायका तर्फबाट पनि विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएपछि व्यावसायिक रूपमा आवद्ध हुन चाहनेका लागि सहज भएको विष्टले बताउनुभयो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय तहलगायत निकायले विदेशबाट फर्केका युवालाई लक्षित गरेर विभिन्न प्रोत्साहनमूलक, तालिम तथा सीप प्रदान गर्दै आएका छन् ।

पुस्कर विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएको छ । ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जात ५६ वटा बाख्रा पालन गरिरहेको उहाँले जानकारी दिनुभयो । “विदेशबाट फर्केर पाँच वर्षदेखि व्यावासायिक बाख्रापालनमा लागेको छु”, उहाँले भन्नुभयो, “अहिले फार्ममा ५६ वटा खसी, बाख्रा छन् । वार्षिक रु आठ÷दश लाखको कारोबार हुन्छ ।”

बाख्रामा विभिन्न समयमा देखिने रोगका कारण भने समस्या हुने गरेको पुस्करले बताउनुभयो । जाडो याममा बढी मात्रामा बाख्रामा निमोनियाको जोखिम देखिने गरेको उल्लेख गर्दै गाउँमा पशु प्राविधिकको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले किसानको व्यावसायिक योजनाको आधारमा आवश्यक सहयोग गरेमा कृषिमा लाग्ने युवाको सङ्ख्या अझ बढ्ने उहाँको भनाइ थियो । बाख्रापालनको लागि अहिले दश रोपनी क्षेत्रमा घाँस विस्तार गरेको बताउँदै पुस्करले योसँगै व्यावसायिक रूपमा अलैँचीखेती विस्तारसमेत गरिरहको जानकारी दिनुभयो ।

विदेशबाट फर्केर गाउँमा व्यावसायिक बाख्रापालनसँगै किबी, एभोकाडो, ओखर र सुतवाखेती गरिरहनुभएका अर्का युवा एकराज विष्टले विदेश जानुभन्दा गाउँमा व्यवसाय गरेर उदाहरणीय बन्न सकिने बताउनुभयो । “व्यावसायिक बनेर काम गर्न सकियो भने यहाँ प्रशस्त आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा धेरै युवाहरू विदेशबाट फर्केर उद्यममा जोडिएका छन् । यही मेहनत गर्न हो भने वार्षिक रु चार-पाँच लाख कमाउन समस्या छैन ।”

Previous Post

सहज बन्दै मनाङको यात्रा

Next Post

सुप्रिम सहकारी ठगी प्रकरण- रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
सुप्रिम सहकारी ठगी प्रकरण- रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सुप्रिम सहकारी ठगी प्रकरण- रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In