• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

by
१ माघ २०८१,
0
मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबै भन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।

साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा शुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्ला स्थित मगर सङ्घका सचिव खम थापामगरले बताए ।

“माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ”, उनले भने, “प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा शुरु भएको दिनका रूपमा मान्ने गर्दछन् ।”

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको सङ्घका सचिव थापामगरले बताए । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफुल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन् ।

यो पर्व मनाउन शहर, बजार र विदेश बाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन् । अस्ट्रेलिया बाट माघे सङ्क्रान्ति मनाउन परिवार सहित जन्मथलो मङ्गला गाउँपालिका–१ तुसारेपानी आएका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाई सँग भेटघाट हुने अवसर जुुराएको बताए ।

माघे सङ्क्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्ष अघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको स्थानीय बताउँछन् ।

जिल्ला उद्योग वाणिज्य सङ्घका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलाम बाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गर्दथे ।

बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेला कुर्नु पर्दथ्यो । बेनीमा माघे सङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो”, ८० वर्षीय श्रेष्ठले भने, “युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गर्दथे ।”

समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तन सँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा युवाको सक्रियता बढेको उनले बताए ।

हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएको उद्योग वाणिज्य सङ्ले जनाएको छ । सङ्घ अन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष आइतबार देखि बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला शुरु भएको हो ।

परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव यही माघ ८ गते सम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुुविन श्रेष्ठले जानकारी दिए ।

Previous Post

राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना

Next Post

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न माघ ७ गतेसम्म महोत्सव

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न माघ ७ गतेसम्म महोत्सव

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न माघ ७ गतेसम्म महोत्सव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In