• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

by
१ माघ २०८१,
0
देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ। माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । उहाँका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ ।

ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिनुभयो ।

“त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । वैकल्पिक मार्गका रूपमा बेणीमा प्रशस्तमात्रामा डुङ्गाहरूको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

डुङ्गा, र्‍याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्‍याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताउनुभयो । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ ।

पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ ।

तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताउनुभयो ।

“बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ”, निर्देशक बरालले भन्नुभयो, “सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट दुई/दुई वटा उद्धार र्‍याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।”

सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई रु १०, मोटरसाइकल रु २०, कार÷जिप, भ्यान तथा हल्का सवारीलाई रु ५० तथा बस ट्रकसहित भारी सवारीसाधनर्ला रु एक सय निर्धारण गरिएको समितिले जनाएको छ । देवघाट गाउँपालिका– ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले विगतका कमीकमजोरी सच्याउँदै यसपटक मेलालाई व्यवस्थित बनाइएको बताउनुभयो ।

Previous Post

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

Next Post

आज जैविक विविधता दिवस मनाइँदै

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In