• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता

by
२८ पुस २०८१,
0
देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई-फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन्।

वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ। दक्षिण एसियाका सन्दर्भमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक आवश्यकता पनि यससँग जोडिएको छ।

वातावरणीय बहावको कार्यान्वयनका लागि मानव विकास, नदीको प्रयोग वा डाइभर्सन नगरी प्राकृतिक वा पुरानै बहावमा पुनर्स्थापित गर्न आवश्यक छैन, तर यसको सट्टा, खानेपानी, सिँचाइ वा ऊर्जामा मात्र केन्द्रित व्यवस्थापनभन्दा नदी तथा खोलाबाट प्राप्त हुने प्रत्यक्ष वा अप्रत्यक्ष व्यापक लाभको पूर्ति हुने उद्देश्य राखिएको हुन्छ।

जलविद्युत्, सिँचाइ वा खानेपानी आयोजनासँग जोडिएका अधिकांश नदीनालामा खासगरी हिँउद र सुक्खा याममा वातावरणीय बहाव नगण्य वा शून्यमा झर्ने गरेको पाइएको छ। खोलानालाको यस्तो दोहन रोक्दै नदीलाई स्वस्थ राख्न तीनै तहका सरकार र स्थानीय समुदायले गम्भीर हुन आवश्यक रहेकामा विज्ञहरूले जोड दिएका हुन्।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) का अनुसार नेपालमा करिब ६ हजार नदीनाला छन्। तीमध्ये अधिकांश हिमालको हिउँ पग्लिएर बग्ने गरेका छन्। पछिल्लो समयमा नेपालका कैयौँ नदीमा जलविद्युत् आयोजना बनिसकेका छन् भने धेरै नदीमा त्यस्ता आयोजना बन्ने तयारी थालिसकिएको छ। केही ठूला नदीमा सिँचाइ आयोजनासमेत बनिरहेका छन्।

२३ वर्षअघि बनाइएको नेपालको जलविद्युत् नीतिमा हरेक आयोजनाले कम्तीमा १० प्रतिशत वातावरणीय बहाव कायम गर्नुपर्ने व्यवस्था गरिएको छ तर निकै कम नदी आयोजनाले मात्रै वातावरणीय बहाव कायम राख्न कम्तीमा १० प्रतिशत पानी बहन दिने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

जलविद्युत् उत्पादनका लागि नदीको पूरै बहाव सोझ्याएर पानीविहीन बनाइएका विभिन्न नदी खण्डमा माछा र अन्य जलचरमात्र होइन स्थानीय किसान समुदाय सिँचाइ सुविधा पाउनबाट वञ्चित हुनेक्रम बढिरहेको छ।

देशका नदीमा पर्याप्त वातावरणीय बहाव कायम गर्दै नदीको स्वास्थ्य संरक्षण तथा नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली जोगाउन धेरै काम गर्न बाँकी रहेकामा विज्ञहरुले जोड दिएका छन्।

इमी र जलस्रोत तथा सिँचाइ विभागले  हालै राजधानीमा आयोजना गरेको कार्यशालामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सहायक प्राध्यापक दीपनारायण शाहले प्रस्तुत गर्नुभएको अध्ययनमा हाम्रो देशमा सञ्चालित करिब ८० प्रतिशत जलविद्युत् आयोजनाले वातावरणीय बहाव कायम गर्न कम्तीमा १० प्रतिशत नदीको पानी बग्न दिनुपर्ने नियमको पालना नगरेका उल्लेख छ। ‘हामीले हालै ५० वटा जलविद्युत् केन्द्रको अध्ययन गरेका थियौँ। अधिकांशले वातावरणीय बहाव कायम राख्न आवश्यक पानी छोडेका छैनन्।’

इमीको अर्को अध्ययनअनुसार नियम, निर्देशिका र अनुगमनको अभावका कारण वातावरणीय बहावबारे नियमको पालना हुन नसकेको हो। जलविद्युतमा निर्भर देशका तीन हजार मेगावाट क्षमताका करिब एक सय ६० जलविद्युत् केन्द्र निर्माण भइसकेका छन् भने १० हजार मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणाधीन छन्। करिब आठ हजार मेगावाट क्षमताका आयोजना निर्माण गर्न आवश्यक सर्वेक्षण भइरहेको छ।

काठमाडौं विश्वविद्यालयकी सहायक प्राध्यापक रामदेवी तचमो शाहको भनाइमा हरेक नदीको स्वास्थ्य जोगाउन वातावरणीय बहाव कायम राख्ने नियमको पालना हुनुपर्छ। त्यसका लागि जनतालाई सचेत गराउने तथा सरोकारवालाहरूलाई प्रशिक्षण दिन जरुरी छ।

कार्यशालामा सहभागी विज्ञ तथा अधिकारीहरूले जलविद्युत्, सिँचाइ वा खानेपानी आयोजना निर्माण गर्नेक्रममा दिगो हिसाबले हरेक नदीलाई जीवित राख्ने  सुनिश्चित गरेरमात्रै पानीको उपभोग गर्नुपर्नेमा जोड दिए।

उनीहरूका भनाइमा नेपालको संसद्मा विचाराधीन नयाँ जलस्रोत विधेयकमा वातावरणीय बहावको विषयलाई सम्बोधन गरिएमा मुलुकका नदीनालाको दिगो संरक्षण हुन सक्छ।

पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवाली मुलुकका नदीनालासँग जोडिएका आयोजनालाई दिगो बनाउनका लागि तिनको ‘स्थानीयकरण’ गर्नु सर्वोत्तम उपाय हुनेछ। त्यसक्रममा परियोजनाहरु निर्माण गर्नुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकन अर्थात् ईआईए बनाउँदा र यसको कार्यान्वयन गर्दा जतिसक्दो धेरै स्थानीयवासीका चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन्।

Previous Post

पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए

Next Post

इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्धा दायर

सम्बन्धित खबर

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
समाचार

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

३ भदौ २०८३,
Load More
Next Post
इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्धा दायर

इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्धा दायर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In