• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी

by
२६ पुस २०८१,
0
शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ। लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको छैन।

शीतलहरका कारण ११ वर्षको अवधिमा करिब एक सय १६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि २०७९ पुस १३ (११ वर्ष)मा एक सय १६ जानाले ज्यान गुमाएका हुन्।

प्राधिकरणको तथ्यांकानुसार शीतलहरका कारण सबैभन्दा बढी रौतहटमा ६३ जनाले ज्यान गुमाएका छन्। सप्तरीमा १९, महोत्तरीमा १५, सिराहामा ११, धनुषमा चार, बारामा दुई र झापा र नवलपरासीमा एक-एक जना गरी एक सय १६ जनाको मृत्यु भएको छ।

प्राधिकरणको तथ्यांकानुसार २०६८ साल वैशाखदेखि चैतसम्ममा मात्र ६६ जनाको मृत्यु भएको थियो। यसैगरी २०७४ मा ४८ जनाको शीतलहरका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ। विसं २०६८ र २०७४ बाहेक अन्य वर्षमा शीतलहरकै कारण मृत्यु नभए पनि आगो, हिटर ताप्दा भने सर्वसाधरणको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

शीतलहरको जोखिम भएका क्षेत्रमा जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम जस्तै बाक्लो लुगा, कम्बल वितरण प्रभावकारी गर्न नसक्नु, पूर्वतयारीमा राज्यको लगानी न्यून रहनु तथा शीतलहरबाट सर्वसाधरणलाई बचाउन पर्याप्त तयारी नहुँदा कयौँ मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ।

पछिल्लो समय भने शीतलहरकै कारण मृत्यु भए पनि पुष्टि गर्न झन्झटिलो बनेको छ। अब भने कुनै अस्पताललले शीतलहरकै कारण मानिसको मृत्यु भएको हो भन्ने कुरा कुनै अस्पतालको डाक्टरबाट नै पुष्टि हुनुपर्ने बताउँछन्, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराई।

“पछिल्ला वर्षहरूमा शीतलहरका कारण मृत्यु भएको तथ्यांक छैन, अबचाहिँ डाक्टरले नै शीतलहरका कारण मृत्यु भएको हो भनेर पुष्टि गरेमा मात्रै तथ्यांक रहने भयो”, उनले भने, “शीतलहरकै कारण मृत्यु भएको हो भनेर पुष्टि गर्न गाह्रो भएपछि चिकित्सकले नै पुष्टि गर्नुपर्ने व्यवस्था गरिएको हो। नत्र चिसोमा अन्य कारण पनि मृत्यु हुन्छ। निमोनिया, हृदयघात तथा अन्य रोगका कारण पनि मृत्यु हुनसक्छ।”

उनका अनुसार शीतलरमा न्यायो कपडा वितरण गर्नेजस्ता पूर्वतयरीको जिम्मा स्थानीय तहलाइ दिइएको छ। स्थानीय तहकोे क्षमता अभिवृद्धि गर्नुपर्ने भट्टराईको भनाइ छ। तराईमा शीतलहरको अवस्था आएमा सूचना प्रवाह गरिने बताउँछिन्, जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।

यी हुन् प्रभावित जिल्ला

प्राधिकरणका अनुसार बढी प्रभावित जिल्लामा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासीपश्चिम र कपिलवस्तु गरी ११ जिल्ला छन्भने झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्ला भने कम प्रभावितमा पर्छन्।

दाउरा वितरण

वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले उक्त प्रदेशअन्तर्गत आठ जिल्लाका डिभिजनल वन कार्यालयलाई प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि निर्देशन दिइएको जानकारी दिए।

“प्रभावित क्षेत्रमा दाउरा वितरणका लागि आठ जिल्लामा रू १०-१० लाख पठाइएको छ”, उनले भने, “यसबाहेक पनि डिभिजनल वन कार्यालयले आफ्नो तरिकाले दाउरा वितरण गरेको छ। हामीले घरैपिच्छे वितरण गर्दैनौँ, मानिस भेला भएर ताप्नका लागि समूहमा दाउरा वितरण गरिरहेका छौं।”

जलवायुको असर

जलवायुविद् मञ्जित ढकालले जलवायु परिरवर्तनको असरका कारण मौसममा अनियमितता हुने र शीतलहरका असर बढ्नेजस्ता समस्या उत्पन्न हुने बताए। “जलवायु परिवर्तनका कारण तापमान वृद्धि भइरहेको छ, तापमान वृद्धिका कारण गर्मी मात्र बढ्छ भन्ने होइन, चिसोमा धेरै चिसो र तातोमा धेरै गर्मी हुने भन्ने हो”, उनले भने, “शीतलहरका साथै अहिले तराईमा हुस्सुको समस्या पनि बढिरहेको छ । बाक्लो हुस्सु लाग्दा हवाई यातायतमा समस्या देखिएको छ।”

ढकालले जलवायुजन्य जटिल समस्याबाट उत्पन्न हुने विपद् न्यूनीकरण गर्नुपर्ने र जलवायु अनुकूलनका कार्यक्रम कार्यान्वयनलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए।

स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड

शीतलहरजस्ता विपद् व्यवस्थापनका कार्य गर्ने अधिकार स्थानीय तहलाई दिए पनि उनीहरूको क्षमता अभिवृद्धि, पूर्वसूचनामा बेवास्ता, अन्य कार्यलाई बढी प्रथामिकता दिँदा शीतलहरजस्ता विपद् व्यवस्थापनको कार्य प्रभावकारी हुनसकेको छैन। राज्यले पनि कम प्रथामिकतामा राख्दा पूर्वतयारीमा लगानी न्यून रहेको सरोकारवालाको गुनासो छ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले शीतलहर चलेको भन्ने जानकारी राख्ने क्षमता स्थानीय तहलाई नभएकाले उनीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताए। “शीतलहरको अवस्था आउँदैछ भन्ने जानकारी स्थानीय तहलाई हुँदैन, दुई वा सोभन्दा बढी दिनसम्म तराईको तापक्रम १० डिग्रीले तल रहेमा शीतलहर आउँछ। पाँच दिनदेखि तराईमा न्यूनतम सातदेखि १२ डिग्री ससेल्सिस छ”, उनले भने, “तर शीतलहर घोषणा गर्ने अधिकार न त स्थानीय तहलाई हुन्छ न यससम्बन्धी प्राविधिक जानकारी नै।”

उनले अझै तराईमा दुई दिनसम्म हुस्सु लाग्ने र अझै चिसो बढ्ने भन्दै न्यायो कपडा तत्काल बाँड्न सम्बन्धित स्थानीय तहलाई सुझाव दिएका छन्। उप्रेतीले शीतलहरबाट मानवीय क्षति कम गर्न प्रतिकार्य योजना बनाए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए। चिसो तथा शीतलहरबाट कसरी बच्ने भन्ने सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ।

मौसम पूर्वानुमान माहाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगले अहिलेसम्म शीतलहरको अवस्था देखा नपरेको भन्दै शीतलहरको अवस्था आए बुलेटिन प्रकाशन गर्ने बताएका छन्।.

“यदि भिजीबिलिटी दुई दिनसम्म १५ सय मिटरभन्दा कम भयो र अधिकतम् र न्यूनतम तापक्रम पाँच डिग्री सेल्सियसको फरक दुई वा सोभन्दा बढी दिन भएमा शीतलहर घोषणा गर्ने मापदण्ड छ”, उनले भने। उनका अनुसार गत वर्ष शीतलहर भएको थिएन।

दाउरा र हिटर बाल्दा आगलागीको डर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहरका समयमा आगलागीका घटना बढेको भन्दै दाउरा र हिटर प्रयोग गर्दा सतर्कता अपनाउन सचेत गराएको छ।

प्राधिकरणका अनुसार चिसोको समयमा हिटर बालेर सुत्ने, दाउरा तथा कोइला बाल्दा आगलागीका घटना बढ्ने गरेको छ। विपद् व्यवस्थापनविद् डा उप्रेतीले चिसोको समयमा दाउरा तथा कोइला ताप्दा हुने आगलागीका घटना बढिरहेकामा चेतना जगाउन आवश्यक रहेको बताए।

शीतलहरमा स्वास्थ्यमा समस्या

शीतलहरका बेला विषेश सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। जनस्वास्थयविद् डा समिर अधिकारीले अचानक तापक्रम न्यून हुँदा निमोनिया हुने, छालाको समस्या, रूघाखोकी लाग्नेदेखि दीर्घरोगसमेत लाग्ने हुँदा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताए।

“तापक्रम कम भएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ, जसले गर्दा छाला चिलाउने, सुन्निने, रातो हुन्छ। यसका साथै झाडापखाला, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनावसमेत हुन्छ”, उनले भने, “यस समयमा विशेष सतर्कता अपनाएर न्यानो लुगा लगाउनुपर्छ।”

मुटुरोग विशेषज्ञ डा रञ्जित शर्माले बढी चिसो हुँदा सबैभन्दा बढी असर मुटुलाई पर्ने बताए। चिसोमा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली भने खुम्चँदा यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुने उनको भनाइ छ। अनि हाम्रो मुटुले सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयघात र मस्तिष्कघातसमेत हुनसक्छ”, शर्माले भने।

के हो शीतलहर ?

तराईका विभिन्न भागमा विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ। यसरी चिसो बतास (हावा) चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ।

प्रभावित क्षेत्रमा बिहानदेखि बेलुकासम्म हप्तौँ वायुमण्डलको तल्लो सतहलाई बाक्लो हुस्सुले ढाक्नाले घाम नलाग्ने हुँदा तापक्रम ह्वात्तै तल झर्ने हुनाले चिसो बढी हुन्छ। शीतलहर सामान्यतया विशेष मौसम प्रणालीको परिणामका रूपमा देखापर्दा तापक्रम धेरै तल झर्ने अवस्था उत्पन्न हुन्छ। शीतलहरको अवधिमा तापमान सामान्यभन्दा धेरै कम हुन्छ। जसकारण दैनिक जीवनमा विभिन्न समस्या र असुविधा उत्पन्न हुनसक्छ।

शीतलहरबाट जोगिने उपाय

शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरूरी छ। यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ।

न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ। यसैगरी शीतलहरका विषयमा स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ। स्थानीय तथा प्रदेश तहसँग समन्वय बढाउन आवश्यक छ।

के छ सरकारको योजना

सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन, २०७७ मा हिमपात, चिसो तथा शीतलहरबाट बच्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सामग्री तयार गरी प्रचारप्रसार गर्ने, विद्यार्थीलाई कक्षा दिने उल्लेख छ।

“शरीरको न्यानो बचाउ अभियान प्रचार गर्ने, उपलब्ध साधन स्रोतको आकलन गर्ने, जस्तै खाद्यान्न, न्यानो कपडा, कम्बल, दाउरा काठ, औषधि र स्वास्थ्य सेवा, हिउँ पन्छाउने सामग्री, सञ्चार, पहुँच, खट्ने जनशक्तिको तयारी गरिने छ”, मार्गर्दशनमा उल्लेख छ, “समभावित दुर्घटना आगलागी, कोठामा निसासिने आदिबाट बच्न चेतनामूलक तथा सन्देशमूलक सूचना स्थानीय भाषामा तयार गरी आमसञ्चारमाध्याममार्फत प्रचारप्रसार गरिनेछ।”

हिमपात, तुसारो, बाक्लो कुहिरोका कारण सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने, आवश्यकतानुसार सबै समूह गठन गरी त्यस्ता स्थानको ‘प्यापिङ’ गर्ने र दुर्घटना हुनसक्ने जोखिमयुक्त/सम्भावित क्षेत्रमा विभिन्न सांकेतिक चिह्न तथा सूचनामूलक सन्देश राख्ने योजना छ। सवारीचालकलाई प्रवेश तथा प्रस्थान विन्दुमा जानकारी गराउने, हिमाली क्षेत्रमा हुनसक्ने हिउँआधीलागायत सम्भाव्य दुर्घटनाको खोज, उद्धार र उपचारको आवश्यक पूर्वतयारी गर्ने योजना छ।

यसैगरी शीतलहर तथा मौसमसम्बन्धी पूर्वानुमान बुलेटिन साप्ताहिक/दैनिक जारी गर्ने र सो बुलेटिनलाई आमसञ्चारमाध्यामबाट प्रकाशन तथा प्रसारण गर्ने गराउने, प्राधिकरण र विभागबीच आवश्यकतानुसार बैठक राखी समन्वय गर्ने मार्गदर्शनमा उल्लेख छ।

“स्वास्थ्यसम्बन्धी समस्यालाई रोकथाम गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने-गराउने, स्वास्थ्यकर्मी औषधि र द्रुतप्रतिकार्य समूह तयार गरी परिचालन गर्ने। आवश्यकता हेरी स्वास्थ्य शिविर सञ्चालन गर्ने”, मार्गदर्शनमा भनिएको छ, “कृषिवाली र पशुपन्छीको क्षतिलाई न्यून गर्न आवश्यक औषधोपचार तथा यसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा सन्देशमूलक सूचना प्रचारप्रसार गराउने र शीतलहरका कारण अन्नबाली/पशुपन्छीको क्षति भए किसानलाई मल, बीउ, पशुपनछी उपचार तथा प्रविधि सहयोग र राहत तत्काल उपलब्ध गराउने, गर्न लगाउने योजान छ।”

कृषिक्षेत्रमा हुने विपद् जोखिम हस्तान्तरण (बिमा)का योजना रणनीतिक कार्ययोजना तयार गरी पेस गर्ने मार्गदर्शनमा उल्लेछ। तर मर्गदर्शनमा उल्लेख भएका कार्ययोजनाको प्रभावकारी कार्यनवयन हुनुपर्नेमा सरोकारवालाहरूमा जोड छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

म्याग्दीका सडक योजनामा बजेट अभाव, अधुरा छन् भौतिक पूर्वाधारका योजना

सम्बन्धित खबर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
Load More
Next Post
म्याग्दीका सडक योजनामा बजेट अभाव, अधुरा छन् भौतिक पूर्वाधारका योजना

म्याग्दीका सडक योजनामा बजेट अभाव, अधुरा छन् भौतिक पूर्वाधारका योजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In