दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतको संसदका राष्ट्रिय सभाका सभामूख अहमद अब्दुलअजीज अल(सदौनबीच कुवेत सिटीस्थित उनको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा राजदूतले भण्डारीले सभामूख अल(सदौनलाई कुवेतको राष्ट्रिय सभाका सभामुखको सम्मानित पदमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
भेटका अवसरमा उनीहरुबीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं आपसी हितका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
यस क्रममा उनीहरुबीच विशेषतः द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप विकसित र विस्तार गर्दै लैजाने, दुई देशका संसदहरू बीचको सम्बन्धलाई थप गतिशील बनाउनेबारेमा पनि छलफल भएको थियो।
साथै, भ्रमणको आदान(प्रदान लगायत कुवेतको श्रम बजारमा नेपालीहरूको सहभागिता एवं पछिल्लो समयमा कुवेतमा नेपाली कामदारले भोग्नुपरेको समस्या आदिबारे कुराकानी भएको बताइएको छ।













