• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउवा फेरि सक्रिय, फेरि सत्तारोहणको प्रयास !

by
२२ पुस २०७९,
0
गठबन्धनका उम्मेदवारलाई विजय गराउन देउवाको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला उनले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल गरेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसमेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट छन् ।

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले जसपा अध्यक्ष यादवसँग छलफल गरेका हुन्। यादवसहितका दललाई विश्वासमा लिएर तत्कालै नयाँ सरकारको नेतृत्व गर्न सकिन्छ कि भन्ने गृहकार्यमा कांग्रेस जुटेको स्रोतको दाबी छ । दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुन चाहे पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह त्यसको विपक्षमा देखिएका छन् । शर्तसहित सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए ।

कार्यसम्पादन समितिका धेरैजसो नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि राप्रपाले सर्तसहित सहभागिता जनाउने निर्णय गरेको हो । त्यसलगत्तै राप्रपाका रवीन्द्र मिश्रसहितका नेताले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन ९पुस २७ गते० सार्वजनिक बिदा र चार वटा मन्त्रालय दिइनुपर्ने सर्त राखेको छ ।

दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका गर्न थालिएको छ । दाहालले २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गनुपर्ने व्यवस्था छ ।

यसरी बन्ने प्रधानमन्त्रीले पनि एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । कांग्रेसका नेताहरू मुलुकको सत्ता राजनीतिलाई संविधानको धारा ७६ (३) को अवस्थामा पुर्‍याएर फेरि सत्तारोहण गर्न सकिन्छ कि भन्ने कसरतमा लागेको निकट स्रोतहरूको दाबी छ ।नागरिक दैनिकबाट

Previous Post

राजदूत भण्डारी र कुवेतका सभामूखबीच भेटवार्ता

Next Post

सौर्यमन्डलबाहिर थप २३५ एक्सोप्लानेट्स फेला

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
सौर्यमन्डलबाहिर थप २३५ एक्सोप्लानेट्स फेला

सौर्यमन्डलबाहिर थप २३५ एक्सोप्लानेट्स फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In