काठमाडौँ। सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद थप गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ । मन्त्रिपरिषद् बैठकले यस्तो सुविधा उपभोगको अवसर दिने निर्णय गरेको हो ।












