• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पले नेपालका सात जिल्लामा प्रभाव परेको हुन सक्ने अनुमान

by
२३ पुस २०८१,
0
भूकम्पले नेपालका सात जिल्लामा प्रभाव परेको हुन सक्ने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना दिंगेकान्टी रहेको भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । केन्द्रका अनुसार दिंगेकान्टी केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा काठमाडौं उपत्यकासहित आसपासमा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो ।

बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौंबासी होहल्लासहित घरबाहिर निस्केका थिए । भूकम्पको कम्पन काठमाडौंसहित देशका पूर्वी पहाड र तराई तथा मधेशमा समेत गरिएको थियो ।

भूकम्पको धक्का नेपालसहित भारतका विभिन्न ठाउँमा पनि महसुस गरिएको थियो । हालसम्म भूकम्पले गरेको कुनै क्षतिको विवरण आइसकेको छैन । भूकम्पबाट देशका कुनै ठाउँबाट मानवीय वा भौतिक क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ । देशभर प्रहरी परिचालन गरेर घटनाको जानकारी संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माले भूकम्पको ठूलो धक्का महसुस भए पनि हालसम्म कुनै भौतिक तथा मानवीय क्षतिको विवरण प्राप्त नभएको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मुख्य रूपमा नेपालका सात जिल्लामा भूकम्पको प्रभाव परेको हुन सक्ने जनाएको छ ।

केन्द्रले सामाजिक सञ्जालमा लेखेको छ, ुनेपालको उत्तर पूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ७।० म्याग्निच्युडको भूकम्प गएको छ । यसले नेपालका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, उत्तरी धादिङमा असर पारेको हुन सक्छ । जिल्ला प्रशासन कार्यालयहरूबाट सूचना सङ्कलन भइरहेको छ ।ु केन्द्रले आफ्नो क्षेत्रमा भएको क्षति र भूकम्पको असरबारे जानकारी दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलब छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पटकपटक भूकम्प गैरहन्छ । सन् २००८ मा सिचुआन प्रान्तमा गएको भूकम्पमा ७० हजार मानिसको मृत्यु भएको थियो ।

चीनको सरकारी टीभी च्यानल सीसीटीभीका अनुसार पछिल्लो पाँच वर्षमा सिगात्सेको २०० किलोमिटरको दायराभित्र ३ र सोभन्दा माथिका २९ वटा भूकम्प गएका छन् ।

२२ जनवरी २०२४ मा चीन–किर्गिस्तान सीमामा ७।२ म्याग्निच्युडको भूकम्प गएको थियो । दक्षिणी सिनजियाङमा आएको भूकम्पको केन्द्रविन्दु जमिनबाट २२ किलोमिटर तल थियो ।

भूकम्पपछि ४० वटा परकम्प पनि परेका थिए । भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा परेको थियो ।

तीव्रताका हिसाबले अहिलेसम्मकै सबैभन्दा खतरनाक भूकम्प सन् १९६० मे २२ मा चिलीमा गएको थियो । रिक्टर स्केलमा यसको तीव्रता ९।५ थियो। यसबाट आएको सुनामीले दक्षिणी चिली, हवाई टापु, जापान, फिलिपिन्स, पूर्वी न्युजिल्यान्ड, दक्षिण(पूर्वी अष्ट्रेलियालगायत धेरै देशहरूमा भयानक विनाश ल्याएको थियो ।

Previous Post

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

Next Post

अमेरिकामा हिमपात र आँधीका कारण ५ जनाको मृत्यु

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
अमेरिकामा हिमपात र आँधीका कारण ५ जनाको मृत्यु

अमेरिकामा हिमपात र आँधीका कारण ५ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In