• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो

by
२१ पुस २०८१,
0
माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ । मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाका देखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परा देखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए । त्यसमा मिसिएका थियो, सिङ्गारु, पैसेरी र मयुर नाच ।

यो दृश्य शनिबार तुलसीपुर उपमहानगरपालिका–१२ ले आयोजना गरेको माघी विशेष सांस्कृतिक कार्यक्रमको हो । वडाभित्रका विभिन्न टोल विकास संस्था तथा क्लबले यसमा सहभागिता जनाएका थिए । थारू संस्कार तथा संस्कृति संरक्षण गर्न यसरी माघी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

“पछिल्लो समय नयाँ पुस्ताले थारू संस्कार, संस्कृति भुल्दै गएको भन्ने गुनासो आउने गरेको छ”, उनले भने, “यसलाई संरक्षण गर्न यो कार्यक्रम आयोजना गरेका हौँ ।” वडाले यसरी प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्ने गरेको छ ।

कार्यक्रममा युवा देखि ज्येष्ठ नागरिक सम्मले भाग लिएका थिए । जसमा रजौराको नाच प्रथम, रजेनीको नाच द्वितीय र रझेनाको नाच तृतीय भएका छन् । अन्य नाचका सहभागीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । यस्तै, झाँकीमा रझेनीको नाचले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो । विभिन्न वेशभूषामा सजिएर थारू समुदाय सहभागी भएको थियो । जहाँ ढिक्री, अचार, घुँङी, बङ्गुरको मासु समेतको व्यपस्था गरिएको थियो । जुन थारू समुदायको परिकार हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले थारू समुदायले आफ्नो संस्कार, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमले भूमिका खेल्ने बताए । उक्त अवसरमा गुरुवा, सुडेनी, महतवा र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो । उनीहरूले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा कलाकार दोषरण चौधरी र सङ्गीता चौधरीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

Previous Post

जय ट्रफी- मेन्स एलिट कप आजदेखि शुरु हुदै

Next Post

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आजबाट आईपीओ खुला

सम्बन्धित खबर

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
Load More
Next Post
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आजबाट आईपीओ खुला

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आजबाट आईपीओ खुला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In