• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

by
२१ पुस २०८१,
0
समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो। चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे।

समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन। हाल यी बच्चा तीन वर्षका भइसकेका छन्। यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन्।

त्यसैगरी सात महिनामै जन्मिएका एक बच्चाको पनि आँखामा समस्या देखियो। बच्चा उमेर छ महिना पुग्दै गर्दा आँखामा सेतो चिह्न देखिन थाल्यो। आँखामा जटिल समस्या देखिएपछि उपचारका लागि केही समय अस्पतालको सघन उपचार कक्षमा राखियो। तर आँखाको पर्दा उप्किसकेकाले बच्चा अन्धोपनको शिकार हुनुपर्‍यो।

यी त प्रतिनिधि घटना हुन्। दस महिना नपुगी जन्मने बच्चामा आँखासम्बन्धी समस्या देखिने सम्भावना बढी भएको चिकित्सक बताउँछन्। बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो। यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ। समयमै उपचार नगरिए अन्धोपनको सम्भावना भए पनि समयमै उपचार भयो भने निको पनि हुनसक्छ।

डा अधिकारी भन्छिन् ‘९९ प्रतिशत आरओपीमा दुई वटै आँखामा समस्या गराउँछ। समयमा उपचार पाएन भने बच्चा दृष्टिविहीन हुनसक्छन्।’ यसको समस्या बढ्दै गएमा बच्चाको दृष्टि कमजोर हुने, आँखा घुम्ने, सेतो देखिनेलगायतका लक्षण देखिन सक्दछन्।

‘अभिभावकले बच्चाले अनुहारमा हेरेको जस्तो लाग्दैन भनेर लिएर आउनुहुन्छ। तीन महिना भइसक्दा बच्चामा केही चिजहरु हेर्ने, पछ्याउने गर्छन्। तर आरओपीको समस्या भएका बच्चामा दृष्टि आउँदैन। पर्दा उप्किएर अगाडि आइसकेपछि सेतो देखिन्छ। अनुहार हेरेर नहाँस्ने, कुनै चिज दिँदा नहेर्ने, बत्तीतिर मात्र हेरेर टोलाउनेजस्ता लक्षण देखिन सक्छन्’ उनले भनिन्।

सामान्यतया बच्चा पेटमा ४० हप्तासम्म बस्छन्। ‘आरओपी’ को जोखिम भने समय अगावै जन्मिएका बच्चामा देखिन्छ। समय अगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेशलिष्ट डा इली प्रधान बताउँछिन्।

डा प्रधानले एकमहिनाभित्रै पहिचान गरी उपचार गर्न सकिएमा बच्चाको आँखा जोगिन सक्ने जानकारी दिइन्। ‘छिट्टै पहिचान भयो भने यसको उपचार सम्भव छ। समय अगावै जन्मिने २० देखि २८ प्रतिशत बच्चामा आरओपीको प्रकोप देखिन्छु, उनले भनिन्।

बाल नेत्र रोग विशेषज्ञ डा अधिकारीले सबैभन्दा महत्वपूर्ण विषय स्क्रिनिङ (पहिचान) भएको उल्लेख गर्दै समय अगावै जन्मिने बच्चाको एक महिनाभित्र अनिवार्य स्क्रिनिङ गर्नुपर्ने सुझाव दिन्छिन्। उनले भनिन्, ‘समय नपुगी जन्मिएका सबै बच्चाहरु यसको जोखिममा हुँदैनन्। सबैमा जटिल समस्या देखिन्छ भन्ने पनि हुँदैन। करिब सातरआठ प्रतिशतलाई भने उपचार चाहिन्छ। यसको उपचार सम्भव छ तर जतिबेला गरेर हुँदैन। चाहिने समयमा गर्नुपर्छ।’

उक्त समस्याको उपचार सुई, लेजर प्रविधिद्वारा गरिन्छ। तिलगङ्गा आँखा प्रतिष्ठानमा महिनामा २० देखि २५ जनासम्म यसप्रकारको समस्या लिएर आउने गरेको अस्पतालको भनाइ छ।

रेटिना स्पेशलिष्ट डा प्रधान भन्छिन्, ‘कतिपय बच्चा घरमै पनि जन्मिएका छन् भने पनि स्वास्थ्यकर्मीले एक महिनाभित्र आँखा जाँचका लागि सुझाव दिनुपर्छ। आँखाको जाँच भनेको चश्मा जाँच मात्र होइन नानी फुलाएर हेर्नुपर्छ। समयमा हेरेर उपचार गर्न सकियो भने आँखा बचाउन सकिन्छ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालमा मात्रै वार्षिक आठ लाख १० हजार शिशु समयअघि नै जन्मिन्छन्। जसमध्ये चार हजार तीन सय शिशुको पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुन्छ।

मन्त्रालयका अनुसार ३७ हप्ताभन्दा अघि जन्मिएका शिशुहरु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए आरओपीका लागि जोखिम उच्च रहने गरेको पाइएको छ। तर यो समस्याको समयमै पहिचान भए उपचार सम्भव छ। यसै कारणले शिशु जन्मिएको २८ दिनभित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकले सल्लाह दिँदै आएका छन्।

नवजात शिशुरोग विशेषज्ञ डा सुनिल राजा मानन्धरका अनुसार यो समस्यासम्बन्धी पर्याप्त मात्रामा जनचेतना नपुग्दा अभिभावकहरु ढिलो अस्पताल आइपुग्छन्। उनी भन्छन्, ‘सबैमा नभए पनि समय नपुगी जन्मिएका अधिकांश बच्चाहरुमा विभिन्न खालका सङ्क्रमण र जोखिम हुन्छ। आँखाको जाँच अनिवार्य हो। हामी कहाँ अस्पताल ढिलो आइपुग्नुहुन्छ। एक महिनाभित्र आँखा जाँच गराए उपचार सम्भव छ’।

बुनु थारु/रासस

Previous Post

आजबाट एमालेको केन्द्रीय कमिटी सुरु हुँदै

Next Post

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In