• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रचण्डमा देखियो सत्ताको छटपटी, म्याजिक नम्बरको चर्चा !

by
१७ पुस २०८१,
0
सत्ता जाेगाउनमै प्रधानमन्त्री प्रचण्डले बिताए १९ महिना !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्ताबिहीन बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पानी विनाको माछो जस्तै छट्पटाउन थालेका छन् । पहिलो र दोस्रो ठूलो दल नेपाली काँग्रेस र नेकपा एमालेलाई रिंग्याएर डेढ वर्ष सम्म प्रधानमन्त्री बन्न सफल दाहाल तीनै दुई पार्टीबाट गलहत्याईएका थिए । तर सत्ताबाट बाहिरिएको केही महिना देखि नै उनि ३२ सीटे म्याजिक नम्बर जप्न थालेका छन् । यतिसम्मकी उनि सार्वजनिक कार्यक्रममै ३२ सीटको म्याजिकले कांग्रेस–एमालेको सत्ता उल्ट्याउने दाबी गर्दै हिड्न थालेका छन् ।

प्रचण्डको यही म्याजिकले आजित भएका कांग्रेस–एमालेले असार १७ गते दाहालविरुद्ध गठजोड गरे । त्यसपछि असार ३० गते कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न पुगे । ओली प्रधानमन्त्री बनेको ६ महिना मात्रै भएको छ । पटक–पटक प्रचण्डबाटै धोका पाएपछि २०८४ को चुनावसम्मै सत्ता समीकरण टिकाउने समझदारीमा कांग्रेस–एमाले अगाडि बढेका छन् । ७ बुँदे सहमतिमा २ वर्ष ओलीले र त्यसपछि डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने समझदारी छ । तर, दाहालले सरकारका विषयमा तारन्तार विरोधाभाषपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।

दाहालले पटक पटक सरकार ढल्ने, गठबन्धन टुट्ने जस्ता अभिव्यक्ति दिईरहँदा उनीबाट पटक–पटक धोका पाएका कांग्रेस–एमाले झन् नजिक भइरहेको भान हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै सत्ता हस्तान्तरण गर्ने पटक–पटक बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीलाई कुनै अप्ठ्यारो नपार्ने गरी सत्ता प्राप्तिका लागि २० महिना कुर्ने संकेत दिइसकेका छन् । यसअघि जस्तो कसैले पनि नखेलोस भनेर प्रचण्ड र देउवा दुवैले सरकारलाई समेत निर्देश गर्ने गरी शीर्ष नेताको संयन्त्र बनाएका छन् । यो संयन्त्रको कुनै ठूलो भूमिका निर्धारण गरिएको छैन । तर, सत्ता सहयात्रामा खटपट आउन खोजे तत्काल शीर्ष नेता बसेर यसलाई मिलाउने अभिभारा संयन्त्रलाई दिइएको छ ।

संसदीय राजनीतिमा कुनै पनि बेला सरकार ढल्ने र बन्ने स्थिति हुने भए पनि नेपालमा गठबन्धन राजनीतिको जग र अभ्यास नै कमजोर रहेको विश्लेषकहरु बताउँछन् । यतिसम्मकी दाहालले संसद् विघटन हुनसक्छ भनेर पनि बोलिरहेका छन् । यसबाहेक उनले ओलीले चिनियाँ कार्ड खेलेको भनेर पनि अभिव्यक्ति दिए । ओलीले चिनियाँ कार्ड खेलेको दाबी गर्ने दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा २०६५ मा पहिलो भ्रमण चीनबाट गरेका थिए । कांग्रेससँग मिलेर २०७९ को चुनाव लडेका दाहालले पुस १० गते एमालेसँग मिलेर सरकार बनाएका थिए । तर, एमालेसँग सरकार बनाएकै बेला कांग्रेसको पनि विश्वासको मत लिए । अनि राष्ट्रपति कांग्रेसलाई दिनेगरी सहमति गरे ।

तत्कालै कांग्रेसलाई सरकारमा पनि ल्याए । कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने समझदारी पनि गरे । तर, देउवालाई सत्ता हस्तान्तरण गर्नुअगाडि नै प्रचण्डले कांग्रेससँग निहुँ खोजे । कांग्रेसले प्रचण्डलाई नै निरन्तर प्रधानमन्त्री बनाउन चाहेको पनि थियो । तर, २०८० फागुन तेस्रो साता कांग्रेसलाई सरकारबाट धकेलेर दाहालले एमालेलाई भित्र्याए । एमालेसँगको समीकरण पनि लामो समय लान सकेनन् । एमालेसँग सत्तामा हुँदा दाहालले फेरि कांग्रेससँग समीकरणको कुरा गरेको एमाले नेताहरु बताउँछन् । आलोपालो धोका पाएको समान बुझाइले कांग्रेस–एमाले नजिकिएका हुन् । दाहालसँग पटक–पटक धोका पाएका दुई ठूला दल एक हुँदा अहिले प्रचण्डको म्याकिज नम्बर भने बेकामे जस्तै बनेको छ ।

Previous Post

ओलीले सदस्यता नै खाएपछि विकल्पमा हिँड्न बाध्य भएँ : भीम रावल

Next Post

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In