• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलवायु परिवर्तन : विश्वलाई ‘बिनाशको बाटो’ बाट पछि हट्न राष्ट्रसंघको आग्रह

by
१६ पुस २०८१,
0
जलवायु परिवर्तन : विश्वलाई ‘बिनाशको बाटो’ बाट पछि हट्न राष्ट्रसंघको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सोमबार जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ । राष्ट्रसङ्घीय मौसम र जलवायु एजेन्सीले एक दशकको अभूतपूर्व गर्मीलाई समेट्दै बिदा हुन लागेको यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ ।

यसैबीच विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का अनुसार हरितगृह ग्यासको उत्सर्जन नयाँ रेकर्ड उचाइमा पुगेको छ र यसले भविष्यका लागि अझै बढी गर्मी सुनिश्चित गरेको छ । ‘मौसमी घटनाहरूको बढ्दो घटना र प्रभावका रूपमा करिब दैनिक रूपमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि देखापरिरहेको छ’, डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भने, ‘यस वर्ष हामीले रेकर्ड तोड्ने वर्षा र बाढीका घटनाहरू र धेरै देशमा भयानक जनधनको क्षति देख्यौँ, जसले हरेक महादेशका समुदायहरूलाई हृदयविदारक बनायो ।’

‘उष्णकटिबन्धीय चक्रवातहरूले भयानक मानव र आर्थिक क्षति निम्त्यायो, हालसालै हिन्द महासागरको फ्रान्सेली विदेशी विभाग मायोटमा यस्तै भएको थियो’, उनले भने, ‘तीव्र गर्मीले दर्जनौं देशलाई पोल्यो, धेरै अवसरमा तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्यो । डढेलोले विनाश मच्चायो ।’

जलवायु विनाश
सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्वव्यापी तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य राखेको थियो । नोभेम्बरमा डब्लुएमओले जनवरी–सेप्टेम्बरको औसत सतहको तापक्रम सन् १८५० र सन् १९०० को बीचमा मापन गरिएको पूर्व–औद्योगिक औसतभन्दा १.५४ डिग्री सेल्सियस रहेको बताएको थियो ।

यसले सन् २०२४ लाई सन् २०२३ मा कायम भएको रेकर्डलाई पार गर्ने बाटोमा सजिलै राखेको छ । मानवजातिले ठूलो मात्रामा जीवाश्म इन्धन जलाउन सुरु गरेयता गत वर्ष तापक्रम औद्योगिक क्रान्तिभन्दा पहिलेको भन्दा १.४५ डिग्री सेल्सियस बढी तातो थियो ।

डब्लुएमओले जनवरीमा सन् २०२४ को एकीकृत विश्वव्यापी तापक्रम आँकडा प्रकाशित गर्दैछ र मार्चमा विश्व जलवायुको स्थिति २०२४ को पूर्ण प्रतिवेदन जारी गर्नेछ । आफ्नो नयाँ वर्षको सन्देशमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विगत दशकमा देखिएको रेकर्ड तापक्रममाथि विचार गरे ।

‘हामीले भर्खरै घातक गर्मीको एक दशक भोगेका छौंँ भनेर आज म आधिकारिक रूपमा रिपोर्ट गर्न सक्छु, रेकर्डमा रहेका १० सबैभन्दा तातो वर्षहरू सन् २०२४ सहित पछिल्लो १० वर्षमा भएका छन्’, उनले भने, ‘यो वास्तविक समयमा जलवायु विनाश हो ।’ ‘हामीले यो विनाशको बाटोबाट बाहिर निस्कनु पर्छ र हामीसँग गुमाउने समय छैन’, महासचिव गुटेरेसले भने, ‘सन् २०२५ मा देशहरूले उत्सर्जनमा नाटकीय कटौती गरेर र नवीकरणीय भविष्यमा संक्रमणलाई समर्थन गरेर विश्वलाई सुरक्षित मार्गमा राख्नु पर्छ, यो आवश्यक छ, र यो सम्भव छ ।’

Previous Post

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

Next Post

बिपी भारतबाट स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइँदै

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
बिपी भारतबाट स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइँदै

बिपी भारतबाट स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In