• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

    कस्तो रहने छ आजको मौसम

    वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

    वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायिक प्याज खेतीमा जुट्दै कावासोती–१५ गोडारका किसान

by
१४ पुस २०८१,
0
व्यावसायिक प्याज खेतीमा जुट्दै कावासोती–१५ गोडारका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु (नवलपरासी)।नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् ।

दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताए। “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उनले भने, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”

पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उनले बताए।

“समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भने, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”

प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताए। उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उनले बताए। यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ ।

सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताए। सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताए।

“गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उनले भने, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् ।

परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ ।

Previous Post

चिसोले फोहरमैला व्यवस्थापन गर्न कठिन

Next Post

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

सम्बन्धित खबर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
समाचार

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
समाचार

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

९ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

९ चैत्र २०८२,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ
समाचार

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
समाचार

कस्तो रहने छ आजको मौसम

९ चैत्र २०८२,
वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण
फिचर-ब्यानर

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

९ चैत्र २०८२,
Load More
Next Post
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In