• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डेढ वर्षमा बन्नु पर्ने स्वास्थ्य चौकी भवन ६ वर्षसम्म अलपत्र

by
८ पुस २०८१,
0
डेढ वर्षमा बन्नु पर्ने स्वास्थ्य चौकी भवन ६ वर्षसम्म अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । घर नजिकै स्वास्थ्य चौकीको भवन निर्माण हुने भएपछि स्थानीय ९१ वर्षीय पदमबहादुर परियार निकै हर्षित थिए। उमेरसँगै रोगले थलिएर विस्तारामा परेका उनलाई स्वास्थ्य चौकी भवन निर्माण हुने कुराले रोग निकोे भएको महसुस हुन्थ्यो । हिँडेर टाढाको अस्पतालसम्म पुग्न सक्ने अवस्था नभएका उनको घरमा श्रीमती, बुहारी र साना नातिनातिना छन् ।

रोगले च्यापेको बेला नजिकैको स्वास्थ्यचौकीमै उपचार पाउने उनको आशा अझै पूरा हुन सकेको छैन । यो अवस्था हो जिल्लाको फलेवास नगरपालिका वडा नं ९ भँगरामा निर्माणाधीन स्वास्थ्य चौकी भवनको । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी विसं २०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्य चौकीको सुविधा भवन छ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो । स्वास्थ्य चौकीमा उपचार गराएर केही वर्ष अझै बाँच्छु भन्ने सोचेका परियार जस्ता थुप्रै नागरिक भवन सम्पन्न नहुँदै जीर्ण र अलपत्र बनेको देखेर निरास हुने गरेका छन् ।

समयमै भवन निर्माण सम्पन्न नहुँदा स्थानीयवासी स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन् । निर्माण व्यवसायीले काम छोडेरबीचमा भागेपछि भवन अलपत्र परेको हो । रु दुई करोड ४४ लाखमा भवन निर्माणका विसं २०७५ माघमा निर्माण कम्पनी काठमाडौँले जिम्मा लिएको थियो । लामो समयसम्म भवनले पूर्णता पाउन नसक्दा निर्माण भएको पूर्वाधार जीर्ण बन्दै गएको छ । दुई तले १२ कोठे भवनमा बिरामीको उपचारका लागि औषधि भण्डारण, बिरामी चाँज कक्ष, गर्भवती जाँच कक्ष कर्मचारी आवास, प्रशासन, बर्थिक सेन्टर लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत निर्माण भएको भवन सम्पन्न गर्नका लागि चार पटक म्याद थप गरिसकिएको छ । ठेकेदारले बीचमै काम छोडेर बेपत्ता भएपछि आयोजनाले पटक–पटक म्याद थप गर्दै निर्माण कम्पनीलाई तोकता गदै काममा लगाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिए । उनका अनुसार भवनको ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी १० प्रतिशत नगरी निर्माण व्यवसायी बेपत्ता भएको हो ।

भवन निर्माण अन्तिम चरणमा पुगेको भए पनि निर्माण कम्पनी कार्यक्षेत्रमा फर्किएर नआएको वडाध्यक्ष हितमान गुरुङले बताए । मौखिकरुपमा पटक–पटक ताकेता गरिएको भए पनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीर्ण र पुरानो हुँदै गएको उनको भनाइ छ । ‘वर्ष दिनभन्दा बढी भयो निर्माण कम्पनी फर्केर आएको छैन, बनेका संरचना पनि जीर्ण बन्ने जोखिम बढेको छ’, उनले भने । गाउँमा गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सानोतिनो रोग र चोटपटक लागेमा अन्यत्र जानुपर्ने बाध्यता स्थानीयको छ । ‘सामान्य समस्या भयो भने कुश्मा वा पोखरा पुग्नुपर्ने बाध्यता छ’, स्थानीय सुमिना गुरुङले भनिन्, ‘सुविधा सम्पन्न भवन अलपत्र परेर सेवा विस्तारमा सहज नहुँदा यहाँका महिला र ज्येष्ठ नागरिकले बढी सास्ती व्यहोर्नुपरेको छ ।’

साविक गाउँ विकास समितिको पुरानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको स्वास्थ्य चौकी प्रमुख वीरबल विकले बताए । बर्षातमा भवन चुहिएर समस्या हुने गरेको उनले बताए । उनले भवन निर्माण भएर सञ्चालनमा आए यहाँ नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए । स्थानीयवासी तथा गण्डकी प्रदेशसभा सदस्य रेखा गुरुङले लामो समयदेखि स्वास्थ्य चौकीको भवन अलपत्र परेको देखेर चिन्तित बनेको बताइन् । सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बनाउन आफ्नै पहलमा बजेट विनियोजन गर्नेदेखि आफ्नो परिवारले निःशुल्क जग्गा समेत उपलव्ध गराएको जनाउँदै ठेकेदारले काम नगर्दा समस्यामा परेको बताइन् । भवन तत्काल सम्पन्न गरेर सञ्चालनमा ल्याउन उनले माग गरेकी छन् । रासस

Previous Post

सुनको मूल्य २ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार?

Next Post

खोटाङमा एमाले नेता विशाल भट्टराई तथा गैरसरकारीकाे सहयोगमा विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

सम्बन्धित खबर

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
फिचर-ब्यानर

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

२४ बैशाख २०८३,
चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
फिचर-ब्यानर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

२४ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
फिचर-ब्यानर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२४ बैशाख २०८३,
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
Load More
Next Post
खोटाङमा एमाले नेता विशाल भट्टराई तथा गैरसरकारीकाे सहयोगमा विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

खोटाङमा एमाले नेता विशाल भट्टराई तथा गैरसरकारीकाे सहयोगमा विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In